टीकापुरको भयानक घटना र थरूहट आन्दोलनको जिम्मेवारी को ?
– निशा खनाल अर्यालथरूहट आन्दोलनको मूलमा क्रोधको अतिशयता थियो । जब हामीले सोचे अनुसार हुँदैन अनि हामीमा झुंझलाहट हुन्छ । सामान्यत: यस्तो सबैसँग हुन्छ र समयका साथ साथै यो झुँझलाहट समाप्त हुन्छ । तर केही मानिस यस्ता पनि हुन्छन् जो यस्तो स्थिति हुँदैन । क्रोध र झुँझलाहट उसको मनमा एकत्रित भइरहेको हुन्छ । विस्तारै विस्तारै एक प्रकारको मानसिक रोगको शिकार हुन्छ । क्रोधको अग्नि यति तीब्र हुन्छ कि यस्को समाधान हिंसा र बल प्रयोगबाट नै गर्न चाहन्छ । अनेक असामाजिक एवं अवाञ्छित तत्व वा विदेशी तत्व उस्का यस्तै कमजÞोरीबाट लाभ उठाएर उनीहरूलाई आतंकवादको दलदलमा घचेटेर लिएर जान्छ । टिकापुरमा एसएसपी न्यौपानेलाई ज्यूँदै जलाउनु यस्को परिचायक हो । यस्को रोकथाम सशक्त किसिमबाट गरिएन भने यसले दावानलको रूप ग्रहण गर्ने छ ।
कैलालीको टीकपुरमा जस्तो विभत्स घटना मन्चन भयो, त्यसको जति भत्सर्ना गरे पनि कम हुन्छ । प्रहरी वरिष्ठ उपरीक्षकसहित सुरक्षाकर्मीहरूको त्यहाँ कायरतापूर्वक गरिएको सामूहिक हत्याबाट सम्पूर्ण राष्ट्र तरंगित भएको छ । त्यहाँ प्रहरीमाथि भएको आक्रमणको कुनै पनि दृष्टिबाट औचित्य पुष्टि हुदैन, त्यो आपराधिक मनोवृत्तिबाट गरिएको निकृष्ट हर्कत हो, जस्को निन्दा मात्र पर्याप्त छैन, गहिरो र गम्भीर छानबिनसमेत आवश्यक छ । किनभने यो स्वस्फूर्त भिडन्त हो या सरकारले संकेत गरे झैं “नियोजित षड्यन्त्र” को हिस्सा हो भन्नेवारे पनि एउटा निष्कर्षमा पुग्न जÞरूरी छ ।
निश्चय पनि टीकापुरमा गरिएको सुरक्षाकर्मीको हत्याको राजनीतिक औचित्य पुष्टि हुँदैन, त्यो गर्न पनि मिल्दैन । तर यस किसिमको अतिवादी प्रवृति मुलुकमा किन र कसरी हावी हँुदै छ भन्ने विषय भने अहिले जारी राष्ट्रीय राजनीतिक मुद्दाहरूसंगै जोडिएर आएको छ । खÞासगरी पछिल्लोपटक संशोधन गरिएको प्रादेशिक सीमांकनका क्रममा पनि थारू समुदायको संघीय आकांक्षालाई सम्बोधन नगरिएपछि राज्यप्रतिको आक्रोसले त्यहाँ आपराधिक ंरूप लिंएको देखिन्छ । हिंसाको बदला प्रतिहिंसा हुन सक्दैन भन्ने बारम्बार पुष्टि भइसकेको तथ्य हो । त्यसैले त्यहाँ थप हिंसा भड्किन नदिन राज्यबाट आवश्यक सुरक्षा कदमहरू त चाल्नै पर्छ, तर समस्याको दिगों समाधान मुलुकका अधिकतम समुदायको अपन्त्व रहने किसिमको संविधान जारी गरेर मात्र संभव छ । यसका निम्ति सम्बन्धित समुदायसंगको संवाद र सहमति नै एक मात्र उपाय देखिन्छ ।
(राजविराज सप्तरी घर भएकी खनाल हाल इजरायलमा हुनुहुन्छ ।)
प्रकाशन मितिः२०७२ भदौ १० गते बिहीवार