भ्रष्टाचार विरोधी अभियानमा सहभागी हुन आह्वान

क्राइमचेक प्रतिनिधि/
काठमाण्डौ/देशमा व्याप्त भ्रष्टाचारजन्य क्रियाकलाप नियन्त्रणकालागि थालिएको अभियान अझ सशक्त र प्रभावकारी रुपमा अगाडी बढाउन भ्रष्टाचार विरोधी अभियानकर्ता शारदा भुसालको संयोजकत्वमा ११ सदस्यीय परिचालन समिति गठन गरिएको छ ।

शुक्रवार राजधानी काठमाण्डौको अनामनगरमा सम्पन्न एक भेलाले समाजमा नागरिकलाई जागरुक बनाई भ्रष्टाचार न्यूनिकरण तथा नियन्त्रण गर्न र कुनै पनि नाफामूलक संघ–संस्था, राजनीतिक दल तथा व्यवसायीको लागि नभई भ्रष्टाचार विरोधी अभियानलाई समाजको विभिन्न तह र तप्कासम्म पुर्‍याउने उद्देश्यसहित सो कमिटी गठन गरिएको संयोजक भुसालले जानकारी गराउनु भयो ।

उक्त भेलाले सँगठन निर्माण र नीति निर्माण गरी विभिन्न अन्तरकृया सम्बन्धी वहस चलाउने निर्णय गरेको छ । नागरिकले नचाहेसम्म समाज र राष्ट्रको विकास र वेथितिको प्रमुख बाधक मानिने भ्रष्टाचार नियन्त्रण गर्न नसकिने सबैलाई थाहा हुँदा हुँदै पनि कतिपय नागरिक खुलेर यसको विरोध गर्न नसकेको संयोजक भुसालको ठहर छ ।

समाजमा हुने भ्रष्टाचारजन्य कृयाकलापको अन्त्य गर्न र अन्तरक्रिया कार्यक्रममा सहभागी हुनकालागि सो समितिले सबै नागरिकलाई आह्वान गरेको छ । इच्छुक व्यक्ति, समुह तथा संघ, संस्थाहरुले निम्न ठेगानामा सम्पर्क गर्न सकिने भुसालले जानकारी गराउनु भयो ।

सम्पर्क तथा ईमेल:
शारदा भुसाल (संयोजक), मोबाइल नं. ९८५४०३०८२०
email:-bsharada320@gmail.com

अधिवक्ता अमृत शर्मा, मोबाइल नं. ९८५१२१२९४६
email - lawyeramrit@gmail.com,

अधिवक्ता सुदर्शन जोशी, मोबाइल नं. ९८५६०४५०४४
email-sjoshi43@yahoo.com

रतन चन्द (भ्रस्टाचार बिरोधी अभियान कर्ता), मोबाइल नं. ९८६०९७५७७४
email-archand13@gmail.com,

SHARE THIS

Author:

Facebook Comment