बित्तपाते माहुरी र नेपाली नेतागण

–स्वयम्भुनाथ कार्की

माहुरी पालकले जान्नु पर्ने जरुरी कुरा मध्ये माहुरीको बित्तपाते अवस्था र त्यसको पहिचान पनि एक हो । यदी उसले माहुरीको यो अवस्था जान्न र बुझ्न सकेन भने माहुरीको घार नै नष्ट भएर जान्छ । त्यसैले यो अवस्थाको जानकारी र त्यसको उपचारको ज्ञान नितान्त जरुरी छ । यसै गरी कुनै मुलुकमा पनि नेतागणहरुमा यो बित्तपाते अबस्था आउँछ, यस अबस्थामा मुलुक नै नष्ट हुने खतरा पैदा हुन्छ । यहि कुरालाई महाभारतको शान्ति पर्वमा भिष्म पितामह युधिष्ठिरलाई यसरी बताउँछन्,
“राजानं प्रथम विन्देत् ततो भार्या ततो धनम् ।
राजन्य सति लोकस्य कुतो भार्या कुतो धनम् ।।”
व्यक्तिले प्रथमत राजा चुनोस, त्यस पछि भार्या (परिवार) अनि परिवार पाल्न धन कमाओस, यदी राजा नै सही भएन भने न भार्या रहन्छ न धन अरुले नै लुटेर लान्छन ।

कुनै घारमा जब कुनै पनि कारणले रानो नासिन्छ त्यस पछि माहुरीहरुले अर्को रानो बनाउन प्रयत्न गर्दछन् । त्यस घारमा भएको कुनै कोठामा निश्चित समय ननाघेको लार्भा छ छैन हेर्दछन् । यदी यस्तो बच्चा (लार्भा) भेटेमा त्यसैलाई शाही खुराक खुवाएर रानो बनाउछन र त्यस घारमा सुव्यबस्था फेरी कायम हुन्छ । यो हुन नसकेमा वा महुरी पालकले अर्को रानो बन्दोबस्त गरेर दिन नसकेमा हरेक मौरीले शाही खुराक आफै खान्छ र आफु नै रानोको भुमिकामा जान्छ । पखेटाले नथाम्ने गरेर शरिर मोटो हुन्छ । कोठामा बा·ो टि·ो गरेर फुल पार्न थाल्छन, एक कोठामा एक भन्दा ज्यादा फुल भए पछि र सहि फुल नभए पछि त्यसबाट बच्चा निक्लदैन । नेताहरु कुर्सीको वरिपरि झुम्मिए झै उनीहर घार छोडेर बाहिर जाँदैनन्, जान चाहेमा पनि जान सक्दैनन् ।

यो सब कारणले घारमा अब्यबस्था फैलन्छ, सबैले आफैंलाई रानो सम्झनाले आपसी द्वन्द चल्छ । रस बटुल्न कोही बाहिर निक्लदैन, घारमा खानाको कमी हुन्छ, माहुरीहरु पनि रिसाहा हुन्छन् । माहुरीको यो अबस्थालाई नै बित्तपाते माहुरी भनिन्छ । बित्तपाते माहुरी भए पछि त्यो घारको विनास अबश्यांभावी छ । यस अबस्थामा माहुरी पालकले केही कदम उठाएर आफ्नो घार केहि मात्रामा बचाउन सक्छ । यसका निमित्त सर्बप्रथम रानोको व्यबस्था गर्नु पर्दछ र त्यसको साथै बित्तपाते भएका माहुरीहरु घारबाट हटाउनु पर्दछ । यसका निमित्त घारका सबै माहुरीहरुलाई बटुलेर घार भन्दा अलि टाढा लगेर छोड्नु पर्दछ । यसबाट जुन जुन माहुरी बित्तपाते भई सकेका छैनन् ती आफ्नो घारमा फर्केर आउँछन्, शरिर ठुलो र पखेटा सानो भएको कारणले बित्तपाते माहुरी भने घारमा फर्कन सक्दैनन ।

