शेर बहादुर देउवा नेपाली काँग्रेसको सभापितमा बिजयी

काठमाडौं, फागुन २४ - नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनु भएको छ । सोमबार भएको दोश्रो चरणको मतदानमा रामचन्द्र पौडेललाई बहुमतले पराजित गर्दै देउवा पहिलो पल्ट नेपाली कांग्रेसको सभापतिमा चयन हुनु भएको हो ।

देउवाले १८ सय २२ मत पाउनु भयो भने पौडेलले १२ सय ९६ मत पाउनु भयो । कुल ३१ सय २० मत खसेकोमा बाँकि मत बदर भएको छ । देउवा सभापतिमा विजयी भएसँगै मतगणना स्थलमा अहिले उहाँका समर्थकले नारावाजी गरेर खुसीयाली मनाइरहेका छन् ।

आइतबार भएको चुनावमा देउवा, पौडेल र अर्का उम्मेदवार कृष्णप्रसाद सिटौला कसैले पनि ५० प्रतिशतभन्दा धेरै मत नल्याएका कारण सोमबार दोश्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा कम मत ल्याउने सिटौला बाहिरिएका कारण सोमबार देउवा र पौडेलबिच प्रतिस्पर्धा भएको हो ।

उहाँ २०५७ सालमा  पोखरामा भएको दशौं महाधिबेशनदेखि कांग्रेसको सभापतिमा उठ्दै आउनु भएको थियो । २०५७ सालमा गिरिजाप्रसाद कोइरालासँग हारेका देउवाले २०६७ सालमा भएको बाह्रौं महाधिबेशनमा सुशील कोइरालासँग पराजय भोग्नु भएको थियो ।

२०६२ सालमा कांग्रेसको एघारौं महाधिबेशन हुनु अघि नै देउवाले नेपाली कांग्रेस त्यागेर नेपाली कांग्रेस प्रजातान्त्रिक स्थापना गर्नुभएको थियो । नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक एक भएपछि बाह्रौं महाधिबेशन भएको थियो ।

श्रोतः उज्यालो

SHARE THIS

Author:

Facebook Comment