फेरी मन्त्रीपरिषद विस्तार हुँदै, भागबण्डा नमिलेपछी मन्त्रालय थपिने तयारी

काठमाडौं, पुस ९ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बिस्तारको तयारी गर्नुभएको छ । राप्रपा र परिवार दललाई समेटेर उहाँले मन्त्रीपरिषद विस्तारको तयारी गर्नुभएको हो ।

स्रोतका अनुसार राप्रपाबाट दीपक बोहोरा र परिवार दलबाट एकनाथ ढकाल मन्त्री बन्ने सम्भावना छ । एमालेबाट पनि मन्त्री थप गर्ने तयारी छ । अहिलेसम्म उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायकमन्त्री गरेर ३२ सदस्यीय मन्त्रिपरिषद भइसकेको छ ।

विवादका कारण राप्रपाले आफ्नो तर्फबाट मन्त्री हुनेको नाम टुंगो लगाउन ढिला गरेको हो । भागबण्डाको लागि सत्ता साझेदार दलभित्र ठूला मन्त्रालय फुटाउने विषयमा छलफल भइरहेको छ । संघीय मामला तथा स्थानीय विकास मन्त्रालय, सूचना तथा सञ्चार प्रविधी मन्त्रालय फुटाउने तयारी भएको स्रोतको भनाई छ ।

प्रधानमन्त्री ओलीले वचन दिएअनुसार फोरम लोकतान्त्रिकले तीनवटा मन्त्रालय पाउने भने पनि दुईवटा मात्र पाइरहेको छ । उसले पनि आफूलाई एक मन्त्रालय दिनुपर्ने माग गरिरहेको छ । यस्तै एमालेबाट मन्त्री भएकी शान्ता मानवीलाई अहिलेसम्म कुनै मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।

SHARE THIS

Author:

Facebook Comment