वीरगंज डेस्क
फागुन ११ गते ।
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री खड्ग प्रसाद अर्थात केपी ओलीलाई सम्मन गर्दै मख्ख पारेको भारतलाई सिंगो नेपाल र नेपालीको भावनालाई लत्याएको छ ।
प्रधानमन्त्री ओलीलाई भारतले राजकीय सम्मान गरिरहँदा त्यहाँ प्रधानमन्त्री ओलीको गृह प्रदेश गुजरातका विभिन्न ठाउँमा झुण्डयाइएको नेपालको चन्द्र सूर्यअंकीत त्रिकोणात्मक राष्ट्रिय झण्डाको सट्टा चारपाटे रातो कपडामा चन्द्र सूर्य अंकित झण्डा बनाइ नेपालको राष्ट्रिय स्वाधिनताको धज्जी उडाएको छ ।
यति हुँदा पनि भ्रमण दलमा रहेका संघीय गणतन्त्र नेपालका प्रधानमन्त्रीलाई केपी ओली लगायत कुनै पनि राष्ट्रिय निकायका पदाधिकारीको आँखामा यो बेइज्जति पर्न गएन ।संघीय गणतन्त्र नेपालका प्रधानमन्त्रीलाई आफ्नो देश र राष्ट्रिय बेइज्जतले कुनै असर गरेन । उनी मख्ख भएर सम्मान थापिरहे ।
प्रस्तुत छ यही सन्दर्भमा अनलाइनखबर नयाँ पेजले प्रकाशन गरेको सामग्री......

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतको नाममा भारतले नेपाली झण्डाको अपमान गरेको छ ।
मंगलबार गुजरात राज्यमा ओलीको स्वागतका लागि बाटो छेउमा राखिएको भारत र नेपाली झण्डामा नेपालको तीन कुने झण्डा नराखेर भारतको जस्तै आकारको झण्डामा चन्द्र र सूर्यको चिन्ह मात्र राखिएको छ ।
भारत भ्रमणको पाँचौ दिन ओली गुजरातका विभिन्न भागको अवलोक गर्न गुजरात राज्यमा पुगेका हुन् । ओलीलाई गुजरातका गभर्नर ओपी कोह्लीले भुज विमानस्थलमा स्वागत तथा अभिवादन गरेका थिए । भारतको गुजरात मोदीले राजनीतिक उठान गरेको क्षेत्र हो । गुजरातलाई भारतको विकासको केन्द्र समेत मानिन्छ । मोदीकै सक्रियता र आग्रहमा ओली गुजरात पुगेका हुन् । तर, ओलीको सम्मानमा राखिएको नेपाली झण्डाको अपमान भएको भन्दै सामाजिक सञ्जालमा विरोध सुरु भएको छ ।
ओली मंगलबार गुजरात राज्यमा भूकम्पबाट क्षतिग्रस्त संरचना, पुननिर्माण र पीडितको अवस्था बुझ्न र पुनस्थापनाको नयाँ मोडलको अवलोकन गर्न पुगेका हुन् । ओलीले गुजराको रेगेन्ता रिसोर्टको कार्यक्रममा सहभागिता जनाएका छन् । गुजरातमा पुगेका ओलीले भूकम्पपछि पुनस्थापना भएका बस्तीको अवलोकन समेत गरेका छन् । ओली गुजरात पछि मुम्बई पुग्दै छन् । ओलीले मुम्बईमा बलिउड कलाकारसँग भेटघाट गर्ने कार्यतालिका रहेको नेपाली दूतावासले जनाएको छ ।
नेपाली झण्डाको वास्तविकता
नेपालको राष्ट्रिय झण्डा एक मात्र चारकुने आकार नभएको राष्ट्रिय झण्डा हो । नेपाली राष्ट्रिय झण्डामा माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सूर्य छ । जसले आकाशमा चन्द्र र सुर्य रहुन्जेल नेपाल रहिरहने कुरालाई जनाउछ । नीलो किनारा शान्तिको प्रतिक हो र सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो ।
