–मिन बहादुर थापा
काँग्रेस चाहीं राष्ट्रघाती सबै कम्युनिष्टहरू चाहिं राष्ट्रवादी, ०६३ आन्दोलनका सात दल र पछाडी चोर बाटोबाट आन्दोलनमा सरिक हुने आतंकारी माओवादी गरि आठ दल मेरो नजरमा सबै राष्ट्र घाती हुन् । जातीवाद क्षेत्रीयवाद कसले जन्मायो ?
अहिले कांग्रेस लगायत जातिबाद क्षेत्रीयवाद सबै देशद्रोही भए कम्युनिष्ट जति राष्ट्रवादी भए हिजो राजा र हिन्दु राष्ट्र हटाउन तत्कालिन भारतको सरकार र काँग्रेस आइ को सोनियाको टांग मुनि छिर्दा चाहीं के वाद भएको थियो ? त्यो चाहीं राष्ट्रबाद थियो ?
राजा र हिन्दु राष्ट्र समाप्त गर्न भारतबाट हुने नहुने सहयोग लिंदा चाहीं राष्ट्रबाद हुने ? अहिले मधेशवादी दल लगायत सबैलाई मिलाएर लैजाऊ भन्दा चाहीं राष्ट्रघात हुने ? यहि हो अहिले को ओलीको असली राष्ट्रबाद ? यसैमा हामी झुलीरहेका छौं ? अब असली राष्ट्रबादीले ओली लगायत ओलीलाई साथ सहयोग गर्ने र शुशीललाई साथ सहयोग गर्ने सबै राष्ट्रघाती हुन् भन्न सक्नु पर्छ ।
अहिलेको नयाँ राष्ट्रघातीमा थपिन गहुत छरेर चोख्याउन कमल थापा गए भन्दै छन् ओलीले हाम्रो राष्ट्रियता बचाई दिन्छन् । ओलीले राष्ट्रियता बचाई दिने भए अब हिन्दु राष्ट्र र राजा किन चाहियो ? यस्ता पिंध बिनाका लोटाको पछाडी लागेर राप्रपा नेपालका कार्यकर्ताले समय फाल्नु बेकार छ अब कमल थापाले ओलीलाई श्रीपेच लगाई दिए भयो । अब आउने दिनले ओलीको राष्ट्रवाद र कमल थापाको हैसियत बताउने छ । निकट भविष्यमा नेपालमा प्रजातान्त्रिक हिन्दुबादी राष्ट्रबादी राजनैतिक दल को उदय अनिबार्य छ । जसले नेपाल र नेपालीलाई एक बनाउने छ ।