जीवनमा, युगको दोष किन....?

– प्रशान्त महासागर
दूध र पानीको समिश्रण एउटा कार्य हो जस्ले पैसालाई मूल्यवान बनाउँछ । त्यसमा पाप र पुण्य मिसिएको हुन्छ । अनि त्यसमा पापको गाढा रुप, पुण्यले हासिल गरेको हुन्छ जुन प्रमाणित भएको अवस्थामा, पापले अपराधकै रुप धारण गरेको हुन्छ जस्मा कोही पनि आफ्नो हुँदैनन् भने व्यवहारमा सबैलाई त्यस्तै गर्न मन लागेको हुन्छ । र दूधको धारा बन्द भई आम्दानी नहुने पूर्ण संकेत पाउँदा मन लागी छाडि आफु मुक्त हुनु नै ठूलो परम पुण्य मान्ने मानवहरुको जमात आज सक्रिय छन् जस्ले गर्दा पहिला पहिला जहाँ व्यापक रुपमा चोरी चकारी हुने स्थानहरुमा साधुहरु जन्मिदै जानु ठूलो कुरा होईन पनि । आजको दिनमा साधुहरु नै भेष बदलेर चोर्न आउने त साधारण कुरा नै भई सकेको छ र कत्ति ठाउँमा त्यो अभिनय शायद हामीहरुले पनि गरि रहेकै होला । प्रयाप्त प्रमाणहरु नहुनाले आज मानव जमात केही हदसम्म चोखो र साँचो छन् । यो क्रिया प्रतिक्रियाले नेपाली समाजमा स्थान तीब्र गतिले लिन खोज्दैछन् जहाँ हामी सोच्छौं तीब्र गति, जीवन क्षति तैपनि आफ्नो र आफन्तको सवालमा हामी पाप र पुण्यलाई बिर्सि एक समर्थनलाई जीवन दिन्छौं । वास्तवमा त्यो जीवन नभईकन मृत्यु नै ठहर हुनेछन् र छोटो सानो मगज जस्लाई प्रयोगमा ल्याउन विभिन्न आनाकानी भई रहन्छन् भन्नुको अर्थ जीवन जिउन पनि हामी आफ्नो विचारमा भन्दा बेसिं अरुकै नकलमा हुन्छौं । यसले हामीलाई परजीवि बनाउँदै लग्ने कुरालाई, हामी सम्झिन शक्ति र विवेक खर्च गर्न रुचाउँदैनौं कारण खर्चको क्षमता हामीसँग नहुनु नै हो भने जीवनलाई ज्यादा खर्चबाट नै विभूषित तुल्याउन खोज्नु नै हो जहाँ आम्दानीका श्रोतहरु थप्प छन् । फलत: बाटो अपराधको घच्घच्याउने जुन परिवेशलाई हामीले आफ्नो मौलिकता ठान्ने दुष्प्रयासहरु गर्दै रह्यौ त्यसले न त जीवनलाई जिउन दिन्छ न त मृत्यु कुनै मुक्तिसारकै हुन्छ । र जहाँसम्म जीवन अनि मृत्यु कुरा छन् त्यो लक्ष्यहीन हुनु हुँदैनन् ।