नेपालको संविधान २०७२को राष्ट्रिय झण्डासम्बन्धी धारा ८ मा राष्ट्रिय झण्डाबारे प्रष्ट पारिएको छ । धारा ८ मा भनिएको छ, ‘सिम्रिक रङ्गको भुइँ र गाढा नीलो रङ्गको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको झन्डा नेपालको राष्ट्रिय झन्डा हो ।’
नेपालको राष्ट्रिय झण्डा बनाउने तरिका
(क) किनाराभित्रको आकार बनाउने तरिका
(१) एउटा सिम्रिक रंगको रातो कपडामा तल्लो भागमा चाहिएको जति
लम्बाइको रेखा बायाँबाट दाहिनेतिर खिच्ने र यसलाई क ख नाम
राख्ने ।
(२) क बाट सीधा माथि ग सम्म क ख को लम्बाई जतिमा क ख कै
तृतीयांश थप्दा जति हुन्छ त्यति लामो हुने गरी क ग रेखा खिच्ने ।
क ग मा क बाट क ख को लम्बाइ जति लिई घ चिनो लगाउने ।
ख र घ जोड्ने ।
(३) ख घ रेखामा ख बाट क ख जति लिई ङ चिनो लाउने ।
(४) ङ हुँदै क ख को समानान्तर पारेर क ग मा पर्ने बिन्दु च बाट शुरु
गरी दाहिनेतिर छ सम्म क ख को लम्बाइ जति रेखा खिच्ने ।
(५) ग र छ लाई जोड्ने ।
(ख) चन्द्र बनाउने तरीका
(६) क ख को चतुर्थांश जति क बाट दाहिनेमा ज चिनो लाउने र
त्यहाँबाट माथि क ग को समानान्तर पारेर ग छ लाई झ मा छुने
रेखा खिच्ने ।
(७) ग च को आधा ञ बाट क ख को समानान्तर पारेर रेखा दायाँतिर
खिची ग छ लाई ट मा छुने ।
(८) ञ ट र ज झ रेखा काटिएको ठाउँमा ठ चिनो राख्ने ।
(९) ञ र छ जोड्ने ।
(१०) ञ छ र ज झ काटिएको बिन्दुमा ड चिनो लाउने ।
(११) ड लाई केन्द्र मानी ख घ रेखालाई न्यूनतम अन्तर पर्ने गरी स्पर्श
गर्दा हुने जति दूरी पर्ने गरी ज झ रेखाको तल्लो भागमा ढ चिनो
लगाउने ।
(१२) ड मा छोई क ख को समानान्तर रेखा बायाँबाट दायाँतिर खिच्ने र
यसले क ग लाई छोएको बिन्दुको नाम ण राख्ने ।
(१३) ठ केन्द्र लिएर ठ ढ व्यासाद्र्धले तल्लो भागमा वृत्त खण्ड खिच्ने र ण
ड बाट गएको रेखालाई यसले छोएको दुवै ठाउँमा क्रमशः त र थ
नाम राख्ने ।
(१४) ड लाई केन्द्र मानी ड थ व्यासाद्र्धले तल्लो भागमा अर्ध वृत्ताकार त
थ लाई छुने गरी खिच्ने ।
(१५) ढ केन्द्र मानी ढ ड को व्यासाद्र्धले त ढ थ वृत्त खण्डको दुवैतर्फ
छुने गरी वृत्त खण्ड खिच्ने र यसले त ढ थ लाई छोएको
विन्दुहरूको नाम क्रमशः द र ध राख्ने । द ध लाई जोड्ने । द ढ र
ज झ काटिएको विन्दुको नाम न राख्ने ।

सामाजिक सञ्जालमा झण्डा बहस
पत्रकार देवेन्द्र भटटराईले ट्वीटरमा उक्त झण्डाको तस्बिर सार्वजनिक भएपछि भारतले नेपाली झण्डाको अपमान गरेको भन्दै बहस सुरु गरेका छन् । भट्टराईले पोष्ट गरेको ट्वीटमा भनेका छन्, ‘होइन, हाम्रो रातो र चन्द्र सूर्य झण्डाको आकारप्रकार यस्तो हो र ?’
गुजरातका राज्यमा नेपाली झण्डाको आकार फरक बनाइए पनि दिल्लीका सडकमा भने त्रिकोणत्मक नै नेपाली झण्डा फहराइएको छ । पत्रकार उमेश श्रेष्ठले ट्वीटरमा पोष्ट गरेको तस्बिरमा भने वास्तविक नेपाली झण्डा देख्न सकिन्छ ।