पृथ्वी जयन्ती र नेता चिन्ने मौका

–सन्तोषराज बजगाई

आधुनिक नेपाल निर्माण गर्ने राजा पृथ्वीनारायण शाहको योगदानलाई जति भने पनि नसकिने खालको छ । यदि उनले सो कामको थालनी नगरेको भए सायद उति बेला बेलायत (भ्बकत क्ष्लमष्ब) ले आधुनिक नेपाल कब्जा गरि भारतिय स्वतन्त्रता संग्रामपछि अहिलेको नेपाल पनि भारतीय भू–भागभित्र पर्ने निश्चित जस्तै थियो । हामीले भुलेर पनि यो कुरा बिर्सनु हुन्न । आज जसरी गोर्खाल्यान्डका साथीहरुले आफ्नो पहिचान खोजिराख्नु भएको छ, आज हामी पनि त्यही अवस्थामा हुने निश्चिति थियो । पृथ्वीनारायण शाहको नेपाल एकीकरणलाई गोर्खाको बिस्तारवाद हो भन्ने मित्रहरुलाई नेपालको माया नभएको निश्चित हो ।
राजतन्त्र अगाडी सम्म पुस २७ लाई पृथ्वी जयन्ती तथा एकता दिवसको रुपमा मनाइदै आइएको थियो । जो काम पछि जनआन्दोलन पछि रोकियो । जसबाट जनआन्दोलनको मर्म नेपाललाई बलियो होइन कि नेपालको अस्तित्व समाप्त पार्न हो कि भन्ने आकलन गर्न सकिन्छ ।
अहिले देश अस्त ब्यस्त अवस्था तथा जातियताको कुराले देश कमजोर भएको अवस्थामा पृथ्वीनारायण शाहको वेवास्थाले गर्दा हो कि भन्ने कुरालाई नकार्न सकिन्न ।
त्यसैले अहिले पृथ्वी जयन्तिको माग व्यापक रुपमा आएको बेला हाीमले अहिले राष्ट्रवादी तथा रास्ट्रघाती नेता चिन्ने बेला आएको छ  ।
विभिन्न समाचार श्रोत अनुसार कमल थापा, सिपी मैनाली तथा केपी ओली यस विषयमा सकारात्मक छ्न तर सरकार साजेदार केही दल यस विषयमा सन्तुष्ट रहेनछन् । यसबाट आम नेपालीले नेता तथा निश्चित पार्टीको नेपाल प्रतिको उसको नीति प्रष्ट हुनेछ ।

(बजगाइको फेसबुकबाट साभार)

प्रकाशन मितिः२०७२ पुस २३ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment