– निशा खनाल अर्याल
नेता ज्यु ¤ हिन्दुत्व कुनै धार्मिक कट्टरवाद या हिंसा, उत्पीड़न या व्यक्ति विरोधी वा स्वतंत्र चिन्तन विरोधी होईन । हिन्दुत्व त विश्व बन्धुत्वको प्रार्थना युक्त सर्वको सुख हेतु मनीषिहरूद्वारा खोजिएको एवं जीवनमा अंगालिएको बैज्ञानिक आधार भएको स्वस्थ दर्शन हो । यसमा स्वतन्त्र मानवीय अभिलाषाहरू जो सबैका लागि उन्नति एवं प्रशन्नताको वरदान हो । यहाँ इश्वर सर्वभूतानाम “बसुधैव कुटुम्बकम” “सर्वे भवन्तु सुखिन: ।” जस्ता अभिलाषाहरू मंत्रहरू – मन्त्र हो । राम एवं कृष्ण जस्ता लिलावतार भगवान शंकर जस्ता करूनावतार एवं माता जगदम्बा जस्ती कृपावतारद्वारा भगवानसंग सरल प्रेम भरिएको सम्बन्धनात्मक निकटता हो ।
नेता ज्यु, यो मात्र एउटा धर्म दर्शन हो जहाँ ईश्वरलाई तपाईं (माता–पिता, भाई–दिदी–बहिनी, गुरू, प्रेमी कुनै पनि रूपमा पाउन सक्नु हुन्छ । हिन्दु धर्म दर्शनमा स्वर्ग सुखलाई पनि तुच्छ मानिएको छ । यहाँ भगवानसंगको प्रीति नै सर्वोपरि छ । मृत्यु पछि मात्र होईन मृत्यु पहिले पनि यस जीवनमा नै इश्वर सम्मको पहुँच बताउँ छ ।
अन्यान्य कथित धर्म मृत्यु पछि मात्र इश्वर मिलनलाई दर्शाउँछ, तिनीहरूका लागि त स्वर्ग नै सर्वोपरि हुन्छ । संविधानमा धर्मनिरपेक्ष राख्ने प्रावधान राखिंदै छ । यसबाट साम्प्रदायिक माहौलमा सम्प्रदायिकताले प्रवेश गर्ने छ । आगलागी , पथराव र फÞायरिंग हुने खÞतरा देख्दछु । पुलिसमा हमला हुन सक्छ । यसमा केही संदेह छैन कि अब हाम्रो देशमा धार्मिक कट्टरवादबाट चल्ने आतंकवाद ठूलो चुनौती भएर आउनेछ छ । धर्मको आडमा आतंकवादको नयाँ विरूवाहरू तयार हुँदै छन् । त के अब यो जÞरूरी छैन देशमा चलिरहेका सबै कट्टर उन्मादी धार्मिक संगठनमा रोक लगाउने ?
मुसलमान र क्रिश्चियन धर्मका मानिसहरूले हरेक खालका प्रचार प्रसार, हमला र धर्मान्तरण गरे । मदरसा केटीकेटीको दिमागमा विषरोपण गरिंदैछ । यसमा कट्टरताका कारण आतंकवादले भयानक रूप देखाउने छ । सरकारको धर्म निरपेक्षताले कट्टरता र आतंकवादले बढ़ावा पाउने छ । नेपालमा धर्म निरपेक्षता र संघीयता इसाइ द्रविड गठबन्धनको रणनीति अनुसारको माँग हो । विश्वका स्वतन्त्र देशहरूको आ–आफ्नै नियम कानुन छन । ती राष्ट्र सबैले आफैले बनाएको नियम कानुन अनुसार चल्छन् । सबै देशको आफ्नै धर्म छ, घोषित अघोषित । तर विश्वको एक मात्र देश नेपाल जुन देशको मूल कानुन संविधान सम्म विदेशीको निर्देशनमा बन्दै छ । विदेशीले जस्तो भन्यो त्यस्तो कुरा संविधानमा लेखिंदैछ । नेपाललाई धर्म निरपेक्ष मुलुक लेखिन लाग्नु पनि विदेशी कै इशारा हो ।
