फाइदा मात्रै हैन घातक पनि बन्छ ग्रीन टी

पछिल्ला केही वर्ष यता ग्रीन टी पिउने प्रचलन निकै बढेको छ । शरीरको वजन घटाउन सहयोगी मानिने ग्रीन टी विस्तारै लोकपि्रय बन्दैछ । यसका हुने एन्टी अक्सिडेन्ट तत्वले शरीरको तौल घटाउने काम गर्छ ।

ग्रीन टीलाई एउटा फाइदाजनक आयुर्वेदिक पदार्थका रुपमा पनि लिइन्छ र सेवन गरिन्छ । यी सबै विशेषता भएपनि यसको उचित किसिमको प्रयोग नभए लाभको सट्टामा उल्टै हानी पुर्‍याउँछ भन्ने धेरैलाई थाहा छैन ।

केही व्यक्तिहरु वजन घटाउने चक्करमा यसको अनियमित र अनियन्त्रित प्रयोग गरिरहेका छन् । यसरी धेरै ग्रीन टी पिउनु पनि खतरनाक हुनसक्छ ।

एक दिनमा दुई कपभन्दा बढी ग्रीन टी पिउँदा शरीरलाई हानी गर्न सक्छ । अन्य पेय पदाथमा जस्तै यसमा पनि क्याफिन पाइन्छ । जसले शरीरलाई नोक्सान पनि पुर्‍याउन सक्छ ।

धेरै ग्रीन टी पिउँदा टाउको र पेट दुख्ने तथा एसिडिटी र डायरियाको सम्भावना पनि हुन्छ । गर्भवति महिलालाई डाक्टरले ग्री टी नखान सल्लाह दिन्छन् । किनभने यसले गर्भपतन हुने खतरा बढी हुन्छ ।

धेरै ग्रीन टी पिउँदा अन्य यस्ता खतराहरु हुन्छन्

१. ग्रीन टीमा टेन्सिनाको एक तत्व पाइन्छ, जसले पेट दुख्नेसहित एसिडिटी र कब्जियतको समस्या निम्त्याउन सक्छ । खाली पेटमा ग्रीन टी पिउनु खतरनाक हुन सक्ने विज्ञ बताउँछन् ।

२. बढी मात्रा ग्रीन टी पिउँदा रक्तअल्पता अर्थात एमिनिया हुने खतरा बढ्छ ।

३. तपाईं दिनमा २ कपभन्दा बढी ग्रीन टी सेवन गर्नुहुन्छ भने स्वभाविक रुपमा तपाईं लाई टाउको दुखाइको समस्या आउनेछ ।

४. ग्रीन टीलाई दुरुपयोग गर्दा अनिन्द्राको समस्या आउन सक्छ । यसैका कारण अन्य स्वास्थ्य समस्याहरु पनि निम्तिन सक्छ ।

५ ग्रीन टीले मुटुमा पनि असर पुर्‍याउन सक्छ ।

६. यसको अत्याधिक सेवनले झाडापखाला पनि हुने डाक्टरहरु बताउँछन् ।

SHARE THIS

Author:

Facebook Comment