लायन्स क्लवद्वारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

मकवानपुर ।
लायन्स क्लव अफ हेटौडा भुटन देविको आयोजनामा  (सोमवार) निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अक्टोबर १२ अर्थात विश्व बाथ रोग दिवसको अवसरमा हेटौाडाको चुरेहिल अस्पतालमा क्लवले शिविर संचालन गरेको हो ।

विहान ११ वजे देखि ४ वजे सम्म संचालन भएको स्वास्थ्य जााच शिविर मा ५० जना भन्दा वढि ले स्वास्थ्य परीक्षण गराएको र १५ जनाको सफल अप्रेसन गरीएको लायन्स क्लव अफ हेटौाडा भुटनदेवि कि अध्यक्ष अंकिता सुमार्गिले जानकारी दिनुभयो ।


 हेटौाडा उप महानगरपालिका तथा जिल्ला विकास समिति मकवानपुरको सहयोमा संचालत शिविरमा मकवानपुरका विकट गविसका सर्वसाधारण हरुको पनि उल्लेख्य उहभागिता रहेको थियो । लायन्स क्लव अफ भुटनदेवि कि अध्यक्ष सुमार्गिको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव डिस्टिक कोअडिनेटर चिफ एड्भाइजर एम जे एफ लाएन राम श्रेष्ठको प्रमुख आतिथ्यता हरको थियो ।

कार्यक्रममा जिल्ला एड्भाइजर एम जे एफ लायन विन्दु गोपाल गोर्खालि, हेटौडा उप महानगरपालिका का कार्यकारी अधिकृत सुधेस कुमार पोख्रेल ,रीजियन चेयरपर्सन लायन करुणा महत लगाएतको विशेष आतिथ्यता रहेको थिया । हाडजोर्निरोग विशेषज्ञ डा.स’न्दर श्रेष्ठले सहभागि हरुको स्वस्थ्य परीक्षण गर्नु भएको थियो ।

SHARE THIS

Author:

Facebook Comment