राजसंस्था अान्दोलनले होइन देशको आवश्यकताले पुनर्स्थापना गराउँछ

–मिनबहादुर थापा

दुनियामा राजनीति उथुलपुथल हुन्छ | राजनैतिक व्यवस्था परिबर्तन हुन्छ प्रजातन्त्र लोकतन्त्र गणतन्त्र साम्यबाद राजसस्था नामका राजनैतिक राज्य व्यवस्था आन्दोलन बाट फालीन्छन आन्दोलनबाट नै सबै राजनैतिक राज्यब्यबस्था स्थापना पनि हुन्छन | तर राजसंस्था आन्दोलनबाट होइन राष्ट्रिय आबस्यकता ले पुनर्स्थापना हुन्छ | जुन कुरा संसारमा भएका  छन् |

आज नेपालको वर्तमान राजनैतिक अवस्थालाई राम्ररी अध्यान मनन गर्ने हो भने राजसंस्था पुनर्स्थापना हुने समय अब त्यति लामो छैन भन्ने कुरा वर्तमान नेपालको राजनैतिक परिस्थितिले  देखाईसकेको अनुभूति हुन् थाले को छ | अहिले साँच्चै भन्ने हो भने सर्बसाधारण नेपालीको मन मस्तिकमा राजा नै ठिक, राजसस्था भएको भए देश र नेपाली  जनता को यो दूर्दशा हुने थिएन भन्ने कुरा आत्मा आलोचना हुन् थाले को छ |

कतिपय राजनैतिक दल कांग्रेस, एमाले, माओबादी, मधेशी दल लगाएत साना ठुला  दलहरुका धेरै नेता कार्यकर्ताले पनि बिगतका आफुबाट, आफ्ना नेताबाट भएको गल्तिलाई महसुस गर्न थालेका छन् | गणतन्त्र स्थापना भएको झन्डै एक दशक भयो, मुलुक पहिलेको अवस्था भन्दा पनि गए गुज्रेको अवस्थामा गिरेको आम नेपाली ले छर्लंग बुझे का छन् |

नेपाली जनताका  समस्या झन् झन् दिन दुई गुना रात चौ गुना बढेर गएका छन् | नेपाली जनतालाई एउटा आशाको त्यान्द्रो देखाईएको थियो संबिधान बनेपछि देश र जनता को सबै समस्या हल हुन्छन | शान्ति .प्रगति ,सुलभ र स्थिरता हुन्छ भनेर तर संबिधान बनेको भोलि पल्टबाट देश झनै अशान्ति जनान्दोलनमा पनि यत्र बिधि जनता मारिएका थिएनन् होला तेती धेरै नेपालीले अनआबस्यक मारिनु पर्यो महंगीले आकाश छोएको छ | सबै राजनैतिक दल हरु कुर्सिको हानाथापमा कुकुर झैँ झगडा गरिरहेका छन् |

नेपाली भन्ने शब्द खोज्न टुकी बाल्ने बेला भएको छ | कोहि मधेशी कोहि पहाडे कोहि हिमाली जात जात क्षेत्र क्षेत्र मा विभाजित भएका छन् | यो अवस्था ले राष्ट्र नै बिखन्डन हुने निश्चित छ | राजनैतिक दल हरु को छिना झपटीले  आ आफ्नो निच स्वार्थले देशको सम्प्रभुत्ता र अखण्डतामा नै आंच आउने अवस्था सिर्जना भएको छ | बिदेशी धर्म सस्कृतिले मौलाउने मौक्का राम्रो भेटाएको छ | देशको मूल कानुन संबिधानलाई  बिदेशी  मित्र राष्ट्रहरुले ठिक बेठिक भनेर नेपाली नेपाली बीच मार काट गराई   गृहयुद्द मच्चाई रहेका छन् | चारै तिरबाट देश असफल भएको आभास हुन थाले को छ |

ठुलो संख्यामा भूपू प्रधान मन्त्रि देखि  मन्त्रि ठुला दल का ठुला नेता, निजामती कर्मचारी माथिल्लो ओहदाका  प्रहरी  सबै भ्रस्टाचार को अभियोगमा अख्तियारले कारबाही शुरु गरिसकेको छ | संबिधान बने पछाडी झन् मुलुक चौपट भएको छ | यो सबै  हेर्दा अब नेपाल र नेपालीलाई एकताबद्ध मा राखनका लागि नेपाली जनता को अभिमत बेगर बिदेशीको मिलोमतोमा छलकपट द्वारा बिस्थापित गरिएको राजसस्था स्थापना गर्नु को विकल्प छैन भन्ने कुरा आम नेपालीले हिर्दयगमन गरि सकेका छन् | ढिलो चाडो राजसंस्था पुनर्स्थापना हुँदा अच्चम नमाने हुन्छ |

प्रकाशन मितिः२०७२ पुस ०९ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment