राष्ट्रिय पुरस्कारको अपमान

–बिम्मी शर्मा
पार्टीकारिता गर्ने र आफ्नो पत्रिकामा अरुको निन्दा र नभएको समाचार लेखेर आत्महत्या गर्न बाध्य पार्ने जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई राष्ट्रिय पत्रकारिता पुरस्कार दिइने निर्णय गरिएको छ । के श्रेष्ठ त्यो पुरस्कार पाउनका लागि योग्य व्यक्ति हुन् ? एमालेका कारिन्दा र प्रवक्ता पत्रकारका रुपमा परिचित श्रेष्ठलाई पत्रकारिताकालागि हैन कि पार्टीकारिता गरेर नेकपा एमाले पार्टी र प्रधानमन्त्री ओलीको अन्धो भजन, किर्तन गरेर साख बचाइ दिए वापत यो पुरस्कार दिइएको हो ।

नत्र भने श्रेष्ठले आफ्नो जनआस्था पत्रिकामा अरुको नभएको समाचार लेखेर कैंयौं परिवार छिन्न–भिन्न पारेका छन् । नायिका श्रीषा कार्कीसहित तीनजनालाई आत्महत्या गर्न वाध्य पार्ने मान्छे के राष्ट्रिय पत्रकारिता पुरस्कारको हकदार हुन सक्दछ ? नायिका श्रीषा कार्कीको नग्न फोटो जनआस्थामा छापेर यसले पत्रकारिताको कुन नियम र मर्मलाई मानेको छ र ? के जनआस्थाका सम्पादक किशोर श्रेष्ठले आफ्ना परिवारका सदस्य वा आफन्तको नग्न फोटो जनआस्थामा छाप्न सक्छन् ? अनि अरुका छोरीको फोटो जनआस्थामा छापेर बदनाम गर्न र अरुको बनेको परिवार तोड्ने अधिकार उनी जस्ता व्यक्तिलाई छ ? अनि त्यस्ता नीच, भ्रष्ट र पतित व्यक्तिलाई यो पुरस्कार दिएको सुहाउँछ त ?

आफ्नो काम गरेर खाने इमानदार व्यक्तिलाई नभएको आरोप लगाउने र त्यसको बारेमा सही जानकारी र स्पष्टिकरण दिंदै किशोर श्रेष्ठको व्यक्तिगत ईमेलमा पठाएको पत्रलाई त्यो व्यक्तिसँग अनुमति नै नलिई जनआस्थामा छाप्ने र उसलाई बदनाम गर्ने सम्पादक किशोर श्रेष्ठ कति इमानदार छन् भन्ने बुझ्नका लागि यही एउटा घटना काफी छ । के एउटा सम्पादकलाई यति पनि बुद्धि हँुंदैन कि व्यक्तिगत ईमेलमा पठाएको पत्र वा जानकारी सार्वजनिक गर्नु हुंँदैन भन्ने ? के उनी आफ्नी पत्नी वा प्रेमिकासँगको एकान्तको गोपनिय सम्बन्धको फोटो खिचेर पत्रिकामा छपाउन वा सार्वजनिक गर्न सक्छन् ? हैन भने यस्तो नीच व्यक्तिलाई पत्रिकाको सम्पादक बन्ने र राष्ट्रिय पुरस्कार पाउने कुनै हक छैन । यस्तालाई पुरस्कार दिनु भनेको पत्रकारिता र पुरस्कार दुबैको बेइज्जती हो कि होइन ?

