वीरगंज /३० कार्तिक
नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले राजनीतिक दलहरुलाई खबरदारी गर्दै आगामी माघ ८ गते संविधान जारी गर्ने अभियानमा जुट्न पत्रकारहरुलाई आग्रह गर्नु भयो । उहाँले राजनीतिक आग्रह पूर्वाग्रह
छाडेर जिम्मेवारीपूर्ण पत्रकारिताबाट मात्रै समाज परिवर्तन गर्न सकिने बताउनु भयो । वीरगंज उपमहानगरपालिका वडा नम्बर –१५ मा निर्माण गर्न लागिएको नेपाल पत्रकार महासंघ पर्सा शाखाको भवनको आज एक समारोहका बीच शिलान्यास गर्नुहुदै अध्यक्ष डा. बिष्टले पत्रकारहरुले आफुहरुको भुमिका वस्तुनिष्ठ भएर प्रस्तुत गर्नु पर्ने कुरामा जोड दिनुभयो । पित पत्रकारिता गर्ने पत्रकारहरुको भविष्य नरहेको बताउँदै अध्यक्ष डा. विष्टले प्रेस स्वतन्त्रता र परिवर्तनकारी एजेन्डा सहितको निर्धारित संविधान बनाउन पत्रकारहरुले खबरदारी गर्नुपर्ने बेला आएको बताउनु भयो । उहाँले महासंघको सबै जिल्लामा भवन निर्माण गर्ने योजना अन्तर्गत वीरगंजमा पर्सेली पत्रकारहरुका लागि बन्न लागेको सुविधा सम्पन्न भवनबाट पत्रकारहरुलाई आवश्यक पर्ने सेवा सुविधा उपलब्ध हुने विश्वास व्यक्त गर्नु भयो । पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र बिष्ट र समाजसेवी ज्योतिलाल कलवारले संयुक्त रुपमा भवनको शिलान्यास गर्नु भएको हो । पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको कार्यक्रममा भवन निर्माणका लागि सभासद तथा उद्योगपति श्याम टिवेडवालले १ लाख ११ हजार रुपैया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । साथै भवन निर्माणका लागि सभासद लालबावु राउत गद्दीले १ लाख , स्याटेलाईट सिटि केबुलको तर्फबाट २५ हजार, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य विजय कुशवाहा २१ हजार , सुन्दर कुर्मि १५ हजार, पर्सा बारबाट ११ हजार, पत्रकार अमित साह ५ हजार १ सय, प्रताप श्रेष्ठ ३ हजार रुपैया सहयोग प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । सो कार्यक्रममा नेपाल पत्रकार महासंघका मध्यमाञ्चल संयोजक शितल महत्तो, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य विजय कुशवाहा, सभासदहरु सुरेन्द्र चौधरी, अनिल रुंगटा, प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी, मधेसी जन अधिकार फोरमका जिल्ला अध्यक्ष प्रदिप यादव, पुर्व सभासद ओमप्रकाश शर्मा, वीरगंज उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत प्रकाशमान अमात्य, जग्गादाता ज्योतिलाल कलवार, पत्रकार महासंघका पुर्व अध्यक्ष द्वय केसि लामिछाने र दिपेन्द्र चौहान लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । स्वागत मन्तव्य व्यक्त गर्दै महासंघका उपाध्यक्ष ध्रुव साहले विगतमा भएका कमी कमजोरीलाई छोडेर ऐक्यबद्ध भएर भवन निर्माण जुटन आग्रह गर्नु भयो । उहांले महासंघले खरिद गरेको साढे ८ धुर जग्गामा ६ महिनाभित्र सुविधा सम्पन्न आधुनिक भवन निर्माण गरिने लक्ष्य रहेको बताउनु भयो । कार्यक्रमको सहजिकरण महासंघका सचिव कृष्ण उदास खनालले गर्नुभएको थियो ।