यसरि लुटियो सुन

काठमाडौं-
वैदेशिक रोजगारी गरेर कतारवाट नेपाल फर्केका एक युवाको पाँच तोला सुन लुटिएको छ। सुर्खेत विद्यापुर–७ का २७ वर्षीय विष्णु सुनारको ५ तोला सुन र ३ थान कोरियन ब्ल्याङकेट सोमबार लुटिएको हो।

उनी कतारबाट आए पछि घर फर्कनको लागि गोंगवुस्थित रवि गेष्ट हाउसमा बसेका थिए।

उनलाई सोमबार सुर्खेत बुलबुले घर बताउने नाम, थर नखुलेका करीव ३० वर्षीय ३ जना अपरिचित व्यक्तिले गेष्ट हाउसमा आई आफूहरुसँग भएको २५ हजार कतारी रियाल साट्नको लागि सहयोग गर्न भनेका थिए। उनीहरुले सुनारसँग रियाल साट्न पासपोर्ट र डिपोजिट गर्न ४ लाख चाहियो भन्दै ५ तोला सुन दिएमा उक्त रकम साटेपछि सो वापत २० हजार दिने प्रलोभन देखाएका थिए। २० हजार को लोभमा परेका सुनारलाई उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्ध पिपलबोट लगेर सुनारसँग भएको ५ तोला सुन र ३ वटा कोरियन ब्ल्याङकेट लिई फरार भएको प्रहरीले जनाएको छ।

आफू लुटिएको थाहा पाए पछि सुनार प्रहरीकहाँ पुगेका थिए। प्रहरीले सुन लुट्नेहरुको खोजी गरिरहेको बताएको छ।
- nagaraiknews

SHARE THIS

Author:

Facebook Comment