–स्वयम्भुनाथ कार्की
हालै भारतीय गृहमन्त्रीको भनाई भनेर नेपाल नै तरंगित बनाउने गरेर नेपालमा एक करोड भारतीय रहेको कुरा सतहमा आयो । साथसाथै नेपालको समस्या आन्तरिक मामिला भए पनि आफ्ना नागरिकको सुरक्षामा भारतको चासो रहेको कुराले धेरैलाई उद्वेलित बनायो । यो एक स्वभाविक प्रतिक्रिया पनि हो । अनेकौ स्वरहरुको बीचमा आफ्नै स्वदेशी दाजुभाई दिदी बहिनीलाई शंकाको नजरले हेरिनु र उनीहरुको नेपालीपनलाई तथानाम गरिनु भने देशभक्त नेपालीलाई नसुहाउने कुरो थियो । तुरन्तै आफ्नो दुतावास मार्फत भारत सरकारले त्यो समाचारको खण्डन पनि गर्यो, कुरोलाई गलत अर्थ दिईएको भनाईको साथमा ।
वेलावेलामा नेपालमा यस्ता तरंगहरु कुनै भारतीयको बोलीले वा बोल्यो भन्ने हल्लाले आउने गर्दछन । कुनैवेला त यो यति हानिकारक हुन्छ की त्यसैको आधारमा बन्द, हडताल, तोडफोड समेत हुन्छन । सामान्यज्ञानमा औसत स्तरभन्दा कम भएका सिनेमामा कलाकारले वोलेका यस्ता महत्वहिन कुराहरुले पनि नेपालीको मुटुमा चोट लाग्ने गर्दछ भने यस पटक त केन्द्रिय मन्त्रीमण्डलको महत्वपूर्ण सदस्यको नाम जोडिएकोले असर धेरै नै पर्यो । तर यसको विवेचन गर्ने आवश्यकता भने कमैले देखे, तातो रिसको आवेगमा प्रतिक्रिया व्यक्त गर्नेहरु कै बाहुल्यता रह्यो ।
औपचारिकरुपले खण्डन गरिएको यो भनाईमा भएका कुरा संक्षेपमा हेर्ने हो भने यस्तो हुन आउछ । एक, नेपालमा एक करोडको हाराहारीमा भारतीय नागरिकले वसाई सराई गरेका छन् । दुई, ती मध्ये केहिले नेपाली नागरिकता प्राप्त पनि गरि सकेका छन् भने धेरै नागरिकता प्राप्त गर्न वञ्चित रहेका छन् । तीन, नेपालको वर्तमान अशान्ति नेपाल कै आन्तरिक मामिला भए पनि आफ्ना नागरिकको सुरक्षाको प्रश्नमा भारतको चासो छ । यी सबै बुंदालाई विवेचन गर्ने हो भने न यो नौलो कुरा हो न आशंका व्यक्त गरिए जस्तो खतरनाक कुरा नै हो । तर भारतीय गृहमन्त्रीले आफ्ना नागरिक नेपालमा छन् भन्ने वित्तिकै सदा नेपाली रहेका अनि मनले नै नेपाली स्विकार गरिसकेका मधेशी भनिने नेपालीलाई शंका गर्नुपर्ने कुनै कारण नै छैन ।
इन्डिया टुडेमा भारतीय गृहमन्त्री राजनाथ सिहको भनाई भनेर आएको कुरा कै उदाहरण लिंदा पनि उनले भनेका छन “यद्यपि मधेशी समस्या नेपालको आन्तरिक मामिला हो, तर भारत सरकारले त्यहाँ बस्ने एक करोड भारतीयको हितको रक्षा गर्नु पर्छ” । यसमा उनले प्रष्ट मधेशी र भारतिय नागरिक छुट्याएका छन् । उनको यो भनाईले नेपाली मधेशीलाई छोएको नै छैन । सबैलाई थाहा भएकै कुरा हो की नेपालमा भारतीय र भारतमा नेपाली प्रशस्त बसोवास गर्ने गर्दछन् । अब त्यो संख्या एक करोड नै हो कि त्यो भन्दा कमवेसी त्यो भने विवादको विषय हुन सक्छ ।
