सम्माननीय प्रधानमन्त्री केपी ओली ज्यू
नमस्कार,
मुलुकको ३८ औं प्रधानमन्त्री जस्तो अति गरिमामय पदमा आसिन हुने शुभ अवसर पाउनु भएकोमा हार्दिक बधाई ।
आजको हाम्रो जल्दो बल्दो समस्या हो बृहत् राष्ट्रीय एकता । अहिले हाम्रो एक मात्र ध्येय भनेको पछिल्लो समयमा कमजोर हुँदै गएको राष्ट्रिय एकताको वातावरणलाई बनाउने पहल र प्रयत्न गर्ने हो । मुलुकलाई आर्थिक समृद्धितिर कसरी लाने भन्ने हो । अनि हो राष्ट्रिय स्वाभिमान ।
जय नेपाल जय स्वाभिमान
स्वाभिमान विरासतको भाग लगाएर होइन कर्म र पौरखले आर्जन गरिन्छ, स्वत: प्राप्त राष्ट्रियता र स्वाभिमान त छँदैछ, अब पौरखले बाल्नु छ परिभाषा राष्ट्र राष्ट्रिय स्वाभिमानको । जय स्वाभिमान ।
कति राम्रो हाम्रो देश, के छैन यहाँ ? सर्वोच्च शिखर सगरमाथा देखि समथर भूभाग, खोला नाला, ताल तलैया, प्रशस्त हरियालीले नेपाललाई स्वर्गभन्दा सुन्दर बनाएको छ । सीता, गौतम बुद्ध, भृकुटी लगायतका महान आत्माहरू जन्मेको यो परम पावन ठाउँ आज मदारीको हातको डमरू भएको छ । देश राम्रो, तर मान्छे देश अनुसार भएनन् । कसलाई फुर्सत छ देशवारे सोच्ने ?
आशा छ, यस तिर तपाईंको ध्यान जानेछ । देशको सर्वांगीण विकास हुनेछ । तपाईंलाई यसमा सफलता मिलोस । बधाई, शुभकामना ।।
जय नेपाल । जय स्वाभिमान ।।
– निशा अर्याल
सप्तरी, राजविराज
हाल:इजराइल