पत्रकारको नाउमा खोलिएको संगठनका ब्यक्तिहरुलई कारवाहीको माग

कलैया १ मसिर । नेपाल पत्रकार महासंघ बाराले कानुन बिपरित संचालनमा रहेका पत्रकारको नाउमा खोलिएको संगठनका ब्यक्तिहरुलई कारवाहीको माग गरेको छ ।
सोमबार बाराका प्रमुख जिल्ला अधिकारी परशुराम अर्याललाई एक ज्ञापन पत्र बुझाउदै बारा शाखाले बाराका केही सरकारी कार्यालय लगायतका संघसंस्थाहरुमा नेपाल सरकारको नीति नियम र कानुन अनुरुप दर्ता नभएको कलैया पत्रकार संघ  नामाकरण गरीएको सस्थाको हवाला दिदै केही पत्रकारीतामा लागेका ब्यक्तिहरुको समूहले पत्राचार गरेको प्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै कारवाहीको माग गरेको हो ।
 राष्ट्रब्यापी रहेको नेपाल पत्रकार महासंघको समानान्तर संस्था भन्दै कार्यालय एवम् संघ–संस्थाहरुमा गरिएको पत्रचार एवं दुरब्यवहार प्रति नेपाल पत्रकार महासंघको घोर आपत्ति रहेको पनि ज्ञापन पत्रमा जनाइएको छ।
 कानुनी राज्यको पालना गर्नु सम्पूर्ण नागरिकको दायित्व भएको र कानुन पालना गराउनु पनि राज्यका निकायकाहरुको कर्तब्य हुनाले यस तर्फ गम्भीर रुपले छानबिन गरी कानुन संगत कारवाहीका लागि सम्बन्धित निकायांग माग गर्दछौं भनी ज्ञापन पत्रमा उल्लेख गरिएको छ । नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष कमल कुमार उपाध्याय,उपाध्यक्ष राकेश पांण्डेय,कार्यसमिति सदस्य शिवशंकर मिश्रा,पार्षद सिकेन्द्र पासवान लगायतका एक दर्जन संचारकर्मीहरुको सहभागिता रहेको थियो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले दर्ता बिनाको संस्थाले पत्राचार गर्नु कानुनी अपराध रहेकाले यसमा छानबिन गर्नका लागि निर्देशन समेत दिएका छन् ।


SHARE THIS

Author:

Facebook Comment