मोरङकाे बिराटनगर उप-महानगरपालिकामा लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
फागुन १२ गते २०७२
आज मध्यान्ह सबा १२ बजे काठमाण्डौ महानगरपालिका १५ ढुंगेधारा बस्ने सुमन मानन्धरलाई एभिल- २५ एम्पुल, लुकिजैसिक- २५ एम्पुल, डाईजेपाम-२५ एम्पुल, फिनारग्रामस्- २५ एम्पुल लागु औषध सहित बिराटनगर उप-महानगरपालिका २१ बाट क्षेत्रिय अनुसन्धान आरआइटीसमुहबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो।
मानन्धरले बोकि ल्याएको झोला खानतलासि गर्ने क्रममा उक्त लागु औषध बरामद गरेको हो। लागु औषध र सुमन मानन्धरलाई कावशयक अनुसन्धान र कारवाहिको लागी ईलाका प्रहरी कार्यालय रानिले आफ्नो नियन्त्रणमा राखेको छ।
कुटपिट र लुटपाट मुद्दाका अभियक्त पक्राउ ः-
सम्मानित जिल्ला अदालत सिरहाबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका एक अभियुक्तलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। जिल्ला सिरहा अयोध्यानगर गाविस वडा नम्बर ९ बस्ने ५० बर्षिय लक्ष्मि यादवलाई आफ्नै घरमा लुकेर बसिरहेको अबस्थामा बिहान ६ बजे प्रहरीले पक्राउ गरेको हो।
यादव अदालतको मिति २०४८ साल फाल्गुन ८ गतेको फैसलाले १८ दिन कैद सजाय र २०४३ साल चैत्र २९ गतेको फैसलाले कुटपिट र लुटपाट मुद्दामा एक महिना कैद तथा दश हजार जरिवाना सजाय भई फरार रहेका थिए।
पक्राउ परेका यादवलाई आवाश्यक कारबाहीको लागी सम्मानित जिल्ला अदालत सिरहामा बुझाईएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। पछिल्लो समयमा अदालतबाट कैद तथा जरीवाना सजाय भई फरार रहेका अभियुक्तहरुको खोजतलास गर्ने अभियानलाई तिब्रताका साथ अगाडी बढाईएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरिक्षक निरिक्षक सन्तोष निरौलाले जानकारी दिनु भएको छ।
साभार नागरिक आवाज