–स्वयम्भुनाथ कार्की
लोकतन्त्र, प्रजातन्त्र जे भनेपनि सर्वसाधारण जनताको भागिदारी त्यसको आधारभूत मान्यता हो । जनताको यो भागिदारी भनेको केवल निर्वाचनमा मत खसाल्नु मात्र हैन । यो कुरा पञ्चायती व्यवस्थाले अंगिकार गरेको थियो । त्यसैले पञ्चायतले भोग गरेको भनिएको तीस बर्षमा कुनै पनि तहको निर्वाचन कहिल्यै कुनै पनि कारणले रोकिएन । निर्वाचन रोकेर मनोनयनबाट ‘टिके’ प्रतिनिधि नियुक्त गर्ने कुरा त्यसवेला कल्पना भन्दा पनि वाहिरको हुन्थ्यो । तल्लो तहको आधार नभई कोही माथी परग्न सक्दैनथ्यो । कसैलाई मेरो भनेर जस्तो खराव भए पनि समर्थन र विरोधी भनेर जति असल भए पनि विरोध गर्ने कामलाई निरुत्साहित गरियो ।
जनप्रतिनिधि हुने एक मात्र योग्यता भनेको जनताको विश्वास जित्नु मात्र थियो , त्यो पनि तल्लो स्तरमा । माथिको आशिर्वाद पनि जनअनुमोदनको साहरा नभई टिक्नसक्ने थिएन । त्यसैले कसैले ठूला नेताहरुलाई प्रभावित गरेर जनप्रतिनिधि हुने आशा गर्नु नै व्यर्थ हुन्थ्यो । यो कुराको प्रमाणको निमित्त वर्तमानमा पनि पञ्चायती व्यवस्थामा काम गरेर माथ्लो तहको जनप्रतिनिधि भएका दलका भक्तहरुको उपस्थिति छ । यदि जनताको विश्वास लिनेलाई रोक्ने व्यवस्था भएको भए हमेशा त्यही व्यवस्थाको विरोध गरेर पनि राष्ट्रिय पञ्चायत सदस्य हुने मौका मिल्दैन थियो ।
नाम उल्लेख गर्नु पर्ने आवश्यकता नै छैन सबैजसो पुराना दलहरुमा त्यस्ता रापसहरु छन । उनिहरु त्यही व्यवस्थामा उच्च जनप्रतिनिधि भएर त्यसैको खोईरो खनि रहे । आफ्नो स्थानमा जनतालाई भागिदारी नगराई जनताको भरोसा लिन संभव थिएन । यो कुरा उल्लेख गर्दा वर्तमानमा जनप्रतिनिधि हुन आङ्खना दलका शिर्ष नेताको दैलोमा हाजिरी बजाउने परिपाटी कति खोक्रो रहेछ अनुभूति हुन्छ । जनता बाहेक कसैको आशिर्वादको आवश्यकता नपर्ने हुनाले जनप्रतिनिधिलाई निर्भिक हुन बाटो खुल्छ । सहीलाई सही र गलतलाई गलत भन्न पात्र को थियो भनेर हेरिरहनु पर्ने आवश्यकता नै हुदैन । र यहि नै सहि अर्थमा जनताको सर्वोच्चता हो ।
पञ्चायतको अनुभव बोकेका कतिपय नेताहरुले वर्तमानमा पनि निर्भिक भएर आफ्नो अडान राख्ने गरेको भेटिन्छ । दलको अनुशासनको डण्डाको डरले वा आफ्नो नेता रिसाउने डरले नेताले रात भने रात र दिन भने दिन भन्ने यो युगमा त्यस्ता व्यक्तिहरु अनौठा लाग्छन । तर यो अनौठो कुरा विल्कुलै होईन , नेताको पक्ष र विपक्षलाई सैद्धान्तिक अडान मान्नु भन्दा त्यो नेताको पनि स्वमूल्यांकनको आधारमा साथ दिनु र विरोध गर्नु नै साँचो स्वतन्त्रता हो । यो नै साँचो लोकतन्त्र वा प्रजातन्त्र हो । अनि प्रजातन्त्रले प्रत्याभूत गरेको आधारभूत स्वतन्त्रताको उपभोग हो ।
नेतामूखी चरित्रले मानसिक दासता पैदा गर्दछ । यो मानसिक दासताले विवशता पैदा गर्छ । यदि जनप्रतिनिधि नै विवशताको शिकार भयो भने त्यसबाट जनताको भलोको काम कसरी हुन सक्छ ? त्यसैले जनप्रतिनिधिकरु उच्च मनोवल भएका हुनु पर्दछ , जनताले भरोशा गरेका हुनु पर्दछ । जनप्रतिनिधिहरु स्वविवेकले उचित अनुुचित छुट्याएर जसले गरेको भए पनि उचितको समर्थन र अनुचितको विरोध गर्न सक्ने हुनु पर्दछ । यो नै पञ्चायतको संगठनको आधारभुत सिद्धान्त थियो । मतदाता पनि निर्देशित उम्मेद्वार मा पराउन्न थिए । त्यसैले यो कसैको मान्छे हो भन्ने हल्लाले पनि यसलाई निर्वाचनमा पराजित गर्न सक्थ्यो ।
जव कुनै स्वदेशी शक्तिकेन्द्रको आशिर्वाद भएको कुरा नै पनि उसको निमित्त प्रत्युत्पादक हुन्थ्यो । कुनै विदेशी शक्तिकेन्द्रको नजिक छ भन्ने जनतालाई लाग्यो भने उसको सार्वजनिक जीवन नै समाप्तप्रायः हुन्थ्यो । वर्तमानमा जस्तो आफुलाई फलानाको आशिर्वाद छ वा फलाना मुलुकसंग राम्रो सम्वन्ध छ भनेर शक्तिमा आउन सक्ने संभावना नै थिएन । यदि कसैलाई त्यो छ भने पनि उसले यो कुरा गोप्य राखेको हुन्थ्यो । कसैको कृपापात्रले नभएर जनताको कृपापात्रले मात्र अगाडी बढ्ने मौका पाउने भएकाले त्यो वेलामा जनता ज्यादा शक्तिशाली थिए । यो कुरा जति लुकाउन खोजे पनि पुराना नेताहरु कहिले काही फलानालाई ‘सरकारी उम्मेद्वार’ वा फलाना देशको कृपापात्र भनेर निर्वाचन हराईएको कुरा सगर्व भन्ने गर्दछन ।
स्वयम्भुनाथ कार्की
विराटनगर १
प्रकाशन मितिः २०७२ पुस ३० गते बिहीवार