जनकमान डंगोल
छिर्के भन्नाले अगाडी हिडी रहको वा दौडी रहेको मान्छेलाई थाहा नपाउने गरि उसको खुट्टामा अल्झाई दिनु लाइ नै छिर्के लगाको भनिन्छ ! प्रख्यात जापानी खेल ‘जुडो’ होस अथवा नेपाल लगायत विभिन्न देशमा खेलीने ‘कुस्ती’ मा पनि यहि छिर्के दाउको प्रयोग अत्याधिक प्रयोग हुन्छ ! छिर्के दाउ नेपालमा कहिले भित्र्यो त्यो यकिन साथ भन्न सकिएन तर खास छिर्के दाउ चैँ गोर्खाली राजा द्रब्य शाहले छिर्के दाउ लाउन सिकाएका हुन ! इतिहासमा लेखिएको छ बर्षको एक पटक दौडिने लिगलिग कोटको घले दौडमा द्रब्य शाह पनि दौडिएर घले हरुलाई छिर्के लाएर राजा बनेका हुन् भन्ने किम्बदन्ती छ ! त्यस पछी सुरु भाको छिर्के दाउ राणाको पालामा चरम उत्सर्गमा पुगेको थियो ! जंग बहादुरको देहान्त पछी सम्सेर खलकले जंग खलक लाइ छिर्के दाउ लाएर स
त्या हत्याउने खेलको सुरुवात भाको हो भन्छन ! विभिन्न सम्सेर खलकको छिर्के दाउ हुदै आएर २००७ साला स्व.राजा त्रिभुवनले जनता संग मिलेर राणाहरु लाइ छिर्के दाउ लाएर लडाउने मात्रै हैन सदाको लागि सत्ता बाटै किक आउट गरिदिए ! २००७ साल पछी त झन् यो छिर्के दाउले उग्र रुप लिन थाल्यो ! २००७ देखि २०१५ को निर्वाचन नहुन्जेल सम्म छिर्के दाउ लाउने र लगाउने खेल लाइ बि.पी.को सरकारले स्टप गरेको थियो तर के कुरामा हो चित्त नबुझेर स्व.राजा महेन्द्रले निर्वाचित कांग्रेसको सरकार लाइ झिर्के दाउ लाएर कोहीलाई झ्यालखाना कोहि लाइ निर्वासनमा जान बाध्य पार्दिये ! २०१७ सालमा देशमा पन्चेत प्रणाली लागु भए पछी भित्र भित्रै बिस्वबन्धु र तुलसी गिरि अनि किर्तिनिधि बिच एकले अर्कालाई छिर्के हान्ने काम जारि नै थियो ! पछी सुर्य बहादुर थापा नेपालको राजनीतिमा सबैलाई छिर्के दाउमा मात दिदै चम्के ! २०३६ सालमा उनलाई कांग्रेसी हरुले छिर्के हान्न खोजेका थिए सफल भयनन ! पछी सत्याग्रहको छिर्के हाने सकेनन ! राम राजा प्रसाद शिंहले फेस टु फेस छिर्के हान्न नसकेर खेम राज मायालु संग मिलेर बमको छिर्के दाउ हाने तिनिहरु पनि सफल भएनन ! २०४५ साला दक्षिणका ठुल दाइले चेलाहरुले सारै दुख पाए भनेर अनेक थरिको छिर्के दाउ लाएर अन्त्यमा २०४६ साला पंचायतलाइ पनि ढाली दिए ! २०४६ साल पछी काग्रेसी सन्त नेता भटराई सत्तामा बसेर निर्वाचन गरे तर उनलाई आफ्नै सहयात्री गिरिजाले छिर्के दाउ लाएर प्रधान मन्त्रि बन्न दिएनन ! छिर्के दाउ हान्ने खेलमा नजितेर ३६ से र ७४ रे बन्दै कांग्रेसकै देउवाले पार्टी लाइ काँक्रा चिर्या जसरि चिरिदिये ! यसरि छिर्के दाउ हान्ने खेल काँग्रेसमा धेरै प्रख्यात छ भने एमालेमा पनि यो छिर्के दाउले निकै ख्याती कमाएको छ ! त्यस्तै पुर्व पंचहरुको पार्टी रा.प्र.पा मा सल्केको छ भने भुरे टाकुरे पार्टीको त झन् कुरै नगरु ! २०५२ मा ४४ सुत्रिय छिर्के माग राखेर जनमोर्चे पार्टी माओबादी बनेर देस भित्र धेरैलाई कसै लाइ सुराकी कसै लाइ के के भन्दै सदाको लागि छिर्के दाउ लाएर माथि जेमराजका हाजिरी लाउन पठाईदिए ! हदै भो भनेर २०६२/६३ मा जंगल बाट सहारा आउ ! मिलिजुली बसम मिलिहुली खाउ नीति अपनाए ! जंगल बाट माओबादी नामको पार्टीका प्रचण्ड भन्ने आए ! पारि दक्षिणमा गएर दिल्ली १२ बुदे सम्झौता गरे ! राजा फालम भन्दै गिरिजा लाइ उक्साय ! अन्त्यमा राजा लाइ पनि छिर्के दाउ हान्दिये ! बरा गिरिजा रास्ट्रपति बन्न पाउछु भनेर उक्सेका थिए मच्चे मच्चे थच्चिने गरेर छिर्के लाइदिए प्रचण्डले ! त्यहि छिर्के दाउको रन्कोले बरा गिरिजाले संसारै छोडे ! छिर्के दाउ लाउने कलामा माओबादी पार्टी सुपर हिट छ ! प्रचण्ड, बाबुराम, बैद्य, नारान्काजी सब एक से एक ! छिर्के दाउ लाउन नसकेर बैद्यले पनि कांग्रेसकै सेर बहादुर, एमालेको बामदेब स्टाइलमा पार्टीलाई काँक्रा चिर्या जस्तै चिरे ! नेपालको राजनीतिमा छिर्के दाउ लाउन लाइ अहिले सम्म बाबुराम प्रचण्ड जस्तो माहिर कोहि पनि छैन ! द्रब्य शाहको पाला देखि सुरु भएको यो छिर्के हान्ने दाउ आजको मिति सम्म पनि कायमै छ ! एक ले अर्कालाई थाहै नपाउने गरि छिर्के हान्छन ! जित्नेले सगरमाथा जत्रो छाती पार्छन हार्ने र नसक्नेले कांग्रेस र एमालेको नेताले जस्तो सडकमा रुदै बिलौना गर्दै हिड्छन ! तर जनता बबुरा हिजो जस्तो थियो आज पनि त्यस्तै छन ! अब जेठा फेरी निर्वाचन गर्ने रे त्यसैले अब यी धुर्त छिर्केवाजहरु लाइ फेरी पनि जनाताले हराउने हुन कि जिताउने हुन त्यो निर्वाचन पछी मात्रै थाहा हुन्छ ! त्यसैले आफु आफैमा सत्ता र भत्ताको लागि छिर्के हान्ने यी भ्रस्ट छिर्केबाज हरुलाइ हामि जनताहरुले पनि छिर्के हानेर जिन्दगिभर समाजको अगाडी मुख देख्न नसक्ने बनाउन किन सक्दैनौ ?