वीरगञ्ज, २४ फाल्गुन
नेपाल सरकार उद्योग राज्य मन्त्री मेघराज निषाध र वीरगञ्ज उद्योग वाणिज्य सङ्घबीच भेटघाट तथा अन्तरक्रिया आज एक समारोहमा बीच सङ्घकै सभाकक्षमा सङ्घका अध्यक्ष प्रदिप कुमार केडिया ज्यूको सभापतित्वमा सम्पन्न भएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्नुहुँदै सङ्घका अध्यक्ष केडियाले नेपालकै सबै भन्दा बढी लगानी भएको “वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोर” लाई विधिवतरुपमा नेपाल सरकारबाट औद्योगिक कोरिडोर घोषण गर्नु पर्ने तर्फ आफ्ना कुरा बुन्दागत् रुपमा प्रस्तुत गर्नुभयो । साथै यस क्षेत्रका उद्योगी व्यापारीहरुले उद्योग व्यापार संचालनमा दिनानुदिन आई रहेका विभिन्न समस्याले उद्योग व्यापारीहरुलाई पिरुल्दै आइरहेको कुरा राज्य मन्त्री मेघराज निषाधको ध्यानाकर्षण गराउनु भएको थियो । हाँले उद्योग प्रतिष्ठानमा दिनहु हुने श्रम समस्या, औद्योगिक कोरिडोरलाई आवश्यक भौतिक पूर्वाधारहरु प्रति राज्यले गरेको वेवास्ता, लचिलो वैदेशिक लगानी नीति, औद्योगिक कोरिडोरमा राज्य द्वारा लगाईने कर नीतिहरुका साथै घरेलु तथा रुग्ण उद्योगहरुलाई प्रोत्साहन गरिनु पर्ने तर्फ राज्य मन्त्रीलाई अवगत गराउनु भयो ।
वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरमा भवितव्य विशेष गरी आगलागी जस्ता घटनाहरुलाई न्यूनीकरण गर्न एक थान केमिकल युक्त वारुणयन्त्र अत्यावश्यकतालाई सङ्घका निवर्तमान अध्यक्ष अशोक कुमार बैधले राज्य मन्त्री समक्ष राख्नुभयो ।
उद्योग राज्य मन्त्री मेघराज निषाधले खुला छलफलमा उठेका उद्योग तथा वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोर सम्बन्धि समस्याहरुको निराकरणका लागि र उद्योगी व्यापारीहरुले राखेका जिज्ञासाहरुलाई सम्बोधन गर्न आफु लागि पर्ने बताउदै वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरलाई राज्यबाट विधवत औद्योगिक कोरिडोरको रुपमा मान्यता दिलाउन नेपाल सरकार समक्ष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै वीरगञ्ज चीनि कारखाना तथा कृषी औजार कारखानाको संचालनको लागि नेपाल सरकार समक्ष पहल गर्दै आई रहेको कुरा उपस्थित उद्योगी व्यवसायीहरुलाई अवगत गराउनु भएको थियो ।
संघका कार्यसमिति सदस्यहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सङ्घका महासचिव सुरेश कुमार अग्रवालले सहजीकरण गर्नु भएको थियो भने धन्यवाद ज्ञापन संघका उपाध्यक्ष गोपल केडियाले गर्नु भएको थियो ।