नेपालका सम्पादक मध्ये सबैभन्दा बढी विवादित र अदालतमा मुद्दा परेका किशोर श्रेष्ठ कुनै प्रकारले पनि पुरस्कार पाउने लायक छैनन् ।  तर नेपाली समाज र राजनीतिको दूर्भाग्य हो कि किशोर श्रेष्ठ र मोदनाथ प्रश्रित जस्ता चरित्रहीन व्यक्ति नै बारम्बार पूजिन्छन् । अनि यस्ता पाखण्डीहरुका कारणले श्रीषा कार्कीहरुले आत्महत्या गर्छन् भने शारदा भुषाल झा जस्ता महिलाले अनेकौं कष्ट सहनु पर्दछ । यस्ता दोगला चरित्रका व्यक्तिहरु हाम्रो समाज र देशमा रहे सम्म देशको नैतिक पतन भइरहन्छ ।
१३ वर्ष की किशोरी हुँदा शारदा भुषाललाई ६ महिना सम्म आफ्नो कोठामा थुनेर शारीरिक यातना दिने प्रश्रित नेपाली साहित्यका ठूला विद्वान मानिन्छन् । तर उनको चरित्र भारतीय विवादास्पद संत र रेपिष्ट आशाराम बापु जस्तै रहेछ । शारदा भुषाललाई प्रश्रितले ६ महिनासम्म आफुले मात्र पटक, पटक बलात्कार गरेनन् कि शारदा बेहोश भएका बेला आफ्ना साथीहरुबाट पनि बलात्कार गर्न लगाए । अनि यस्ता चरित्रहीन मोदनाथ प्रश्रितले हिन्दु धर्म, पुराण र नेपाली साहित्यका बारेमा लेख लेखेर पूजित भएकाछन् । तर यिनको वास्तविक चरित्र बाहिर आइसक्दा पनि न नेकपा एमालेले यिनलाई कुनै कार्वाही गर्दछ न नेपाली समाजले नै यिनलाई बहिष्कार गर्न सकेको छ । ढोंगी समाज भनेको शायद यही हो ।

अझ प्रश्रित कि बहिनी नेकपा एमाले की नेतृ शान्ता मानवी यिनलाई बचाउन लागिपरेकि छिन् । यदि प्रश्रित चोखा, नैतिकवान र चरित्रवान हुन् भने यिनलाई बचाउन किन लागि पर्नु पर्यो । यिनको धर्मले यिनलाई बचाउनु पर्ने नि ? तर एउटी महिला भएर शान्ता मानवीले जसरी अर्की महिला शारदा भुषालको आरोपबाट प्रश्रितलाई बचाउन खोजेकी छन् त्यसबाट थाहा हुन्छ यिनी महिला भन्न र बन्न लायक छैनन् ।

अझ किशोरी शारदालाई रेप गर्न त्यतिबेला आफ्ना दाइलाई उक्साउने र बचाउने नै शान्ता मानवी हुन् । यस्ता नीच महिला देशको कुनै राजनीतिक पार्टीमा भए भनि के महिलाको स्थिति देशमा उभो लाग्ला ? के यस्ता महिलाले गर्दा महिला मूक्तिको आन्दोलन ले सार्थकता पाउला ?

जबसम्म नेपाली पत्रकारिता किशोर श्रेष्ठ र नेपाली साहित्यमा मोदनाथ प्रश्रित जस्ता कुरुप पात्र जल्दो बल्दो अवस्थामा रहिरहने छन् तबसम्म न नेपाली पत्रकारिता, साहित्य र राजनीतिले आफ्नो निश्चित लक्ष्य पाउनेछ । मानव महाकाव्य लेखेर चर्चामा आएका प्रश्रितको आफ्नै चरित्र दानवको जस्तो । अब यिनकै बारेका कसैले दानव महाकाव्य लेख्यो भने के हुन्छ ? नेपाली समाजमा किशोर श्रेष्ठ र मोदनाथ प्रश्रित जस्ता पात्र र प्रवृतिहरु ज्यूँदै रहेसम्म नेपाली समाजको नैतिक पतन भएर यो एकदिन रसातलमा भासिनेछ । त्योबेला रुनु र आक्रोश प्रकट गर्नुभन्दा अहिले नै विरोध गर्नु उपयुक्त हो ।

प्रकाशन मितिः २०७३ वैशख २३ गते बिहीबार

SHARE THIS

Author:

Facebook Comment