–प्रशान्त महासागर
मलाई सरकारले जहिले पनि तालिका अनुसार चल्ने आदेश दिनु भएको छ । विकास र उन्नति त्यसै हुन्छ पनि भनी बक्सेको छ । म सरकारसँग साह्रै खुशी छु र म समूह “छ” को जीवन भनौं या मृत्युको अंश जुन मरि सक्दा पनि बाँच्ने नै छु भनी लागी परेको छु शायद गल्ति भए माफका कुराहरु सार्नेछु अन्यथा नसोच्नु होला र सोचेकै कुरा गर्नु पर्दा यो भन्दा राम्रो सोच भविष्यमा नेपालीहरुको आउँला त्यो बेग्लै कुरा हो तर हाल अहिलेको कुरा गर्ने हो भने नेपाली जीवन प्रत्येक दश दिनमा परिवर्तित हुन सक्छ भन्ने एउटा नमूना हो नेपाली लोडसेडिङ तालिका ।
हुन त नेपालीहरुसँग भएर पनि केही छैन भन्ने मूल्य र मान्यता उदाहरण नै हो म रोएझैं गर्छु तिमी पिटे झै गर्नु भनी गरिने मनतन्त्रको राजनीति नै हो जहाँ धेरै छन् तर पाउने र दिने अवस्था केवल एउटा अघोषित नाकाबन्दी नै हो भने विकल्पहरु मार्ग खोजी नीतिमा उज्यालोको निम्ति लोडसेडिङ र खानेपानी विशेषगरि काठमाण्डौंको लागि मेलम्ची अगाडि सार्नु नै हो । यस्तो परिकारको पकवानबाट पोषित नेपालीहरुको अधिकार सुरक्षित तथा चौतर्फि विकास हुन्छ सोच्नुलाई सूर्य नउडाए पनि उज्यालो हुनु मान्न सकिन्छ । तसर्थ अब नेपालमा काम र माम खोज्नु भनेको पनि आफ्नो खुट्टामा आफैं बञ्चरो हान्नु नै सावित विस्तारि हुँदै गई रहेको अवस्था छ र यसमा सरकारले ध्यान दिनुपर्छ भन्ने मलाई लाग्दैन किनभने यो देश नेपाल त्यसै चलेको राष्ट्र हो । हुन त हामी गर्व गर्छौ नेपाल यो छ त्यो छ तर खैं त त्यसको अर्थ...? के हामी नेपालमा जन्मिदैमा नेपाली हुन्छ त...? यदि हुन्छ कसैले भन्छ भने साधारण कुरा राजाको छोरा नभईकन किन गौतम बुद्ध भए...? शान्तिको दूत भनेर किन पुजें ?
हुन त कुरो र कुलोलाई जता मोडे पनि हुन्छ भन्थे आखिर त्यही मात्र हो तर नेपालीहरुको सन्दर्भ त्यो पनि मिल्छ भन्नु शायद यहाँ मलाई मूर्ख नै सावित गराउँछन । अत: म तालिकाभित्र नै रमाउन चाहन्छु । हुन त तालिका फेरेको धेरै दिन त भए छैन तैपनि पुन: फेरेर नेपालीहरुको हकअधिकारलाई नयाँ संविधानमा सुनिश्चित गरिएको देखिएको छ त्यसकारण पनि म पून: सरकारलाई जय सरकार भन्नतिर नै बढी व्यस्त हुँदैछु । र नेपालमा नेपालीहरुलाई भएको कुनै भन्नु नै केही नभएकै हो । जस्तै: चामल छैन भन्ने कुरा उठ्यो भने किन चाहियो र ? किन सोध्दा, पकाउनलाई पानी कहाँ छ र ? जवाफ प्रतिध्वनीत हुन्छ । त्यस्तै पानी र चामल नभएकोले ग्याँस नभएको हो । अब ग्याँसको विकल्प खोज्ने हो भने विजुली हो । अब विजुली कहाँ नेपालमा पाईन्छ र ? यो त जलस्रोतको धनी राष्ट्र मात्र हो अरु केही होईन ।
