– मिन बहादुर थापा
नेपाल अहिले बुझिनसक्नु को राजनैतिक खेल भइरहेको छ । संबिधान बनेपछि एकाएक वर्षायाममा सल्लेरी घारीमा गोब्रे च्याउ उम्रे जस्तै मुलुकमा राष्ट्रबादी रातारात उम्रिने क्रममा छन् । यिनका ठुला नेता भनेका खड्ग ओली भएका छन् । उनको जय जयजयकार मनाउने होडमा कांग्रेसका दिग्भ्रमित नेता देखि कार्यकर्ता, आफुलाई स्वघोषित बुद्धिजीवीको हारमा राख्ने बुद्धी धेर भएर कामै नलाग्ने पितलको भाँडोमा राखिएको मोही उग्ले जस्तो उग्लियेका । बि पी कोइरालाले भन्नु हुन्थ्यो "कमुनिस्ट कहिले पनि राष्ट्रबादी हुँदैनन् उनीहरुको आदर्श सिद्धान्तले नै उनीहरु अन्तर्राष्ट्रियवाद हुन्छन् ।" हामी कलेज पढदा कहिले पनि देखिएन कमुनिष्टले आफ्नो देशका नेताको तस्बीर पुजेको एकले अर्कालाई गद्दार भन्थे संधै नै बिदेशी मानवहरु को फोटो पुजेको देखियो । अहिले नेपालमा राष्ट्रघाती अन्तर्राष्ट्रियवादीहरुलाई राष्ट्रवादी हुने मौका मिल्यो मधेशी दल का कारण जसलाई भारतले मिलाएर लैजानु भन्यो यस्ता मिलाउनु पर्ने कुरा त देश मा कति छन् कति सहि राष्ट्रबादी ओझेल मा छन् | अहिले नेपालमा उल्टो गंगा बगीरहे को छ । बगाउने पनि यिनै कांग्रेस, एमाले माओबादी हुन् । राष्ट्र निर्माण गर्नेलाई राष्ट्र अपराधी, बिदेशी संग नझुक्ने राजसंस्था र राजाहरुलाई राष्ट्रघाती, आफ्नो धर्म संस्कृति पहिचान राष्ट्र का शान नाम मेटाउने राष्ट्रबादी बिदेशी धर्म लाइ प्रोत्सहन गर्ने राष्ट्रबादी ०६३ को आन्दोलन मा भारत ले जसो भन्यो त्यसो गर्ने राष्ट्रबादी, भारतमा बसेर बिसौं हजार नेपाली जनताको हत्या गर्दै राष्ट्र र नेपाली हरु को सम्पति लुट्ने राष्ट्रबादी ?
आज यसैबाट सृजित भएको राज्य व्यवस्था मा डुबुल्की खेलेर रमाउने खड्ग ओली ठुलो राष्ट्रबादी ! के भारतलाई गाली गर्नु नै नेपाल को राजनैतिक सन्दर्भमा ठूलो राष्ट्रबादी हुइन्छ ? अब तमाम नेपालीहरुले बुझ्ने बेला आइसकेको छ ओली लगायत नेपालका कमुनिस्टहरुको भारत बिरोधि राष्ट्रबाद ले नेपाल र नेपालीलाई कता लैजाँदै छ । विशेष नेपाली कांग्रेसका अगुवाहरु ले बुझ्ने बेला आएको छ म भारत परस्त पनि होइन भारत बिरोधि पनि होइन म नेपालबादी हु । राष्ट्रबादी हुनलाई भारत कै बिरोध गर्नु पर्ने केहि छैन यथार्थ कुरा के हो भने जानी जानी बलेको आगोमा प्रवेश गर्दा जलीन्छ मरिन्छ | आगो निभाउने तिर लग्नु नै बेस होला जो अहिले कांग्रेस का नेता ले गर्दै छन् | हिजो पनि कांग्रेस राष्ट्रबादी थियो आज गिरिजा बाबु का कारण बाटो बिराएको थियो अहिले का नेताहरुले नेपालका च्याउ उम्रे जस्तै कमुनिस्ट हरु संग प्रजातान्त्रिक प्रतिष्पर्धा गर्दामा नै भारत परस्त बनिन्छ भने बनौ तेस्ले केहि फरक पर्दैन कसैलाई कृतिम राष्ट्रबादी बन्न मन छ भने ओली जी को दोकान मा गए हुन्छ । अब आउने दिनमा कांग्रेसले सहि राष्ट्रबादी शक्तिहरुलाई चिन्नु पर्छ हेर्नुस कति चाडै आफ्नो स्वार्थ पूर्ति नहुदा कमुनिस्टहरुले सिंगो कांगेस पार्टीलाई राष्ट्रघाती बनाई दिए | यो उनीहरुको धर्म हो कांग्रेस सबै कर्म मा लागौ [गधे कि सवारी पागल कि यारी ] प्रजातान्त्रिक राष्ट्रबादी शक्ति लाइ चेतना भया |