"रक्षा बन्धन अर्थात जनैपूर्णिमा"

-निशा खनाल अर्याल
 सम्बन्धमा राखी,काचो मन्त्रीएको धागो सङ रक्षासूत्रको सबै भन्दा  बढी महत्व छ । राखी काँचों धागो , सुन , चाँदी जस्ता महँगाई बस्तुसम्मको हुन सक्छ । राखी सामान्यतः दिदी बहिनीबाट दाजुभाईलाई बाधने गरिन्छ  ब्राह्मणहरू , गुरूहरू र परिवारमा साना कन्याहरू द्वारा सम्मानित सम्बन्धीहरू र ( छोरी द्वारा बाबुलाई ) ज्वाइँ द्धारा ससुरालाई  बाधने चलन छ ।
त्यस्तै  प्रकृति संरक्षण हेतु बृक्षहरूलाई पनि राखी,काचो मन्त्रीएको धागोले परिक्रमा गर्दै बाध्ने परम्परा प्रारम्भ रहेको छ । हिन्दु धर्मको सबै धार्मिक अनुष्ठानमा रक्षासूत्र बाध्दा कर्मकाण्डी ब्राह्मण या आचार्य संस्कृतमा एउटा श्लोक  उच्चारण गर्छन । यस्मा रक्षाबन्धन राजा वलिबाट स्पष्ट रूपले दृष्टिगोचर हुन्छन । यो श्लोक रक्षा बन्धनको अभिष्ट मन्त्र हो । यस श्लोकको  भावार्थ छ - "जुन रक्षासूत्रबाट महान शक्तिशाली दानवेन्द्र राजावलिलाई उनकी बहिनीबाट  बाधिएका थियो  । त्यही सूत्रबाट भनीएको थियो तिमी बद्ध छौं तिमी  आफ्नो संकल्पबाट कहिल्यै  पनि विचलित नहुनु ।

त्यस्तै जनै तीन  धागोहरूको एउटा सूत्र हो । यसलाई ' उपनयन ' संस्कार जसलाई ' यज्ञोपवीत ' भनिन्छ । यो सूत्रबाट बनेको पवित्र काचो धागोको हुन्छ । जनै धारण गर्ने परम्परा निकै प्राचीन हो । नेपालमा हिन्दु समाज सबैभन्दा प्रमुख छ र यसै समाजको परम्परा हो जनै धारण गर्नु । पुजा पाठ नेपाली परम्परामा सबै भन्दा महत्वपूर्ण अंग हो । साधारण भाषामा जनै पूर्णिमा एउटा यस्तो परम्परा हो जस्मा एउटा बालकलाई मर्दको स्थान दिइन्छ र त्यसले पारम्परिक तरिकाबाट कर्म कान्ड, आदिमा भाग लिन सक्छ ।

" यज्ञो पवीतं पवित्रं प्रजापतेर्थत्सहजं पुरस्तात ।
   आयुष्यमग्र प्रतिमुन्ज शुभ्रं यज्ञापवीतं बलमस्तु तेज़ ।।"
जनै धारण गर्दा धेरै लाभ हुन्छ रे। पहिलेला बुढा पाखाहरु तथा कर्म कान्ड  गराउदै आएका पुरेहित ब्राह्मणहरुले  मल - मूत्र विसर्जन पूर्व जनैलाई  कानमा कसेर दुई पटक बाधेको देखेर मैले सानोमा सोधेकी थिए किन यसरी गर्नु भएको? मलाइ त्यो बेला गाउँको हजुरबुबाले भन्नू भएको थियो   । यसो गर्दा कान पछाडिका दुई ओटा नशाहरू जसको सम्बन्ध पेटसंग हुन्छ आन्द्राहरूमा दवाव पारेर पूरा खोल्छ । यसले गर्दा मल सरल तरिकाबाट त्याग हुन्छ । जनै लगाउने मानिस नियमहरूबाट बाँधिएको हुन्छ । मल विसर्जन पछि आफ्नो जनै खोल्दैन । जब सम्म हात खुट्टा धोएर कुल्ला गर्दैन । अत: यो राम्ररी सफ़ाई गरेर जनै कानबाट निकाल्दछ । यो सफ़ाईले उसको  दाँत , मुख , पेट , कृमि ,जीवाणुहरू वा रोगहरूबाट बचाउ गर्छ ।त्यो सुनेर मैले टाउको हल्लाउँदै  वाहाको कुरा सुनी रहे ।
जनैको सबै भन्दा ज्यादा लाभ हृदय रोगीहरूलाई  हुन्छ रे। पितृ देवों भव : मातृ देवोभव: अतिथि देवों भव: । जनैका तीन सूत्रले सदा तीन कुरालाई सम्झाइ रहेको हुन्छ रे । पीतृ , आमा र अतिथिलाई देवतुल्य सम्झ ।
दिदीबहिनी प्रती स्नेह माया  गर्ने सम्पुर्ण दाजुभाइहरुलाइ राखी बन्धनको मंगलमय शुभकामना  राखिनिशा अर्याल

SHARE THIS

Author:

Facebook Comment