वीरगंज मंसिर ४ राकेश साह
वीरगंज उपमहानगरपालिकाले सरसफाइ अभियानलाई अगाडि बढाउने क्रममा आज मुर्ली –१५मा जथाभावी
फोहर फाली ढल निकास नाला जाम गर्नेहरुमाथि कारवाहि गर्ने उद्घोष गरी सरसफाई गरेको छ । जथाभावी फोहर नाला जाम गर्नेहरु माथी कारवाही गर्ने वीरगंज उपमहानगरपालिका का कार्यालय प्रमुख बिष्णु कोइरालाले मुर्ली १५ का स्थानिय बासिन्दाहरुलाई प्रतिवद्धता जाहेर गरेका थिए । फोहर फाली नाला जाम गरेको फेला परेपछि कारवाही गरि जरिवाना असुल गर्ने भनेपछि मुर्लीका वासिन्दाहरु आफनो घर अगाडी सर सफाई गरेका थिए ।आज को सरसफाई अभियान कार्यक्रममा वीरगंज उपमहानगरपालिका का कर्मचारी,बिभिन्न संघसस्थाका पदाधिकारीहरु,जीएचपी माध्यमिक बिद्यालयका बिद्याथीहरु तथा शिक्षक शिक्षिाकाहरुको उपस्थिती रहेको थियो । आज को सरसफाई कार्यक्रममा मुली १५ का बासीन्दाहरुलाई पर्सा क्षेत्र नं २ का सभासद बिचारी यादवले आफनो घर नाला सफा गरि देश बिकासमा समेत लाग्न अनुरोध गरेका थिए ।