लोकतन्त्रको सुन्दर पक्ष जनमत हो । जनताहरूको आवाज सुनिनु पर्ने हो । तर यहाँ एउटा सानो समुहले बोलेको कुरा चर्को आवाजमा सुनेर बहुसंख्यक नेपालीको आवाजलाई पन्छाइदै छ ।
धर्मनिरपेक्षको सट्टा धार्मिक स्वतन्त्रताको पनि प्रसंग उठेंको छ तर यो प्रस्ताव पनि सान्दर्भिक छैन किनकि धर्म (कर्तव्य धर्म) अर्थात गर्न लायक असल आचरणबाट राष्ट्रपति, मन्त्री, मित्रराष्ट्र, कोश देश, दुर्ग, किल्ला र सेना आ–आफ्नो कर्तव्य पालन गर्न वा नगर्न स्वतन्त्र भएको अवस्थामा राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री आदि प्रशासकको के मान्यता रहला ? तत्कालीन सेनापति रूकमांगद कटुवालले पूर्व प्रधानमन्त्री प्रचण्डले भनेको नमानेको होइन धार्मिक स्वतन्त्रतालाई परिचालन गरेको मात्र हो । यस्तै अरू पनि समस्या यो धर्म निरपेक्ष या धार्मिक स्वतन्त्रतालाई न भित्रयाउला भन्न सकिन्न । त्यस कारण धार्मिक स्वतन्त्रता पनि संविधानमा राख्नु उपयुक्त हुँदैन, अत: राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक या कार्यपालिका, न्यायपालिका, विधायिका कुनै पनि क्षेत्रमा कोही पनि कर्तव्य कर्म (असल आचरण) रूप धर्मबाट स्वतन्त्र रहन सक्दैन र रहनु पनि हुँदैन ।
यदि असल आचरण रूपधर्मबाट स्वतन्त्र हुने हो भने मनुष्य दुई खुट्टे पशुमा परिणत हुन्छ । नीतिमा भनिएको छ ।
धर्मणहीन: पशुभि समान:
अत: यहाँ शंका के छ भने जनतालाई पशुतुल्य तुल्याएर राज्य डलर प्रिय केही स्वार्थी व्यक्तिहरूलाई अकण्टक राज्य गर्ने धृष्टता गरेको त होइन ? यदि हो भने यो दुस्साहस कदापि सफल हुनेवाला छैन । किनकि तपाईं एवं तपाईंको भनाई, आदेश वा निर्देश मान्नै पर्छ भन्ने के छ ? बाँदर जस्तो सबै स्वतन्त्र हुने हो भने यो संविधान नै किन चाहियो ? धार्मिक स्वतन्त्रता परिणाम के हुन्छ भन्ने कुरा अस्ति संविधानको मस्यौदा प्रस्तुत गरेकै दिन त्यही सभामा सभामुखकै सामु प्रस्तुत गरेको क्रियाकलापबाट नै स्पष्ट भइसकेको छ । त्यो अरू केही होईन संविधान प्रदत्त धार्मिक स्वतन्त्रताको परिणाम हो ।
तसर्थ सर्वप्रथम धर्म भनेको रिलिजन हो भन्ने भ्रमबाट मुक्त भएर असल आचरण वा आफ्नो आत्मा नै धर्म हो भन्ने यथार्थलाई बुझ्यौं । रिलिजन भनेको त संस्कृति हो । तब न महाभारतमा भनेको हो–
धर्मस्यत विहित गुहायां महाजनोएनगत: स पन्था ।
धर्मको तत्व पारमार्थिक रूप अत्यन्त रहस्यमय छ । यसलाई परिवर्तनशील न सम्झ । यो रहस्यमय धर्म बुझ्न महापुरूषले अपनाएको बाटो हिंड । अत: धर्मो रक्षति रक्षित: अर्थात धर्मको रक्षा गरे मात्र आफुलाई धर्मले रक्षा गर्छ । यसको वैज्ञानिक पक्षलाई समयमै बुझेर संविधान धर्मसापेक्ष हिन्दु राज्य नेपाल हुनै पर्दछ भन्ने अभिमत व्यक्त गर्दछु ।
ओम तत्सत्
प्रकाशन मितिः२०७२ भदौ २४ गते बिहीवार
