सिसिटिभी फोड्ने चोर पक्राउ

काठमाडौं—प्रहरीले आफू कामदार रहेको सहकारीमा चोरी गर्न गएका एकजना आरोपीले क्लोज सर्किट क्यामराले आफ्नो अनुहार कैद गर्ने शंकामा पाँचवटा क्यामरा र मोनिटर तोडफोड गरि चोरी गरेको आरोपमा पक्राउ गरेको छ।

प्रहरीले सातदोबाटोमा रहेको बाराही सहकारीले संचालन गरेको पसलमा चोरी गर्न गएका पूर्व कामदार उद्धव खडकालाई काठमाडौंबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार खड्काले चोरीगर्दा अनुहार छोपिने मास्क लगाए पनि सीसीटीभीबाट चिनिने डरले जडान गरिएका पाँचवटै क्यामरा र मोनिटर चोरी गरेर टेकुमा रहेको डेरामा लुकाएका थिए।

सुनको ढिक्का लुट्ने पक्राउ

प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चोरी घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले चोरीमा संलग्न रहेको आरोपमा

रामेछापका रेशम भन्ने खड्गवहादुर तामाङ र दार्जिलिङका विजय राईलाई पक्राउ गरेको हो। महाशाखाले अनुसार बुढानिलकण्ठमा बैशाख १७ गते ईश्वरी भट्टको ३ लाख रुपैयाँ बराबरको ६२ ग्रामको सुनको ढिक्का जर्वजस्ती लुटेको घटनामा संलग्न रहेको आरोपमा तामाङलाई पक्राउ गरेको हो।

महाशाखाले पक्राउ परेका राईले मनमैजुमा रहेको सिन्धुपाल्चोकका प्रमोद खतिवडाको किराना पसलको काउण्टरबाट एकलाख नगद र मोबाईल चोरी गरेको जनाएको छ ।
- nagariknews

SHARE THIS

Author:

Facebook Comment