लायन्स क्लवद्वारा मध्यरातमा कम्बल तथा न्यानो लुगा वितरण

वीरगंज, ०९ पुस
कठ्याङ्ग्रिंदो जाडोमा खुल्ला आकाशमुनि रात कटाउने गरिब असहायहरुलाई लायन्स क्लव अफ वीरग‌ंज कपलले न्यानो लुगा र कम्बल वितरण वितरण गरेका छन् ।
   रात्री ९ बजेदेखि मध्यराती १२ बजेसम्म वीरगंजका सडकपेटी, गल्ली, चोक, बस पार्क, अस्पताल, धर्मशाला, मन्दिर लगायतका स्थानमा खुल्ला आकाशमुनि रात बिताइरहेका गरिबहरुलाई लायन्स सदस्यहरुले कम्बल एवं न्यानो लुगा वितरण गरेको ल्यान्स क्लवका जोन चेयर पर्सन उमेश साह कानुले जानकारी गराउनुभयो ।

कार्यक्रममा लायन्स क्लव ३२५ बी २ का सदस्यहरुको उल्लेख्य सहभागिता रहेको जोन चेयर पर्सन कानुले बताए ।
क्लवले बिगतका बर्षहरुमा पनि विभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै आएको क्लवका मुकेश खेतानले स्मरण गराउनुभयो ।

SHARE THIS

Author:

Facebook Comment