राष्ट्रिय कर सप्ताहने क्रमको तेस्रो दिन

वीरगञ्ज, ३ मङ्सिर/
राष्ट्रिय कर सप्ताह मनाउने क्रममा आज तेस्रो दिनको कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, पर्साको आयोजना तथा वीउवासङ्घको संयुक्त पहलमा कर प्रशासनका समसामयिक बिषयहरुमा अन्तरक्रिया तथा सोही समारोहबीच पर्साका प्रमुख कर अधिकृत अर्जुन भट्टराईलाई नेपाल सरकारले उत्कृष्ट अधिकृतको रुपमा
सम्मानित गरको अवसरमा वीउवासङ्घद्वारा उहााको सम्मान कार्यक्रम सम्पन्न भएको छ  ।  
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार वैधले स्वागत मन्तव्य व्यक्त गर्दै वर्तमान स्थितिमा कर प्रशासन तथा सेवामा सुधार आएको बताए । उहााले कर सङ्कलन गर्ने पद्धति अझै सहज, वैज्ञानिक तथा प्रविधिमैत्री हुन सकेमा सय प्रतिशत कर सङ्कलन हुन गई राष्ट्रिय निर्माणमा थप सहयोग पुग्ने विचारप्रति आफू विश्वस्त रहेको भन्दै प्रमुख कर अधिकृत भट्टराईलाई करका विभिन्न विषयहरुमा सल्लाह र सुझावहरु प्रस्तुत गरेका थिए ।
वीउवासङ्घबाट प्रस्तुत गरिएको बिषयहरुमाथि प्रकाश पार्नुहुादैं प्रमुख कर अधिकृत अर्जुन भट्टराईले कर तिर्नु सबैको दायित्व हो तथा कर तिर्ने व्यक्तिहरुलाई सरकारले पनि सम्मान गर्नुपर्दछ भन्दैं कर तिर्नु भनेको राष्ट्रिय निर्माणको कार्यमा सहयोग पुर्‍याउनु हो भन्ने विचार व्यक्त गर्नुभयो । उहााले जनताहरुलाई कर तिर्न उत्प्रेरित गर्नको लागि प्रत्येक वर्ष कर सप्ताह मनाउने गरेको बताए । आर्थिक वर्ष २०७०/७१ मा ५ अर्ब १७ करोड लक्ष्य रहेको तर ५ अर्ब ४४ करोड असुल भएको कुरा प्रमुख कर अधिृकृत भट्टराईले जनकारी गराउनुभयो । विगतका वर्षहरुभन्दा राजस्व वृद्धि २०% ले बढेको कारण आर्थिक सुधारको सकारात्मक संकेत रहेको बताउनुभयो । उहााले वीउवासङ्घबाट प्रस्तुत सुझाव तथा सल्लाहहरुलाई केन्द्रसम्म पुर्‍याउने तथा पहल गर्ने बताउनुभयो ।
सोही अवसरमा सङ्घका बरिष्ठ उपाध्यक्ष प्रदीप केडिया, उपाध्यक्ष सुबोध गुप्ताले वीरगञ्जमा ठूला करदाताको कार्यालय स्थापना हुनुपर्ने, करदाताहरुलाई सरकारले करका विभिन्न बिषयहरुमा आधारभूत ज्ञान आदान प्रदान गर्नुपर्ने तथा कर सम्बन्धि देखिएका समस्याहरुको निराकरण लगायतका बिषयमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
वीउवासङ्घका महासचिव गोपाल केडियाले सहजीकरण गर्नुभएको सो अन्तरक्रिया कार्यक्रममा वीउवासङ्घका उपाध्यक्ष ओमप्रकाश शर्मा, कार्यसमिति सदस्य, आन्तरिक राजस्व कार्यालय पर्साका कर अधिकृत विमल सापकोटा, श्याम आचार्य तथा स्थानीय उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।


SHARE THIS

Author:

Facebook Comment