![]() |
स्वयम्भुनाथ कार्की |
विसं २०४७को त्यो समयमा नेपाली कांग्रेस र वाममोर्चाको संयुक्त प्रयासमा राष्ट्रवाद शव्द नै बदनाम गराउने अभियान चल्यो । ‘अन्धो राष्ट्रवाद’ लगायतका शव्दहरुको आविष्कार भयो , ती मध्ये कति शव्द त यस्ता थिए जसलाई दोहोर्यादा पनि श्लिलताको सिमा उलंधन हुन्छ । भनियो भारतलाई गाली गर्नु देशप्रेम हैन । अहिले यो घटनाको २८ बर्ष नाघेको छ , विडम्वना छ कि तिनै मुखहरु अहिले भारतलाई गाली गरेर राष्ट्रवादी कहलिन प्रतिस्पर्धामा छन । आफैले अछुत जस्तो व्यवहार गरेको ‘राष्ट्रवादी’ शव्दलाई कुनै उत्तम पोशाक जस्तो आफ्नो आङ्गमा धारण गर्न मरिहत्ते गर्दैछन ।
राष्ट्रवादीहरुले न त्यो समयमा भारत विरोधलाई मात्र राष्टवाद मानेका थिए , न अहिले नै मान्छन । उनिहरु स्पष्ट छन, राष्ट्रवाद भनेको आफ्नो राष्ट्रसंग आफुलाई आत्मसात गर्नु हो । त्यसैले कुनै राष्ट्रको विरोध राष्ट्रवाद हैन तर आफ्नो राष्ट्रलाई पिर्ने हरेकसंग लड्नु राष्ट्रवाद हो । त्यसवेला पनि भारतले पिरेको थियो र उसको विरोध भएको थियो । अहिले पनि भारतले नै पिरेको अवस्था छ र त्यसो विरोध राष्ट्रवाद भएको छ । भावनामा राष्ट्रवाद राख्नेलाई राम्रेरी थाहा हुन्छ की राष्ट्र भनेको भुगोल मात्र हैन यो भुगोलका आफ्ना नागरिक पनि यसमा सामेल छन । नेपाल भनेको काठमाण्डौ खाल्टो मात्र हैन, नेपाली भनेको सत्ताका आसपासका दलका सदस्यहरु मात्र हैनन ।
![]() |
फोटो साभारः अनलाइन खबर |
आज राष्ट्रवादको नामले चोखिन खोज्नु भन्दा पहिले आफ्नो आत्मा धुन आवश्यक छ । श्री पशुपतीनाथमा क्षमापुजाको प्रहशन गरेर एक धर्मको आस्थाकेन्द्रको समेत अपमान गरेर राष्ट्रवादी होईन्न । पशुपति धाम कुनै प्रेक्षालय हैन त्यो धेरैको आस्थाको केन्द्र हो, त्यहाँ हास्यकलाकारहरुले प्रहसन गर्नु र ती आस्थाका पुञ्जलाई पनि आफ्नो प्रहशनमा पात्र बनाउनु आस्थावानहरुको अपमान हो । हिजो राजाको मात्र हुने स्थानमा मोदीलाई पशुपती प्रवेश गराउनेहरु नै अहिले मोदी विरोधको रथमा सवार भएर राष्ट्रवादी हुन खोज्नु खेदजनक छ । हो, कानूनन राजाको अस्तित्व समाप्त गरिएको छ , तर यसको अर्थ यो कदापी हैन की एक विदेशी सरकार प्रमुखलाई परंपरागत रुपमा राजालाईमात्र प्राप्त हुने अधिकार दिईयोस । यो त उनलाई आफ्नो मुलुकको राजा स्विकार गरेजस्तै अर्थ भएन र ?
अहिले राष्ट्रवादको पोशाक भिरेर कोही नेपालीको मनमा बस्न सफल होला । मुलुकको वागडोर पनि सम्हाल्ला, तर त्यसपछि उसले आफ्नो त्यो पोशाक खोलेर कुनामा फाल्दैन भन्ने के आधार छ ? विगतमा पनि ‘मुस्ताङ्ग म्याक्स’ चडेर ‘विप्पा’मा चिप्लिएको नेपाललीले नदेखेको हो र ? आफ्नो सत्तारोहणको निमित्त राष्ट्रवाद हतियार वनाउनेको विगतमा राष्ट्रवाद प्रति कस्तो व्यवहार थियो त्यो चटक्कै भुल्न मिल्छ र ? भारत विरोधमा आकाश पाताल जोडेर राष्ट्रवादी कहलाउन खोज्नेहरु मध्ये कतिले दिल्लीको आर्शिवादको निमित्त दौड लगाएका छन वा छैनन त्यसको लेखा हुनु पर्दैन र ?
हिजो राष्ट्रवाद शव्द उच्चारण गर्दा पनि कुल्ला गर्ने बानी भएकाहरुले आज एकाएक मात्र भारत विरोधलाई राष्ट्रवाद परिभाषित गर्दा त्यहि राष्ट्रका अभिन्न भाग मोफसलका जनताप्रति खै कर्तव्य पुरा गरेका ? संविधानसभाले बनाएको भनिएको संविधान अन्तरगतको पहिलो सरकार प्रमुखको कुर्सीमा ‘अर्जुनदृष्टि’ लगाएकाहरुले संभवत त्यो वाहेक अरु केही देख्दैनन । ‘मुस्ताङ्ग म्याक्स ’ ‘विप्पा’मा विसर्जन भए जस्तै ‘मोदी निन्दा’ के मा विसर्जन हुन्छ त्यो विस्तारै देखिने नै छ । नेपालको यो अवस्थाले भारतको विधानको अर्को संसोधन गर्ने अवस्था नआओस जो ईस्वी १९७५मा गर्नु परेको थियो ।
स्वयम्भुनाथ कार्की
विराटनगर १
२०७२।६।२२
(जनआवाज)
("राष्ट्रवाद कुनै पोशाक हैन, भावना हो" शीर्षक परिवर्तन गरिएको ।)