बन्द नाका खुलेपछि...

–निशा अर्याल
बन्द नाका खुलेपछि छिमेकीको सबै नकारात्मक भूमिका, रणनीति आदिलाई विर्सिएर भारत–नेपालको सम्बन्ध नयाँ उचाइमा पुग्यो भनि हचुवाका भरमा टिप्पणी गर्दै विगतकै भुलको पुनरावृत्ति गर्नु हुदैन । सरकारको नेतृत्व गरेपछि प्रधानमन्त्रीले ठट्टा गरेको भनेर आलोचित भए पनि राष्ट्र सानो–ठूलो हुनसक्ला, तर सार्वभौमिकता सानो ठूलो हुँदैन भनि सार्वजनिक ठाउँमा उनले दिएको अभिव्यक्ति यथार्थपरक छ । साथै आसन्न भारत भ्रमणमा जाँदा पनि मित लगाउने तर टुटुल्को उठ्नेगरी टाउको नठोकाउने भनी दिएको अभिव्यक्ति पनि वास्तवमै नेपाली जनताले व्यवहारमै हेर्न चाहेका छन् । नेपालीले पाएको दुख, दु:खका घडीमा सरकारका तर्फबाट उनले जनतासमक्ष गरेका प्रतिबद्धता अनि राष्ट्रविरोधी काम केही पनि आफूबाट नहुने भनी दिएका अभिव्यक्तिलाई मनमा राख्दै प्राधानमन्त्रीले भारत भ्रमणमा गएको समयमा त्यसले दुई मुलुक बीचको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्न सजिलो हुनेछ ।

शनिवार विहान राष्ट्रपति भवनमा प्रधानमन्त्री ओलीको सम्मानमा आयोजित “गार्ड औफ अनर “सम्मान समारोहमा निर्धारित समयभन्दा अगाडी आइपुग्दा भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले ओली सवार रहेको “कारगेट” सम्मै पुगेर सेसनका लागि अधि बढेको दृश्य अनौठो थियो ।  असहज सम्बन्धका माझ सहज देख्न र देखाउन खोजिएको दृश्य केही अपठ्यारो लाग्ने भए पनि प्रधानमन्त्री ओलीले कूटनीतिक  शिष्टाचार निभाउँदै समकक्षी मोदीसंग भलाकुसारीलाई “सहज” बनाइरहे ।  हैदराबाद हाउसमा आफुले दिएको मन्तव्यमा नेपालले बेहोरेको भूकम्पलगत्तै नाकाबन्दीको स्थितिवारे ओलीले संकेतमा भए पनि “काफी” बोल्न भ्याए केही महिनायताको असमझदारी भनेर संकेतमा बोलीरहेका बेला संगै उभिएका प्रधानमन्त्री मोदी  भने गम्भीर श्रोता बनिरहेका थिए ।

दशकौंदेखिको संघर्षपछि नेपालमा संविधानको रचना र त्यसको घोषणा भएको छ, त्यो एउटा महत्वपूर्ण उपलब्धि हो । यसको निर्माणमा नेपाल सरकार र राजनीतिक नेतृत्व तथा समाजका सबै बर्गले पुर्याएको योगदानको म अभिन्नदन गर्छु” प्रधानमन्त्री मोदीले हैदराबाद हाउसमा भएको संयुक्त सम्बोधन क्रममा भने तर यसको सफलता सहमति र संवादमा नै भर पर्छ । मलाई विश्वास छ यही सिद्धान्तमा राजनीतिक वार्ताको माध्यमबाट नेपालका सबै बर्गलाई साथ लिएर, संविधानसँग जोडिएका सबै मुद्दाको सन्तोषजनक रूपमा समाधान गर्दै नेपाललाई प्रगति र स्थिरताको मार्गमा लैजानु हुनेछ ।

विशेषत: संविधानमा मधेसी दलको चाहनाअनुसार नागरिकताको व्यवस्था र समुचित सिमांकनको निर्धारण तय नभएकोवारे प्रधानमन्त्री मोदीले “बाँकी मुद्दाहरू संवाद र सहमतिमा सुल्झने” भन्दै मन्तव्य राखेका थिए तर प्रधान मन्त्री ओलीलाई राजकीय सम्मान दिन धेरै ढिलो हुँदा यो अहिले दिईरहेको राजकीय सम्मान हेर्दै झूठा जनताको सामु देखिने तर मीठा ती देखाउने आस्वासनहरुले ढलिसकेका आधार शीलाहरु उठन त गाह्रै पर्ला । नेपाली जनस्तरमा भारत सितको कूटनैतिक दुईपक्षीय सम्बन्ध भनेको अब जग भत्किसकेको घरको छानोलाई टाल्ने काम मात्र भारतले गरिरहेको  हामी जनताको आँखामा झल्झली भइरहेको छ । (इजरायल बाट)

प्रकाशन मितिः २०७२ फागुन १३ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment