मंसिर ३, बीरगन्ज
बुधबार वीरगंज वडा नम्बर १५ मा सम्पन्न स्थानीयहरुको भेलााले सवैया साझेदारी वन व्यवस्थापन समुहको वडा प्रतिनीधीमा बिरेन्द्र महतोलाई चयन गरेको छ । यस साभेदारीमा पर्ने १५ वटा गाबिस र उपमाहानगरपालिकाका सबै वडाहरुबाट प्रतिनिधी रह्ने गरेका छन् । महतो तेस्रो पटक वडा प्रतिनीधी छानिएका हुन् ।
जिल्ला वन कार्यालय, पर्साका अधिकृत मदन दास र सवैया साझेदारी वन व्यवस्थापन समुहका संयोजक लखनलाल साह कानुको विशेष उपस्थीतीमा वीरगंज – १५ मुर्ली पोखरीनजिकको धर्मशालामा भेला सम्पन्न भएको थियो । बिहानदेखि भएको छलफलमा सहमति जुटन नसकेपछि चुनावी प्रक्रियाबाट सबभन्दा बढी २५ मत ल्याएर महतो प्रतिनिधी छनोट भए । सब भन्दा कम अली अंसारीले दुई वटा मत ल्याएका थिए भने प्रदिप कुशवाहाले सात वटा मत ल्याएका थिए । साझेदारी अन्तरगतको बनको ब्यवस्थापन र संरक्षण ब्यवस्थावन समुहको जिम्मा छ ।