मधेसको पहिचान र अधिकारका लागि भाद्र १० गते देखि निर्णायक आन्दोलन गर्ने फोरम नेता शशिकपुरको चेतावनी

वीरगंज,भाद्र ९
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पर्सा अध्यक्ष शशिकपुर मियाँले  पहिचान र सार्मथ्यको आधारमा स्वायत अधिकार सम्पन्न संघिय प्रदेशहरु बन्नुपर्ने धारणा राखेका छन् । मधेसी पत्रकार समाज पर्साले गरेको पत्रकार सम्मेलनमा  मियाँले  मधेसमा दुई प्रदेश सहित आठ प्रदेश हुनुपर्ने धारणा राख्दै एतिहासिक मधेस आन्दोलन र थरुहट आन्दोलनले देश भित्र वर्गाीय ,जातीय , लैङ्गिक,उत्पीडन र बिभेदमा परेका सवैलाई समेटन सक्ने तथा स्थिरता र शान्ति कायम गर्ने सक्ने बिश्वास गरेका थिए । एक फरक प्रंसगमा पर्सा जिल्लामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघिय समावेसी  मधेसी मोर्चाले बिगत ११ दिन देखि मधेस बन्द गरी आन्दोलन गरिरहेको हुनाले आफनो पार्टीको बिचार र सिद्धान्त मिल्ने मोर्चा संग मात्र कार्यगत एकता गर्ने बताउदै भाद्र १० गते देखि निर्णयक आन्दोलन गर्ने बताए । पर्सामा भईरहेको आन्दोलनलाई जुगाँको लडाई भन्दा पनि मधेस केन्द्रित गर्न सुझाव दिदै बन्द शैक्षिक संस्था सम्बन्धमा पुनः बिचार गर्न मोर्चाका नेताहरुलाई आग्रह गरेका थिए । मियाँले भईरहेको मधेस आन्दोलनमा सरकारी घुषबैठ गराई मधेसीहरुलाई तह लगाउने कार्यको कडा बिरोध गर्दै सरकारले मधेसमा पहाडी र मधेसी समुदायको दंगा गराउने चलखेल गरिरहेको आरोप लागए । कैलालीको टिकापुरमा प्रशासनको सहयोगमा पहाडी समुदायका एक समुहले थारुहरुको घर जलाउनु र त्यसको मुखदर्शक नेपाल प्रहरी ,सशस्त्र प्रहरी र नेपाली सेनाले  सुरक्षा दिननसक्नु निन्दनिय कार्यको खेद प्रकट गर्दै  मधेसी र थारु समुदाय संग दोहोरो व्यवहार नगर्न सरकार र सम्बन्धित पक्षलाई ध्यानकर्षण गराएका थिए । पत्रकार सम्मेलनमा फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य कृपासिन्धु चौधरी,पर्सा जिल्ला सचिव ईश्वर यादव,जिल्ला नेताहरु  सुधिरनाथ पाण्डे,रामअज्ञया कुशवाहा, बिरेन्द्र यादव,महिला नेतृ जमिला खातुन,शिता पटेल लगायतको सहभागिता रहेको थियो । सम्मेलनको सहजीकरण मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेलले गरेका थिए । 

SHARE THIS

Author:

Facebook Comment