नेता ज्यु ¤ हिन्दुत्व कुनै धार्मिक कट्टरवाद या हिंसा, उत्पीड़न या व्यक्ति विरोधी वा स्वतंत्र चिन्तन विरोधी होईन । हिन्दुत्व त विश्व बन्धुत्वको प्रार्थना युक्त सर्वको सुख हेतु मनीषिहरूद्वारा खोजिएको एवं जीवनमा अंगालिएको बैज्ञानिक आधार भएको स्वस्थ दर्शन हो । यसमा स्वतन्त्र मानवीय अभिलाषाहरू जो सबैका लागि उन्नति एवं प्रशन्नताको वरदान हो । यहाँ इश्वर सर्वभूतानाम “बसुधैव कुटुम्बकम” “सर्वे भवन्तु सुखिन: ।” जस्ता अभिलाषाहरू मंत्रहरू – मन्त्र हो । राम एवं कृष्ण जस्ता लिलावतार भगवान शंकर जस्ता करूनावतार एवं माता जगदम्बा जस्ती कृपावतारद्वारा भगवानसंग सरल प्रेम भरिएको सम्बन्धनात्मक निकटता हो ।नेता ज्यु, यो मात्र एउटा धर्म दर्शन हो जहाँ ईश्वरलाई तपाईं (माता–पिता, भाई–दिदी–बहिनी, गुरू, प्रेमी कुनै पनि रूपमा पाउन सक्नु हुन्छ । हिन्दु धर्म दर्शनमा स्वर्ग सुखलाई पनि तुच्छ मानिएको छ । यहाँ भगवानसंगको प्रीति नै सर्वोपरि छ । मृत्यु पछि मात्र होईन मृत्यु पहिले पनि यस जीवनमा नै इश्वर सम्मको पहुँच बताउँ छ ।
अन्यान्य कथित धर्म मृत्यु पछि मात्र इश्वर मिलनलाई दर्शाउँछ, तिनीहरूका लागि त स्वर्ग नै सर्वोपरि हुन्छ । संविधानमा धर्मनिरपेक्ष राख्ने प्रावधान राखिंदै छ । यसबाट साम्प्रदायिक माहौलमा सम्प्रदायिकताले प्रवेश गर्ने छ । आगलागी , पथराव र फÞायरिंग हुने खÞतरा देख्दछु । पुलिसमा हमला हुन सक्छ । यसमा केही संदेह छैन कि अब हाम्रो देशमा धार्मिक कट्टरवादबाट चल्ने आतंकवाद ठूलो चुनौती भएर आउनेछ छ । धर्मको आडमा आतंकवादको नयाँ विरूवाहरू तयार हुँदै छन् । त के अब यो जÞरूरी छैन देशमा चलिरहेका सबै कट्टर उन्मादी धार्मिक संगठनमा रोक लगाउने ?
मुसलमान र क्रिश्चियन धर्मका मानिसहरूले हरेक खालका प्रचार प्रसार, हमला र धर्मान्तरण गरे । मदरसा केटीकेटीको दिमागमा विषरोपण गरिंदैछ । यसमा कट्टरताका कारण आतंकवादले भयानक रूप देखाउने छ । सरकारको धर्म निरपेक्षताले कट्टरता र आतंकवादले बढ़ावा पाउने छ । नेपालमा धर्म निरपेक्षता र संघीयता इसाइ द्रविड गठबन्धनको रणनीति अनुसारको माँग हो । विश्वका स्वतन्त्र देशहरूको आ–आफ्नै नियम कानुन छन । ती राष्ट्र सबैले आफैले बनाएको नियम कानुन अनुसार चल्छन् । सबै देशको आफ्नै धर्म छ, घोषित अघोषित । तर विश्वको एक मात्र देश नेपाल जुन देशको मूल कानुन संविधान सम्म विदेशीको निर्देशनमा बन्दै छ । विदेशीले जस्तो भन्यो त्यस्तो कुरा संविधानमा लेखिंदैछ । नेपाललाई धर्म निरपेक्ष मुलुक लेखिन लाग्नु पनि विदेशी कै इशारा हो ।
लोकतन्त्रको सुन्दर पक्ष जनमत हो । जनताहरूको आवाज सुनिनु पर्ने हो । तर यहाँ एउटा सानो समुहले बोलेको कुरा चर्को आवाजमा सुनेर बहुसंख्यक नेपालीको आवाजलाई पन्छाइदै छ ।
