बौद्ध धर्मावलम्बीले बुझ्नैपर्ने कुराः ८०% हिन्दुहरुलाई खान खोज्ने अजिंगरले ९% बौद्धहरुलाई बाँकी राख्लान् ?

–महेश्वोर श्रेष्ठ
मैले "बुद्धको दर्शन, शान्तिको सुदर्शन" नामको फेसबुक ग्रुपमा गरेको एउटा कमेन्ट तपाईंहरुलाई पनि इन्ट्रेष्टिङ्ग होला भनेर यहं पनि पोस्ट गरेको छु।
म आफ्ना मान्यवरहरुलाई देवता मान्ने (पितृ देवो, गुरु देवो भव, अतिथि देवो भव भनेेर सिकाउने) र तथागत बुद्धलाई पनि त्यसरी नै सम्मान गरी देवता नै मान्ने सनातन हिन्दु धर्मको अनुयायी हुं। अहिले बजारमा हिन्दु राष्ट्र स्थापनाका स्वरहरु सुन्न थालिएका छन्, आन्दोलनहरु हुन थालेका छन्। यसलाई हिन्दु अतिवादीहरुको क्रियाकलाप भनेर आलोचना गरिए तापनि उनीहरु त्यसरी आन्दोलित हुनाको जायज कारणहरु छन् जसलाई म यसरी व्यक्त गर्न चाहन्छु।
१. नेपाललाई धर्म निरपेक्ष घोषणा गर्ने पहिलो संविधानसभामा सभासदहरुको अत्यधिक संख्या हिन्दुहरुकै थियो। मुलुकमा धार्मिक अल्पसंख्यकहरुको भावनालाई कदर गर्दै बहसमा एक शव्दपनि नबोलीकन देशलाई चुपचाप धर्म निरपेक्ष घोषणा गर्न तिने हिन्दु सभासदहरुको उदार मन र शालीन सदासयतालाई हामीले संधै सम्मानका साथ सम्झनु पर्छ कि पर्दैन ?
२. खाईपाई आएको हिन्दु अधिराज्यलाई समाप्त गरेर धर्म निरपेक्ष घोषणा गरिंदा जनस्तरबाट कहिं कतैबाट विरोधमा एक शव्द बोलिएन, सडकमा कोहि निस्केन, कहिं कतै तोडफोड भएको देख्नु परेन मानौं त्यत्रो परिवर्तन हुंदा पनि केहि भएकै थिएन। यसलाई देशको ८०% जनसंख्या भएका हिन्दुहरुको शालीनता, संयमता, सहनशीलता, त्याग र समावेशी भावनाको उदात्त प्रदर्शन भन्नु पर्छ कि पर्दैन ?
यति हुंदा हुंदै पनि गैर हिन्दुहरुबाट हिन्दु धर्म र हिन्दुहरुलाई हेप्ने, मानमर्दन गर्ने, हुंदो नहुंदो लान्छना लगाउने, मानसिक यातना दिने, मठ मन्दीर गुम्बा भत्काउन लगाउने, पैसा र तरुनी घरघरमा पठाएर लोभलालच देखाएर धर्म परिवर्तन गराउने कार्यहरु अस्वाभाविक र तीब्र रुपमा हुन थालेको र हुंदै आएकोले हिन्दुहरु आफ्नो अस्तित्व र स्वाभिमान रक्षाका लागि सडकमा उत्रन वाध्य भएका हुन्।
यसलाई बौद्ध मित्रहरुेले हिन्दु अतिवादको रुपमा लिनु गल्ती हुनेछ। याद गर्नु होस्, बौद्धधर्म त्यहीं मात्र फल्न, फुल्न र फक्रन पाएको छ, सकेको छ जहां पूर्वीय दर्शन सहितको सनातन धर्म पुग्न सकेको छ। सनातन धर्म नपुगेको ठाउंमा केहि बौद्धहरु पाइनु संकेतिक उपस्थिति मात्र हो, अपवाद मात्र हो, त्यसले खासै महत्व राख्दैन। त्यसैले नेपालको सन्दर्भमा बौद्धहरुले सहकार्य गर्नु पर्ने र सहअस्तित्वमा बाँच्नु पर्ने भनेको ८०% हिन्दुहरु सहित ९६% संख्यामा रहेका विशाल ओमकार परिवार नै हो।
यस्तो सत्य तथ्य थाहा हुंदा हुंदै केहि बौद्धहरु हिन्दु धर्मलाई खुइल्याउने उद्देश्यले म्लेच्छहरुको तमाम कुकर्म प्रति आंखा चिम्लेर (मौन स्वीकृति दिएर) एक किसिमको अघोषित कार्गत एकता गरिरहेको देख्दा मलाई निकै दुख लागेको छ। ८०% हिन्दुहरुलाई खान खोज्ने अजिंगरले ९% बौद्धहरुलाई खान कुनै सम्स्या हुने छैन। फुर्सदमा पछुताउनु भन्दा बेलैमा सोचौं मित्रहरु। भवतु सब्ब मंगलम् ।
(श्रेष्ठको फेसबुक वालमाट साभार)

SHARE THIS

Author:

Facebook Comment