अमेरिकी राष्ट्रपति ओबामाको तस्वीर र वास्तविकता !

काठमाडौं, फागुन ४ । अमेरिकी राष्ट्रपति बाराक ओबामाको एउटा तस्वीर यतिबेला नेपालीमाझ भाइरल बन्दैछ । ‘नेपाल र भारतबीच भएको साग फुटबलको फाइनल म्याच हेरिरहेको’ भन्दै ओबामाको सो तस्वीर केहीले सोशल नेटवर्किङ साइटमा पोस्ट गरेपछि नेपाली माझ भाइरल बनेको हो ।
ह्वाइट हाउसमा आफ्ना केही सहयोगीका साथ तस्वीरमा देखिएकाओबामाले टेलिभिजन हेरिरहेका पनि छन् । उनको अगाडी रहेको टेलिभिजनमा नेपाल र भारतबीचको फुटबल म्याचको दृष्य पनि देखिन्छ । धेरैको मनमा ओबामाले नेपाल र भारतबीचको फुटबल म्याच हेरेकै हो भन्ने पर्न पनि सक्छ । तर होइन, ओबामाको उक्त तस्वीर धेरैपटक यसरी दुरुपयोग गरिएको छ । र, यसपटक नेपालीले दुरुपयोग गरे ।
ओबामाको उक्त तस्वीर सन् २८ जनवरी २०११ मा लिइएको हो । ह्वाइट हाउसमा आफ्ना सहयोगीका साथ बसेर उनले इजिप्टका तत्कालिन नेता होस्ने मुबारकको भाषण सुनिरहेको अवस्थामा सो तस्वीर लिइएको हो ।
उक्त तस्वीरलाई भारतीयले पनि सन् २०१४ मा दुरुपयोग गरेका थिए । खासगरी भारतीय जनता पार्टीका केही नेताहरुले नै ट्वीटरमा उक्त तस्वीर पोस्ट गर्दै ओबामाले ‘भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको भाषण सुनेको’ भ्रम फिँजाए । वास्तवमा ओबामाको सो तस्वीरमा उनले हेरिरहेको टेलिभिजनको दृष्यमा नरेन्द्र मोदी देखाइएको थियो ।
उक्त तस्वीरसहितको समाचार भारतीय संचारमाध्यममा पनि आयो । एनडिटिभी, इन्डिया टुडेजस्ता भारतीय संचारमाध्यमले पनि वास्तविकता नबुझी ओबामाले मोदीको भाषण सुनेको समाचार प्रशारण तथा प्रकाशन गरे ।

श्रोतः इमेज खबर

SHARE THIS

Author:

Facebook Comment