–स्वयम्भुनाथ कार्की
नारायणहिटी छोड्ने वेलामा पत्रकार सम्मेलन मार्फत राजाले अत्यन्तै मार्मिक उद्गार व्यक्त गर्नु पर्यो ।
मानविय संवेदनामा सुदुर पश्चिमका बाढी पहिरो पिडितहरुलाई सहानुभूतिको हात लिएर भेट्न गएका राजाले क्षोभ व्यक्त गर्नु पर्यो ।
पहिलो घटनाको वेला अहिले राजसंस्थालाई आफ्नो मात्र पेवा ठान्नेहरुको जमात मुख लुकाएर बसेको थियो भने प्रतिकुल परिस्थितिमा पनि आस्थावानहरु अश्रुपुर्ण नेत्र र मनमा पिडा बोकेर राजाको नारायणहिटीबाट बहिर्गमनको वेलामा राजा उपर आफ्नो विश्वास प्रकट गर्न जम्मा भएका थिए ।
दोश्रो घटनाको वेलामा राजसंस्थालाई पेवा मान्नेहरुको जमात हावी भै सकेको थियो तर यो संभावित क्षोभ टार्न केही प्रयत्न गर्नुको साटो पुत्ला जलाउन र भाषणमा आगो उकेल्न व्यस्त थियो ।
उनको अगाडी अनि त्यहाँसम्म खवर पुग्ने गरेर ‘राजा आउ, देश बचाउ ’ नारा लगाएर कर्तव्य पुरा गरेको दावी गर्दै थियो । आफुलाई आवश्यक परेको वेला यीनीहरुलाई आफ्नो साथमा नदेखे पछि राजाले ‘राजा आउ देश वचाउ’ नारा लगाउनेहरुलाई त्यसो नभन्न र जनता आउ देश बचाउ भन्न अनुरोध गर्नु पर्यो ।
जनतामा राजसंस्था प्रतिको आस्था थियो अनि छदैछ । यो कुराको प्रमाण राजाको क्षणिक उपस्थितिमा पनि एक झलक पाउन जुट्ने गरेको जनताको उपस्थितिले दिदैछ । त्यसमाथि सबै तिर कुनै न कुनै रुपको राजसंस्थाको नेपालमा आवश्यकता छ भन्नेहरुको उपस्थिति छ ।
नारायणहिटी छोड्ने वेलामा जनतामा रहेको आस्था पलप्रतिपल बढेको छ । संस्थागत भैसकेको गणतन्त्र भने निरन्तर जनता बीच अलोकप्रिय हुँदैछ । गणतन्त्रको यो निरिहताको लक्षणको रुपमा राजा सहितको प्रजातन्त्रको वकालत गरिरहेको राप्रपा नेपाल पनि एक हो ।
यो भन्दा ठूलो विडम्वना के हुन सक्छ कि राप्रपा नेपालले आफुले विपक्षमा मतदिएको गणतन्त्रिक संविधानलाई उत्कृष्ट भनेर उसैले सावित गरिदिनु परेको छ ।
नारायणहिटी छोड्ने वेलामा भनिएको थियो , ‘ राष्ट्राध्यक्षको उत्तरदायित्व ग्रहण गर्दा राष्ट्र र धर्म, कूलधर्म र राजपरम्पराअनुरूप मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाभिमान, अखण्डता, शान्ति र प्रजातन्त्रको संस्थागत विकास तथा नागरिकहरूको समग्र प्रगतिबाहेक अरु कुनै स्वार्थ आफूमा नभएको तथ्य पनि सबैलाई जानकारी गराउछु ।
तत्कालीन हिन्दूअधिराज्य एवं बुद्धको जन्मभूमि नेपालमा शान्ति आवस भन्ने असल नियतबाट जुन प्रयासको थालनी गरिएको थियो त्यो प्रयास विभिन्न कारणले गर्दा सफल हुन नसकेको कुरा मैले स्वीकार गरिसकेको छु ’ । यो कुरामा उनी हमेशा अडिग छन ।
पृथ्वीनारायण शाहले जनताको साथ लिएर नै जनता रिझएर नै नेपालको जग बसाले, महेन्द्रले जनताको साथ पाएर नै नेपाललाई अन्तराष्ट्रिय मञ्चमा समेत स्थान दिलाउन सफल भए । भविष्यमा पनि जे जस्तो होस त्यो जनताको साथले नै होस भन्ने भाव राजाले अनेकौ पटक व्यक्त गरिसकेका छन ।
सबै नेपाली मिल्नु पर्दछ भनेर निरन्तर भन्दैछन । तर ‘राजावादी’ भनिनेहरु जनता समेतलाई मिलाएर आफु मिल्ने सोचमा छैनन । ७२ सालको पुस २७ र फागुन ७को सन्देशले अनुकुल देखेर समर्थन गरेको जस्तो गरेर राजसंस्था आफुले स्थापना गराएको भ्रम दिन तल्लिन भएका छन ।
जनता आफैले प्रयत्न गरेर वनाएको परिस्थितिलाई विभिन्न समुहमा विभाजन गरेर आफ्नो दुनो सोझेयाउने प्रयत्न हुँदैछ । यदी यो नभए मिलेर साझा लक्षको निमित्त काम गर्नुको साटो अआफ्नो समुह बनाएर एक्लाएक्लै नारा लगाउनुको के अर्थ ?
नेपालमा राजसंस्थाको अपरिहार्यता देख्नेहरुले कुनै व्यक्ति वा समुहको सहुलियतको पक्षपोषण गरेका हैनन । उनिहरुले नेपालमा एक पटक फेरी राजा र जनताको संयुक्त अभियान चाहेका हुन ।
जसरी पृथ्विनारायण शाहले जनतासंग मिलेर आधुनिक नेपाल बनाए, जसरी महेन्द्रले जनतासंग मिलेर नेपाललाई मध्ययुगबाट तानेर आधुनिक युगमा प्रवेश गराए त्यही खोजेका हुन ।
आज नेपालको अस्तित्व निमित्त मात्र नभएर जीवनयापनका सामान्य काम पनि दुरुह भएको छ । नेपालले फेरी एक पल्ट राजा र जनताको संयुक्त अभियान खोजेको छ । यस्तोमा नेपाललाई माया गर्नेहरुको एकताको आवश्यकता छ ।
यो वेलामा सबै राष्ट्रभक्तले आफ्नो मर्यादाक्रम खोज्ने हैन बरावरी भएर काम गर्ने वेला हो । अलग अलग प्रयत्न गरेर भोली आफ्नो योगदान (?)को कचौरा फैलाउने बाटो खोज्ने हैन । यसवेला ठूलोसानो खोज्न थालेमा नेपालको अस्तित्व जोगाउन कठिन हुनेछ । त्यसैले राष्ट्रभक्तहरुको एकता आजको आवश्यकता हो । यो अनेकौ नामले संगठन खोल्ने वेला हैन साझा प्रयत्न गर्ने वेला हो ।
स्वयम्भुनाथ कार्की
विराटनगर १
२०७२।११।१०
(गोरखा एक्सप्रेस)