अर्को, जीवनमा घास सबैले खान्छन् । घास भनेको विवेकहीन प्राणीले खाने आहार हो भने त्यो हामीले पनि खाई रहकै छौं फरक हामी नाम दिन्छौ खाना तर त्यही खानालाई अरुले खाँदाको अवस्थामा घास खायो भन्छौं कारण त्यहाँ उचित र अनुचित भन्ने शब्द फरकका कुराहरु छन् जस्ले कोही जीवलाई मनुष्य तुल्याईयो भने कोही जीवलाई पशु तर हामी मानव दिनानुदिन पशु भन्दा तलको प्राणी किन बन्दै जाने आज सोच्नु पर्ने कुरा त्यही हो भने कुनै पशुले उम्रेरको घास खाई रहेका छन् त हामीले उमारेर खाने बुद्धिबाट सुशोभित हुँदै गई रहेका छौं । यसमा गलत र सहीको पहिचानहीन पनि हुँदै गई रहेका छौं । यस्तो अवस्थामा देश र राज्यको कुरालाई दोष दिनु बाहेक अर्को बुद्धि हामीसँग पलाउँदैनन् कारण त्यही घासको लागि हामी संघर्षित छौं भन्नु देखाउनु हो जसको कारण दूधपानीको मित्रता अनि अरु अरु विवेकहीन बुद्धि नै ठूलो लाग्ने छन् । यसले पैसालाई ठूलो अनि जीव, जीवनलाई तुच्छ मान्छन् भने हाम्रो लक्ष्य मृत्युलाई पनि सारपूर्ण बनाउनु नै हो भने जीवन त जिउँदो भई हाल्यो त्यसलाई लाश बनाई बाँच्ने कुरा सोच्नु पनि एक पाप नै हो । र हामी पापलाई पुण्य तुल्याउन विभिन्न युग र कालको कुरालाई अगाडि सार्छौ किनभने आफ्नो दाग भन्दा नि ठूलो त्यो चन्द्रमाको लाग्छ अनि औंसी भूलि पूर्णिमाको सदा कामना गर्छन् एक अर्थमा नियम मिच्न समेत अग्रसर भई रहन्छन् । अनि मनलाई कलिमा यस्तै हो भनी सान्त्वना दिई नाक खुम्च्याई बनावटी हाँसोसँगै मुस्कुराउने अथाह प्रयास जीवनमा गर्छन् भने नसकेको खण्डमा जीवन त्याग्न पनि घास खानेहरु होईनन् खाना चपाउनेहरु अग्रसर भएको पाउँछौं । यसले एउटालाई दोषी लुत्याउँछ कि खराब काल युगले होईन, बुद्धिबाट सञ्चालित व्यक्ति विशेष वा समूह वा कुनै गुट नै ठहर हुन्छ भने लक्ष्य भने दूधपानीको मित्रताबाट आय आर्जन गर्नु नै हो । यसमा दुधको साक्षि बिरालो मात्र नभईकन पेशागत कुराले, व्यवहारले सबैलाई कलिसँग जोड्दै लग्छन् जहाँ पैसा नै भगवान्को प्रतिमा बनी रहेकै हुन्छ । यसमा नाता संगतको कुरा भन्दा पैसा प्राप्तिका, कुरा विषयहरु जस्ले हत्यालाई पनि ठूलो मानेका छैनन् भने स्वार्थका लागि आफ्नै अर्कै सिद्धान्तहरुलाई प्रतिपादन गर्नु पानीमा दूध घोल्नु जस्लाई बजार दिन र लिनु सबैको परम कर्तव्य हुँदै जानुले कलि सक्रिय र मानव त्यसकै लसपसमा घोलिंदै जानु हो । यसमा मानवता मर्नु र जिउनुमा एउटा अभिनयको कुरामा देखिनु हो । दानकै कुरामा पुण्य हराउँदै गएको कुरालाई प्रमाणिकरण गर्न बुद्धाश्रम तथा अनाथालय बढ्नुले देखाउँछन् । अनि पानी र दूधका अनेक अनेक कथाव्यथाहरु त्यही भेट्टिन्छन् जहाँ धेरै चलखेल पैसा र सम्बन्धकै बढी मान्यताहरु देखापर्छन् भने कति सुन्न र बुझ्न शायद मानव मनले नसक्ने कुराहरु प्रचुर मात्रामा भेट्टिन्छन् । जहाँ विश्वासमा पनि एउटा शंकाको प्वाख एकातिर पलाउँछन् भने अर्कोतिर फेरि दोष कलि र युगकै कुरामा आएर अड्किन्छन्, मानव पुण्य जोगिन्छन् । यस्ता कुराहरुले मानवलाई खाना होईन घासकै अधिनमा पारि दिएको भए शायद त्यो कार्य अवश्य गर्ने छैनन् जुन मानवले युगको साहारामा गरिरहेका छन् । दूध भन्दै पानी बेच्दै पैसालाई भगवान मानी पूजामा समर्पित छन् साथसाथै अमृतको ठाउँमा विष अनि अन्य अन्य जुन मानव रगतको लागि खराब कुरा हुन् ती नै ज्यादा बेच्दै पैसा सोहर्ने कार्य भई रहेका छन् । यसले अर्थ तन्त्रलाई मानव बेचबिखनको सिमा भन्दा पर लगी बस्तु सरि खरिदबिक्रिको मूल्याङ्कनमा राखि छाड्छन । यी कुरामा राज्य जस्ले शासनको बागडोर समातेका छन् त्यसले ज्यादा चलखेल पैसाकै गर्छन भने अरुले नकल रुप धारणको देखासिकी गर्ने हो जहाँ पैसाकै परिधि हुन्छन् । न्याय पैसा हुन्छ भने पुण्य पैसा हुने कुरालाई मैले भन्नु मूर्खता हुनेछ र बल शक्ति पनि पैसा नै हुन्छ । खराब आचरण चरित्र पैसाले पखाल्दा चोखिने कुराहरु पनि प्रतिपदान हुन्छन् । यस्तो अवस्थामा पेशाको अगाडि केहीको, कुनैको मूल्य निर्धारण हुँदैनन् भने कसरी कमाईयो त्यसको अर्थ भन्दा नि समाजमा रवाफ अर्कै हुने तथा हामीले दिने हाम्रै खानाले हामीलाई सिकाउने कुरालाई कलिमा यस्तै हो भनी हामी पन्छिन्छौं जुन पाप हो । पैसा, भगवानमा रुपान्तरित हुनुमा हाम्रै दोष छ । बृद्धाश्रम, अनाथालयहरु बन्नु हाम्रै पाप हो । बिक्रिमा सबै पाउनु, किन्नेहरुको भीडमा हामी पनि सामेल हुनु हो । पुण्यमा पाप पाउनु हाम्रै सोचाई हो ।

अन्तमा, कलिमा यस्तो भयो उस्तो भयो भन्नु एउटा मन्त्र हो जस्मा हामी चोखिनु हो र त्यस्तो चोखोपन मलाई त्यो दूधमा पानी मिसाएर कमाउनु छैन् पनि । बरु मेरो लाश सडेर चिलकौवाको आहार बनोस् त्यो चिन्ताको विषय म मान्दिन पनि तर मेरो लाशको कफनको निम्ति म त्यो पैसा संचय गर्न चाहन्न जस्मा कुनै विष कसैको आहार अनि रक्तको कुनै षडयन्त्रको लागि मैले कदमलाई चाल्नु नपरोस् भने पैसालाई भगवानको रुपमा कहीं कतै सजावत गर्न नपरोस् । अर्को आफ्नो गल्तिलाई म कलिमा यस्तै हो भनी कहिल्यै बाँच्न नपरोस् साथसाथै मेरो, मसँगको परिधिका कोहीहरुले त्यो दोषलाई, त्यो पापलाई मलाई चिने बुझेको नाताले घासलाई घास अनि खानालाई खाना बनाई चपाउने पचाउने कुरालाई, विधि तुल्याउने सबैले त्यो पापलाई पुण्यमा रुपान्तरित नगर्न आह्वान गर्दै कलम यही बन्द गर्ने अनुमति चाहन्छु ।
prashantsharmila2@gmail.com
प्रकाशन मितिः २०७३ असार १६ गते विहीबार

SHARE THIS

Author:

Facebook Comment