संबिधान तिमि आउदा
मूल बाटो बाट आउनु
चोर बाटो देखाउलान
तिमि बिर्सिएर पनि
त्यो बाटो न आउनु !
तिमि आउदा मेरो घरमा
हर्ष, खुसि दिपावली होस् !
दशैँ लोह्सार, अनि छट
ईद, बकरिद गौरा पर्व होस्
बजोस हरतरफ मंगल धुन
सबले गाउन तिम्रो गुण !!
बजोस सर्वत्र तिम्रो तालि
नखानु तिमि कसैको गालि
होस् सबैको जय जय याँहा
सर्वत्र निक्लोस विजय र्याली !!!
न छुटुन कुनै बर्ग र जाति
न हुनु कसैको तिमि नजाति
हासोस मुसुक्क मेरो हिमाल
नाचुन राइ लिम्बु र धिमाल
निको होस् मुलुक लाई
र भागुन सारा बिसञ्च
मिलोस सान्ति सबैलाई
र म नि हौं सन्त शसन्त
संजु रायामाझी (शसंत )
सर्लाही हजरिया

Nepalese Rupee Exchange Rate