जनताले कसलाई कस्तो दायित्व दिएका छन् प्रष्ट होसः राजा ज्ञानेन्द्र

काठमाडौं : राजा ज्ञानेन्द्र शाहले आफूले दरबार छोडे पनि नेपालीको आधारको भार नछोडेको स्पष्ट पारेका छन्। राष्ट्रिय एकता दिवस तथा पृथ्वीनारायण शाहको जन्म जयन्तीको  पूर्वसन्ध्यामा आइतबार एक सन्देश दिदै   यस्तो भनाइ राखेका हुन् ।

राजा शाहको सन्देशमा उल्लेख छ, 'शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिदै राष्ट्रहित  र राष्ट्रवासीको सुख, सम्मृद्धि र आत्मीय सन्तुष्टीका  निम्ति जनताको नासो जनतालाई सुम्पेर मैले दरबार छोडेको हुँ। तर सवैले विचार गर्नू पर्ने कूरा हो की मैले नेपाली घरवार छोडेको छैन। अनी नेपाल र नेपालीको “आधारको भार” पनि परित्याग गरेको  छैन।'

 सन्देशमा नेपाली जनताले को कसबाट के कस्तो दायित्व भूमिका र भरोसा चाहेका छन् खूलस्त हुनुपर्ने बेला आएको उल्लेख गर्दै भनिएको छ , 'अब नेपाली जनताले को कसबाट के कस्तो दायित्व भूमिका र भरोसा चाहेका छन् खूलस्त हुनु पर्दछ भन्ने पनि समयको माग छ ।'

राजा शाहले मुलुकभित्र देखिएको आर्थिक संकट, चरम महंगी र अभाव, अनुत्पादन र वाह्य निर्भरताप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आएका छन् ।

सन्देशमा उल्लेख छ, ' देश भित्र अहिले विधि व्यवस्था, भुरचना र शासन प्रशासनका कुरालाई लिएरजे जस्ता वखेडा खडा भएका छन् यो कदापी राम्रो  कुरा  होइन ।'

राजा शाहले आफ्नो सन्देशमा भनेका छन्, 'आपसी सद्भाव खल्बलिएर जनसाधारणको जीवन व्यवहारमा जस प्रकार आर्थिक संकट, चरम महगीं, अभाव, अनुत्पादन र वाह्य निर्भरताबाट यतिखेर थप मार परिरहेको छ । नेपाली जनताले अहिले सांझ विहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौधौ परिरहेको छ,  त्यो गम्भिर चिन्ताको विषय हो ।'

पूर्वराजा शाहले पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय दिवसलाई नेपाली भएर सोच्ने, सम्झने दिनका रुपमा उल्लेख गरेका छन् । 'यही दिन यहाँको पवित्र भूमिमा जन्मिएका हाम्रा बडामहाराजाधिराज पृथ्वीनारायण शाहवाट नै हाम्रो यो आधूनिक राष्ट्रको संरचना र संयोजन भएको हो', उनले भनेका छन् ।


'पृथ्वी जयन्तीको यस ऐतिहासिक क्षणमा सधैं नै हामीलाई मिलिरहने चेतना र प्रेरणाको कूरा ( राष्ट्रिय एकता र सदाशयता नै हो । हिमाल, पहाड र तराईका हामी सबै नेपाली यही फूलबारीमा जति बढी समाहित हुन सक्छौं, उति नै हाम्रो गौरवशाली अस्तित्व तथा स्वाभिमानको नेपालीत्व उचो रहन्छ ', उनले वक्तब्यमा भनेका छन् ।



SHARE THIS

Author:

Facebook Comment