उनको यो भनाईले नेपाली नागरिकता प्राप्त आप्रवाशी भारतीयलाई पनि छोएको छैन । यहाँ आप्रवासी भन्नाले कुनै अर्को मुलुकको नागरिकता स्विकार गरिसकेको र आफ्नो पुरानो मुलुकसँग पनि भावनात्मक सम्वन्ध भएको जमातलाई जनाउँछ । आप्रवासी भारतीय भारत वाहेक अन्य मुलुकमा नागरिक भएका हुन् जसरी आप्रवासी नेपाली पनि अन्य मुलुकको नागरिक भएका छन् तै पनि नेपालप्रतिको भावनात्मक सम्बन्ध कायम राखेका छन् । कुनै पनि मुलुकको सरकारको कर्तव्य अर्को मुलुकमा रहेका आफ्ना नागरिकको हितको रक्षा गर्नु पनि हो । जसरी आफ्ना नागरिक भएको मुलुकमा कुनै अशान्ति भयो भने नेपालले त्यहाँ सकेसम्म आफ्ना नागरिकको सुरक्षाको निमित्त प्रयत्न गर्नु पर्दछ त्यसरी नै यसलाई पनि लिनु पर्ने हो ।
कुनैपनि मुलुकका आप्रवासीहरुको हितको चिन्ता गर्ने काम वर्तमानमा जुन मुलुकको नागरिक छ त्यसै मुलुकको हुन्छ । चिन्ता व्यक्त गर्नु, सुरक्षाको अपिल गर्नु बाहेक मेरो मुलको तिम्रो नागरिकको हितको रक्षा म गर्दछु भन्न पाईन्न, र उनले त्यो भनेका पनि छैनन् । न सबै मधेशीहरुलाई भारतीय नागरिक भनेका नै छन् । अढाई करोड जनसंख्यामा एक करोड एक ठूलो भाग हुन्छ भन्ने आधारमा मात्र देशभक्त नेपालीले आफ्नै नेपाली बान्धवहरुमाथि शंका गर्न उपयुक्त हुँंदैन । बुद्ध जन्मभूमिको भारतीय दावी अस्विकार गर्ने नेपाली मनले आफ्नै बान्धवलाई चाहि यस्तो दावीले आफ्नो हैन भन्न सक्दैन ।
जहाँसम्म भारतिय नागरिकले नेपाली नागरिकता प्राप्त गरेको कुरा छ त्यो कुरा भारतीय गृहमन्त्रीको भनाईमा नआएर समाचार लेख्नेले थप गरेको कुरा हो । विभिन्न मुलुकमा नागरिकता प्राप्ती र त्यागका अआफ्नै विधिहरु हुने गर्दछन । यो नागरिकता बाँडिदा धेरैले उठाएको प्रश्न हो । आफ्ना नागरिक र नागरिक हुन योग्य भएकाले नागरिकता पाउन त्यो नेपाल सरकारको कर्तव्य हो । त्यसैगरेर गैर नागरिकले नागरिकता नपाउन त्यो पनि उति नै महत्वपूर्ण कर्तव्य हो । कुनै पनि मुलुकले अर्को मुलुकलाई मेरा नागरिकलाई तिम्रो मुलुकको नागरिकता दिनै पर्दछ भनेर भन्ने अधिकार राख्दैन । न यस्तो आग्रह स्विकार नै गरिनु हुन्छ ।
त्यसैले यदि नागरिकता नपाउनु पर्नेले नागरिकता पाएका छन् भने त्यसको कारण भारत मानिनु हँुंदैन, यो पूर्णतया नेपाल सरकारको अयोग्यता हो । नेपालका नागरिकहरुलाई प्राकृतिक विपत्ती पर्दा मानविय सहयोग कुनै पनि राष्ट्रले गर्न सक्छ, तर मानविय बाहेकको अन्य सहायता आन्तरिक द्वन्दमा अस्विकार्य हुन्छ । राजनाथको भनिएको कथनमा पनि उनले त्यो लक्ष्मण रेखा नाघेका छैनन् । त्यसमाथि औपचारिक खण्डन नै आई सकेपछि यसलाई विषय बनाएर आफ्नै बान्धवहरुको मन भाँच्ने काम न मानवोचित हो न उपयुक्त नै ।
त्यसै पनि यो कथन र त्यसमा शंका उठाइएका कुराहरु सहि नै मान्दा पनि कुनै विदेशी सरकारले भन्दैमा नेपालीले आपसमा द्वेश र शंका राख्न उपयुक्त छैन । यसले त झन नेपालीलाई नै कमजोर बनाउछ । जसरी बुद्धको जन्मस्थल माथिको दावीलाई नेपालीले अस्विकार गरे त्यसै गरेर केहि नेपालीलाई भारतीय भन्ने दावी गरिएको भए पनि अस्विकार नै गरिनु पर्दछ । सबै मधेशी बन्धुहरुलाई भारतीय नै देख्नुु उपयुक्त हुँंदैन । त्यसै गरेर भारतीयलाई नेपाल देख्नु पनि उपयुक्त हुंदैन । नेपाली मन, नेपाली मुटुले यस्ता कथित दावी स्विकार नै नगरेको वेश हो ।
–प्रकाशन मितिः२०७२ भदौ २४ गते बिहीवार