इजरायलमा २५६० औ बुद्ध जयन्ति मनाउने अन्तिम तयारि

दिपिका भुसाल
इजरायल
गौतम वुद्धको शान्ति सन्देश विश्वभरि फैलाउने र जन्मस्थल नेपालको लुम्बिनीमा रहेको  प्रचार प्रसारका लागी गत बर्ष हरु जस्तै एस बर्ष पनि  इजरायलको तेलअबिब लेबन्सकी पार्कमा  ! यहि आउदो मे २१ का दिन २५६०  औ  बर्ष को अवसरमा भगवान गौतम   बुद्धको जन्म जयन्ती इजरायल बासि नेपालि हरुले मनाउने भएका छन  !

सान्तीका दुत भगवान गौतम बुद्धको जम्न जयन्ति मनाउन ,नेपाल जनजाती महासंघ इजरायलको मूल आयोजकमा   इजरायल रहेका  सामाजिक एबम धार्मिक संघसस्था हरुको   समेत सह - आयोजकमा बुद्ध जयन्ति भव्यताका साथ मनाउन लागेका हुन् !

सह-आयोजक संस्थाहरु तमु समाज इजरायल ,ह्योल्मो समाज इजरायल,शेर्पा संघ इजरायल , किंरात राई यायोक्खा नेपाल इजरायल ,किंरात याक्थुङ चुम्लुङ इजरायल(नेपाल),नेवा:खल इजरायल,नेपाल तामाङ घेदुङ इजरायल , नेपाल मगर संघ इजरायल , पर्वत सेवा समाज नेपाल ,विश्व नेपाली साहित्य महासंघ इजरायल, हिन्दु जागरण अभियान नेपाल इजरायल ,अन्तरास्ट्रिय नेपाली समाज इजरायल,नेपाली संङघीय समाज इजरायल र नमस्ते नेपाल हातेमालो सामाजिक संस्था शाखा इजरायल ,सह आयोजकमा रहेका छन  भने   त्यसै गरि अनलाईन मिडिया तर्फ सीएनएन ई न्युज,स्क्याई संसार डटकम,तामाङ अनलाईन डटकम र न्युज डायरी इकोशी न्युज समेत रहेका छन ! अनलाइन मिडिया हरुले कार्यक्रम सफल पार्नको लागि आर्थिक सहयोग समेत गरेका छन !
यसै  गरि इजरायलमा रहेका सम्पूर्ण नेपालि हरुमा आयोजक टिम सान्तीका दुत भगवान गौतम बुद्धको जन्म जयन्ति भव्यताका साथ सफल पार्नको लागि उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेका  छन  !


SHARE THIS

Author:

Facebook Comment