अत: आइतबार समूह छ मा बिहान ३ बजे देखि १० बजेसम्म बत्ती जाने निश्चित भएको छ भनी नयाँ लोडसेडिङ तालिका निस्केको छ भने यो भन्दा १० दिन अगाडि आइतबारको दिन समुह छ मा बसोबास गर्नेहरुलाई सूर्य ब्रत बस्नु भनिएतापनि यसपालि देखि चाँडै उठि दालभात बसाउने कार्यबाट विदा दिएको छ त भोकै अफिस जानु नै भनी सरकारबाट निर्देश भएको अवस्था छ र बेलुकीतिर २ बजे देखि ८ बजेसम्म बत्ती जाने हुनाले रातीको भोजन त्यस्तै राती १० बजे पछि नै गर्नु भनी सरकारबाट आदेश भएको छ यदि लोड थाम्न सक्ने भए.. होईन भने राती पनि भोकै सुत्ने नै मर्जी होईबक्सिनु भा”को छ । जय सरकार सबै जोगाउने मन्त्र प्रतिपादन गरिदिनु भएकोमा ।
अब सोमबारको कुरा जय शिव शम्भु नभनीकन कहाँ हामी आम नेपालीहरु खान पाउँछ ? बिहान ६ बजे बत्ती गयो भने दिउँसो ३ बजे मात्र आउँछ । अब खाना बिहानको लागि पकाउने कि बेलुकीको लागि । हुन त मैले सोच्नै छोडें । मात्र घरमा पनि भनीदिएँ जे छ त्यही उमाल्नु । हामी आम नेपालीहरुको जीवनमा न बिहान छ न त दिउँसो अनि राती भन्ने नै । समय जहाँ जुनबेला जे दिन्छ त्यही खाने आँट गर्न सिक्नुपर्छ होईन भने साँझ ७ बजे बत्ती जान्छ राती ११ बजे आउँछ । बत्ती हेर्नु र सौटाको मूख हेर्नु एउटै हो दसा लाग्छ त्यसैले दालभात अचार तरकारी एउटै भाँडोमा हुन्छ अन्य खोज्नु पर्दैन पस्कि ल्याउ भन्दै खाँदै रमाउनु नै नेपाली जीवन हो ।
खाना खान पाउने दिनमा काम गर्नु पर्दैन स्वत: सरकारले भनेको छ किनभने मंगलबार बिहान १० बजेसम्म बत्ती हुन्छ त्यसको अर्थ खाना पकाउन भ्याउँछ भनेको हो भने दिउँसो ४ बजेसम्म नआउनुलाई बत्तीद्वारा गरिनु पर्ने काम कुनै पनि गर्नु पर्दैन भनेको नै हो । अब ५ बजे देखि त लगभग सबैतिर छुट्टि नै हो भने गन्तव्यतिर पुग्न छत या हुडमा झुण्डिन भए पनि एक घण्टा अगाडि नै कामकाज छोड्नै पर्ने हुन्छ । अत: नयाँ तालिकामा मंगलबार विदा समूह ६ मा परेको छ । अब रातमा पढ्न बत्ती होस् नहोस् त्यो ठूलो कुरा होईन । ८ बजे देखि १२ बजेसम्म जानेको हामीलाई के मतलब ?
