पृथ्वीनारायण शाहः सुकुलगुण्डा सन्तानका अभिभावक

–दधिराम आचार्य
कोही कोही मानिस हुन्छन् जो आफूलाई आधुनिक र सभ्य हौ भन्दछन् र आफ्नो बुढो बाबुलाई बाबु हुन् भनेर चिनाउँदा मान्दा आफ्नो सान घट्छ भनेर नाता जोडदैनन्। पृथ्वी नारायण शाह पनि यस्तै सुकुलगुन्डा सन्तानका अभागि बाबु हुन् । जस्ले बिदेशी बस्तुहरूको बहिस्कार गरे। देशलाई पर निर्भर बन्न नदिनका लागि जीवनभर खस्रा खादीका लुगा लगाएर नेपालको राजनैतिक एकिकरण अभियानका लागि नेपाली जनतालाई मिलाएर नेतृत्व प्रदान गरे । नेपाल भित्रका केही पराजित जाति जन जाति र समुहहरूलाई बेलायती सम्राज्यमा गाभिने सपना तुहेकोमा पृथ्बी नारायण शाह प्रतिको आक्रोश अझै सेलाएको रहेनछ । उनीहरू पृथ्वी नारायण शाहलाई नेपालको सामन्ति साम्राज्यको खलनायक र आफैलाइ नेपाली जनताको गणतन्त्रको नायक मानेर  उन्का बिरूद्ध निन्दा र भर्त्सना अभियान चलाइ रहेका छन् ।

कूनै पनि ऐतिहासिक पात्रलाई ऐतिहासिक परिप्रेक्षमा समिक्षा गर्दा मात्र सत्यानुभूति हुन्छ । सत्य भनेकै सापेक्षिक सत्य हो । ऐतिहासिक सन्दर्भलाई बर्तमान चश्माले हेर्दा मनोगत सन्तुष्टी त पाइन्छ नै तर यथार्तपरक बिश्लेषण हुँदैन।

नेपालमा पृथ्बी नारायण शाहलाई नेपाल एकिकरणका अभियन्ता मान्ने राष्ट्रबादीहरूको एउटा खेमा छ भने उनी सामन्ति सम्राज्यका खलपात्र हुन भन्ने अर्को खेमा छ । यो पछिल्लो खेमाले बेलायती सम्राज्य र त्यस्को प्रभूत्वबादी बिराषतलाई आफ्नो  पनि राजनैतिक सास्कृतिक बिरासत मान्दछ । र बिश्व साम्राज्यबादको चाकरीलाई आफ्नो गौरब र अभिष्ट मान्दछ । पृथ्बी नारायण शाहले देखाएको बाटोलाई आफ्नो राष्ट्रबादी निष्ठा आदर्श र मार्ग दर्शनलाई आत्मसात गर्ने नेपालीहरू एउटै मालामा गोलबन्द भएर राष्ट्रिय आत्म समर्पणका बिरूद्ध परिचालन हुनु पर्ने हाक उपस्थित भएको छ ।

SHARE THIS

Author:

Facebook Comment