![]() |
फाइल तस्वीर |
साँझ पौने सात बजे पशुपतिनाथ मन्दिरमा दर्शन गरी १० मिनेटपछी बाहिर निस्कँदा देशभक्त नागरिकहरुले राजा अगाडी नारा लगाउँदै जयजयकार गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भणण्डारी र उपराष्ट्रवादी नन्द बहादुर पुन दर्शन गरेर फर्केको एक घण्टापछी पशुपतिनाथमा पुगेका राजा शाहको पक्षमा पक्षमा सचेत नागरिकहरुले नाराबाजी गरेका हुन् ।
बाजागाजसहितको टोली लिएर पशुपति दर्शन गर्न सजिलै पसेका राजा शाह निस्कने क्रममा भने सयौं समर्थकले घेरेपछि प्रहरीलाई सुरक्षाव्यवस्था मिलाउन हम्मे परेको थियो ।
राजा शाहका समर्थकहरुले पशुपतिनाथ परिसरमा करिब २० मिनेटसम्म उनको पक्षमा नाराबाजी गरे ।
समर्थकहरुले हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, श्री ५ महाराजधिराज सरकारको जय र राजा आऊ देश बचाऊ भन्दै चर्का नारा लगाए ।
प्रहरीको कडा सुक्षाबीच पूर्वराजा शाह साँझ सात बजे पशुपतिनाथ परिसरबाट बाहिरिएका छन् ।
श्रोतःअन्नपूर्ण पोष्ट