अब बुधबार ४ बिहान देखि दिउँसो १२ बजे सम्म बत्ती हुँदै भन्नु नै स्वाभीमानी नेपाली तिमी हौ तिमीले देशको निम्ति त्यति पनि गरेनौं भने के गर्यौ । तिमीहरु नोपली हुनुको अर्थ के हो देशको निम्ति हावा खाएर सेवा दिन सक्दैनौ न तिमी भूमी पुत्र हौ न त आदीवासि नै । न बाहुन हौं न त क्षत्री नै दुईचार छान छोडेर वीरता देखाउन नसक्ने तिमीहरु कसरी नेपाली...? नालापानीको युद्धमा हाम्रा पूर्खाहरुले बिना पानी कति दिन लडेका थियौं बिर्सियौ ? कुन ठूलो विपत्त आई परेको छ र ? ४ बजे दिउँसो बत्ती जान्छ त राती १० बजे आउँछ नै । के को चिन्ता एक जना कर्मचारीलाई नियुक्त गरि तलब दिई खाना पकाउने काम दिनु कमसेकम दिउँसो १२ बजे देखि ४ बजेसम्म बत्ती आउने बेलासम्ममा खाना पकाई हाल्छ भने बेरोजगारले रोजगार पनि पाउँछ साथै गरिबी त्यसै उन्मुलन हुन्छ ।
त्यस्तै कथा विहिबारको पनि छ । जसरी हुन्छ नेपालीहरु यो सरकारले रोजगार दिने तालिका निकालेको छ त्यसको हामी आम नेपालीहरुले सु–स्वागत गर्नुपर्छ नै । विहीबार बिहान ४ बजे देखि ११ बजेसम्म बत्ती जान्छ भने दिउँसो ३ बजे देखि नै राती ९ बजेसम्म हामीहरुले अन्धकार अवस्था उज्यालो भविष्यको खोजी नीति गर्न पाउने छन ।
शुक्रबार जहाँसम्म लाग्छ अलि चलाख कर्मचारीले चाहि आफ्नो मालिकलाई खाना खुवाउन सकिन्छ कि भन्ने मैले आश गरेको छु किनभने लोडसेडिङ बिहान ५ बजे देखि दिउँसो २ बजेसम्म जाने हो । भन्नुको अर्थ ओभर टाइमको सिफ्ट मिलाई दिएको खण्डमा कर्मचारीले बिहान ५ बजे भित्रमा खाना तयार गर्न सक्ने अवस्था रहेको छ भनी सरकारबाट मर्जी होइबक्सिनु भएको छ । र बेलुकीको अवस्थामा क्वाटरको पनि व्यवस्था गरिदिएको खण्डमा अझ भनौं रोजगार दिने मनशाय भएको अवस्थामा आफु र आफ्नो परिवार भोकै बस्नु पर्ने छैन । साँझ ६ बजे देखि १० बजेसम्म बत्ती नहुँदा आम नेपालीहरुको जीवनमा कुनै असर पर्दैन ।
शनिबार त त्यसै विदा बार के मतलब नेपालीहरुलाई । न काम गर्नु छ न आफुलाई स्थापित नै गर्नुछ । बस जन्मिनु अनि खानु साथै मर्नु यी नेपालीहरुको दिनचर्या हो । यसमा न सरकार आफैले परिवर्तन ल्याउँछ न त जन्मेर नेपाली हुनेहरुले नै चाहेका छन् । नेपाली ढाँट्ने छल्ने र ठग्ने काम जानी सकेका छन् अब अरु सिक्नु नै छैन । पेट भर्न आउँछ पुगि हाल्छ । नयाँ र नौलो को अर्थ के हो किन चाहियो । ती सब बकवास भएको छ नेपाली जीवनमा । होईन कसैले भन्छ भने नेपाली हुन के गरेका छौ ? सधैं पूर्खाकै आडमा बाँच्ने र वीर हुने भए किन परिवर्तन चाहियो ? विश्व समाजले नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोण कस्तो छ कहिल्यै हामी नेपालीहरुले सोचेका छौ ? सधैं खाने लाउनेमै समय खर्चेका छन भने कमाएको नाउँ के कमाएका छन त ? र अधिकार भन्दै माग्दै आफैं लुलोलङ्गडो हुने परिवर्तनको पछि कहिले सम्म लाग्ने....? साथसाथै आफुले के जन्माएका छौ आफु यो नै हो भन्नलाई ? यहाँ काम भन्दा बेसि कुरा भएको प्रष्ट हुँदा नि हामी आफ्नो पहिचान भन्दै कुदिरहेका छौ आखिर के काम त्यो खोक्लो खास्टो.....?
११ बजे जान्छ त बेलुकी ७ बजे उहाँ पाल्नु हुन्छ ।
शनिबार फुर्सदको बार ।
बिहान पनि बेलुकी पनि खाना खान पाउने दिन शनिबार
प्रकाशन मितिः२०७२ पुस २३ गते बिहीवार