–मिनबहादुर थापा
०४६/०४७ पछाडीको राजनैतिक परिवर्तन पछि बनेको पहिलो जननिर्वाचित सरकारका प्र
धान मन्त्री गिरिजा प्रसाद कोइरालाको सोचले सरकारमा यस्ता मनुवाहरुको एकाएक जन्म गरायो जसले आफ्नो जिल्लाको सभापतिमा पनि आउने हैसियत राखेका थिएनन् होला । यस्ता मनुवाहरु राता रात मन्त्री परिषद सदस्यमा नियुक्ति हुँदा भुइँ न भाँडोमा भैं सन्त नेता किसुनजी र सर्वमान्य नेता गणेश मानजीको शिर छेदन गर्नु स्वभाभिक नै थियो ।
यी मनुवाहरुको काम त्यतिबेला आफु र आफ्नो सात पुस्तालाई पुग्ने गरि आर्थिक जम्मा गर्ने र गिरिजा प्रसाद कोइरालालाई गणेश मान जी र किसुनजीको बिरुद्धमा आर्थिक रुपले सहयोग गरि पार्टी र सरकार कब्जा गर्ने खेलमा सहयोग गर्नु थियो । त्यति बेला गिरिजा प्रसादले आफ्ना भाई भतिज देखि उनका दासहरुलाई आर्थिक शसक्त पर्याप्त हुने ठाउँ वा निकायमा पजनी गरेका थिए । उनिहरुको काम मात्रै गिरिजा प्रसाद कोइरालालाई आर्थिक रुपले सबल बनाउनु थियो । यसैको परिणाम आतंककारी माओबादीको जन्म भयो यो नै नेपाल र नेपाली का लागि बर्तमान र भविष्यका लागि दुर्भाग्य भयो र हुने छ ।
त्यो बेलाका गिरिजा प्रसादका ऐजरुहरु बर्तमान अवस्था शुशील कोइरालाको निधनपछि अब नेपाली कांग्रेसलाई फेरी कसरी आफ्नो कज्ब्जामा लिने र सम्पूर्ण कांग्रेस पार्टीलाई गिरिजा प्रसाद कोइरालाको पालामा जस्तो आफ्नो हित र अनुकुलमा प्रयोग गर्ने यो उनहरु को सबै भन्दा ठूलो र महत्वपूर्ण च्याखे दाउ भएको छ । अहिले जसरि बिगतमा गणेशमानजी र किसुनजीलाई प्रहर गर्ने र गराउने काम गरिएको थियो ठिक त्यसरी नै शेर बहादुर देउबा र रामचन्द्रलाई प्रहार गर्ने काम गरि रहेका छन् ।
यो गर्नु गराउनु पर्ने कारण राष्ट्र, जनता र कांग्रेसको माया भएर होइन फेरी नेपाली कांग्रेसलाई आफ्नो स्वार्थमा प्रयोग गर्दै ठगि खाने भाडो बनाउन का लागि हो । यदि देश जनता र नेपाली कांग्रेस को माया हुन्थ्यो भने अहिले यी ऐजरुहरुले शेर बहादुर र रामचन्द्र मध्येमा एउटा लाइ सभापति र संसदीय दलको नेतामा दबाब दिन सर्व सम्मत गराउने वातावरणको सिर्जना गराउनु पथ्र्यो । तर यी ऐजेरुहरू त्यसो किन गर्थे ? मर्छन् बरु गर्दै गर्दैनन् ।
कतिपय ऐजरुहरु बिगतमा गिरिजाको सम्रक्षणमा अथाह पैसा आर्जन गरि राष्ट्र नै बिखन्डन गर्ने पार्टी गठन गरि हिडीं रहेका छन् । त्यो बेला यी बिखन्डनबादीहरु गिरिजाका सबै भन्दा विश्वसिला पात्र थिए । आज फेरी गिरिजाको शून्य मानसिकताको उपज गणतन्त्र र धर्म निरपेक्ष मा जन्मिएका ऐजरुहरु नेपाली कांग्रेसलाई कमाई खाने साधन बनाउनका लागि स्वाघोषित सभापति, स्वघोषित माहामन्त्रीको उम्मेदार घोषणा गर्दै हिड्दै छन् जसको औकात ने.विसंघको नेता र कसैको काँग्रेस जिल्ला सभापतिभन्दा माथिको हुँदै होइन अफसोच गिरिजाको शून्य मानसिकताको उपज गणतन्त्र र धर्म निरपेक्षमा जन्मिएका ऐजरुले कांग्रेसको बिशाल वृक्षलाई छोपे कांग्रेस मात्रै होइन नेपाल नै उधोगतिमा जाने निश्चित छ । कांग्रेसका साथीहरुले लहडमा आउने होइन १३ औं महाधिवेशनमा ठण्डा दिमागले सोच्ने बेला आएको छ । शेर बहादुर र रामचन्द्र नै हुन् कांग्रेसका आधार । यो मेरो नितान्त व्यक्तिगत विचार हो । यो मेरो ३५ वर्षको कांग्रेस को राजनैतिक अनुभब हो । जय नेपाल जय हिन्दु राष्ट्र नेपाल ।
प्रकाशन मितिः २०७२ फागुन १३ गते बिहीवार