भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण सम्बन्धमा धनुषावासीद्धारा नेपाल सरकारको ध्यानाकर्षण

धनुषा ३० कात्तिक,
नेपाल भारत मैत्री संघ धनुषाद्धारा प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
मित्र राष्ट्र भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले नेपालको संसदलाई सम्बोधन गर्ने क्रममा माता जगत जननी जानकीको दर्शनका लागि जनकपुरमा जाने प्रबल इच्छा जाहेर गर्नु भएको हामी
सबैमा विदित नै छ । सम्माननीय भारतीय प्रधानमन्त्रीले नेपालको संसदमा जनकपुर जाने घोषणा गर्नु भएको बेला देखि नै जनकपुरवासी वहाालाई स्वागत गर्ने तथा वहााको सम्बोधन सुन्न बडो उत्कंठाका साथ प्रतिक्षारत छने । यसै क्रममा शुभविवाह पंचमीको मौका पारेर सम्माननीय भारतीय प्रधानमन्त्री यही २०७१ मंसिर ९ गते जनकपुर आउने र जानकी मन्दिरमा पूजाआजा गर्ने तथा एतिहासिक बारहविघा (रंगभूमि) मैदानमा नागरीक अभिनन्दन तथा सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त हुादा जनकपुरवासी लगायत छर छिमेकी जिल्ला भारतका बोर्डर नजिकका आम जनता नागरिक समाज अति नै हर्षित भएर वहााको स्वागत, नागरिक अभिनन्दन तथा सम्बोधनका लागि सम्पुर्ण तैयारीमा लागि रहेका थिए ।
तर यही २०७१ कात्र्तिक २८ गते समाचार तथा प्रशासनको माध्यमबाट जानकारी प्राप्त भए अनुसार सम्माननीय भारतीय प्रधानमन्त्रीको नागरिक अभिनन्दन तथा सम्बोधन गर्ने कार्यक्रम जानकी मन्दिरको प्रांगनमा सिमित गरि वहााको दर्शन भेटबाट वंचित हुन सक्ने अवस्थाबाट हामी सम्पूर्ण जनकपुरवासी, संघ, संस्था स्तब्ध भएका छौ ।
तसर्थ जनकपुर उद्योग वाणिज्य संघ तथा नेपाल भारत मैत्री संघ धनुषाको अगुवाईमा बसेको संघसंस्था, राजनैतिक दल, नागरिक समाजको वृहत बैठकले सम्माननीय भारतीय प्रधानमन्त्रीको नागरिक अभिनन्दन र सम्बोधन पूर्व निर्धारित कार्यक्रम अनुसार बारविघा मैदानमा गराउनका लागि आवश्यक व्यवस्था मिलाउन र निर्देशन समेत सम्बन्धित निकायमा अविलम्ब दिनका लागि सम्पूर्ण मिथिला नगरवासीले धनुषाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक मन्त्रालय, भारतीय दुतावास काठमाण्डौ र बीरगंजलाई अनुरोध गरको जनाकारी मैत्री संघ धनुषाका अध्यक्ष उमेश प्रसाद सिंहले बताए ।


SHARE THIS

Author:

Facebook Comment