धर्मनिरपेक्षको सट्टा धार्मिक स्वतन्त्रताको पनि प्रसंग उठेंको छ तर यो प्रस्ताव पनि सान्दर्भिक छैन किनकि धर्म (कर्तव्य धर्म) अर्थात गर्न लायक असल आचरणबाट राष्ट्रपति, मन्त्री, मित्रराष्ट्र, कोश देश, दुर्ग, किल्ला र सेना आ–आफ्नो कर्तव्य पालन गर्न वा नगर्न स्वतन्त्र भएको अवस्थामा राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री आदि प्रशासकको के मान्यता रहला ? तत्कालीन सेनापति रूकमांगद कटुवालले पूर्व प्रधानमन्त्री प्रचण्डले भनेको नमानेको होइन धार्मिक स्वतन्त्रतालाई परिचालन गरेको मात्र हो । यस्तै अरू पनि समस्या यो धर्म निरपेक्ष या धार्मिक स्वतन्त्रतालाई न भित्रयाउला भन्न सकिन्न । त्यस कारण धार्मिक स्वतन्त्रता पनि संविधानमा राख्नु उपयुक्त हुँदैन, अत: राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक या कार्यपालिका, न्यायपालिका, विधायिका कुनै पनि क्षेत्रमा कोही पनि कर्तव्य कर्म (असल आचरण) रूप धर्मबाट स्वतन्त्र रहन सक्दैन र रहनु पनि हुँदैन ।
यदि असल आचरण रूपधर्मबाट स्वतन्त्र हुने हो भने मनुष्य दुई खुट्टे पशुमा परिणत हुन्छ । नीतिमा भनिएको छ ।
धर्मणहीन: पशुभि समान:
अत: यहाँ शंका के छ भने जनतालाई पशुतुल्य तुल्याएर राज्य डलर प्रिय केही स्वार्थी व्यक्तिहरूलाई अकण्टक राज्य गर्ने धृष्टता गरेको त होइन ? यदि हो भने यो दुस्साहस कदापि सफल हुनेवाला छैन । किनकि तपाईं एवं तपाईंको भनाई, आदेश वा निर्देश मान्नै पर्छ भन्ने के छ ? बाँदर जस्तो सबै स्वतन्त्र हुने हो भने यो संविधान नै किन चाहियो ? धार्मिक स्वतन्त्रता परिणाम के हुन्छ भन्ने कुरा अस्ति संविधानको मस्यौदा प्रस्तुत गरेकै दिन त्यही सभामा सभामुखकै सामु प्रस्तुत गरेको क्रियाकलापबाट नै स्पष्ट भइसकेको छ । त्यो अरू केही होईन संविधान प्रदत्त धार्मिक स्वतन्त्रताको परिणाम हो ।
तसर्थ सर्वप्रथम धर्म भनेको रिलिजन हो भन्ने भ्रमबाट मुक्त भएर असल आचरण वा आफ्नो आत्मा नै धर्म हो भन्ने यथार्थलाई बुझ्यौं । रिलिजन भनेको त संस्कृति हो । तब न महाभारतमा भनेको हो–
धर्मस्यत विहित गुहायां महाजनोएनगत: स पन्था ।
धर्मको तत्व पारमार्थिक रूप अत्यन्त रहस्यमय छ । यसलाई परिवर्तनशील न सम्झ । यो रहस्यमय धर्म बुझ्न महापुरूषले अपनाएको बाटो हिंड । अत: धर्मो रक्षति रक्षित: अर्थात धर्मको रक्षा गरे मात्र आफुलाई धर्मले रक्षा गर्छ । यसको वैज्ञानिक पक्षलाई समयमै बुझेर संविधान धर्मसापेक्ष हिन्दु राज्य नेपाल हुनै पर्दछ भन्ने अभिमत व्यक्त गर्दछु ।
ओम तत्सत्
प्रकाशन मितिः२०७२ भदौ २४ गते बिहीवार
Nepalese Rupee Exchange Rate