यसरी कुनै माहुरी पालकले आफ्नो घार बचाउन सक्दछ । बेला मै यो अबस्था आउन लागेको पत्तो नपाउनाले उसका घारका मौरीहरु भने एक दमै कम हुन्छन्, यो कमी एक योग्य रानोले केही समयको अन्तराल पछि पुरा गर्दछ । अर्थात एक या दुई चोटी मह काढने समयमा त्यस घारबाट मह प्राप्त हुँदैन तर त्यस पछि भने माहुरीको संख्या बढ्न गई फेरी राम्रो मह उत्पादन हुन थाल्दछ । माहुरीको यो अबस्थालाई आजको नेपालसँग तुलना गर्न सकिने प्रसस्त बुँदाहरु भेटिन्छन । राज्यको एक प्रमुख अंगले अपराधी हो र उसले सजाय भोग्नु पर्छ भनेकाहरु मुलुकको मुल कानून बाउने स्थानमा बसेर त्यस अंगको खिल्लि उडाउँदैछन् । धर्मलाई अफिम हो भनेर आफ्ना कार्यकर्ता प्रशिक्षित गर्ने र आफ्नो परम्परा मान्यो भने त्यसलाई चरम यातना दिन लगाउने समुहकाहरु धर्म संरक्षक हुने ढो· गर्दैछन् । संस्कृत पढायो भनेर गुरुलाई रुखमा बाँधेर यातना दिइ–दिइ मार्नेहरु संस्कृत बचाउ अभियानमा लागेको अभिनय गर्दैछन् ।

तर्क आफ्नो ठाँउमा सहि पनि हुन सक्छ कि रत्नाकर नै वाल्मिकी भएका थिए, तर रत्नाकर बाल्मिकी भए पछि त उनमा रत्नाकरको छायाँसम्म पनि आएन । आधुनिक रत्नाकरहरु आफ्ना भजने बुद्धिजीविलाई यहि तर्क गर्न लगाएर आफु भने एक प्रहरमा बाल्मिकी भएको ढो· गर्दैछन् भने अको प्रहरमा रत्नाकर भन्दा दुर्दान्त हुने कामलाई निरन्तरता दिंदै छन् । आज नेपालमा कोही काही पनि सुरक्षित छैन तर गृहमन्त्री संसारमै सबैभन्दा उत्कृष्ट सुरक्षा ब्यबस्थाा कायम गरें भनेर बर्बराउदैछन । अझ त्यसमाथि मज्जा त यो छ की कसैले उनको आलोचना गर्न पाउदैन किन भने उनी आदिवासीमा पर्दछन् । ऊर्जा मन्त्री उर्जाको भाउ र लोड सेडि· बढाउने कसरतमा लागेका छन् ।

सर्वहारा दलका नेता विदेशी पूूँजिपतिको पैताला चाटेर भए पनि उनहिरुलाई मुलुकमा निम्त्याउन तल्लिन छन, तीनैका कार्यकर्ता भएका उद्योग व्यबसाय ध्वस्त गर्न लगनशिल छन् । आज नेपालमा धान भन्दा भुस महंगो छ, गहुँ भन्दा चोकर महंगो छ । नेपालका बित्तपाते भईसकेका नेताहरु यसलाई अग्रगमन, प्रगती, नयाँ नेपाल र यस्तै यस्तै आगिन्ती नामले पुकार्छन् । कुल गाहस्थ्र्य उत्पादन र प्रतिव्यक्ति आय घटेको अबस्थामा राजश्व ज्यादा उठाउन उठाउनेलाई कमिशन दिने चलन र लखनौ लुट एकै श्रेणीका हुन भन्न ज्यादा हिचकिचाउन पर्दैन । यस्ता बित्पातेहरुको इलाज नभए भोली नेपाल भन्ने मुलुक थियो रे भनेर इतिहासमा पढने दिन आउने छ ।

विराटनगर–१
प्रकाशन मितिः२०७२ भदौ १० गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment