"तीन दलले मुलुकमा निरंकुश शासन लाद्यो"

वीरगंज ।
संघीय समावेशी मधेशी मोर्चाका नेताहरुले प्रमुख तीन दलले मुलुकमा आफ्नो निरकुंश शासन लाद्न खोजेको आरोप लगाएका छन् ।
मोर्चाद्धारा पर्सा जिल्ला क्षेत्र नं. ४ अन्तर्गत पकाहा मैनपुर गाविसमा आयोजना गरेको जनजागरण सभालाई सम्बोधन गर्दै नेताहरुले यस्तो आरोप लगाएका हुन् ।
मोर्चाका संयोजक सरिफ मियाको सभापतित्वमा आयोजित जनजागरण सभामा वक्ताहरुले प्रमुख तीन दलका खस ब्राहमणहरुले मुलुकलाई गृहयुद्ध तर्फ लैजान खोजेको आरोप लगाउदै मधेशी, थारु, मुस्लिम, आदिवासी जनजाति लगायतका पिछडिएका वर्गको हक अधिकार सहितको नयाँ संविधान न आउने लगभग निश्चित भई सकेकोले अब आर पारको लडाई लड्न अग्रसर हुन आम जनतालाई अव्हान गरेका छन् ।
मोर्चाका नेताहरुले राणाहरु झै क्रुर नीति अवलम्बन गरी प्रमुख तीन दलले आन्दोलनरत पक्षको आवाजलाई नजरअन्दाज गरी आ–आफ्नो दलको मात्र स्वार्थ सिद्ध हुने गरी नयाँ संविधान निर्माण गर्न तर्फ अग्रसर भएकोले त्यसका विरुद्धमा सशक्त रुपले आम जनता सडकमा ओर्लिनुको विकल्प नरहेको बताएका छन् ।
मधेश मुक्तिको लागि जारी आन्दोलनमा कैयौ वीर मधेशी सपुतहरुले सहादत प्राप्त गरेका छन् भने अझ पनि बलिदानी दिनुपरे पछि नहट्ने भन्दै नेताहरुले अहिले मधेशको अधिकार नपाए सदियौं देखि गुलाम बनाएर राखेका खस ब्राहमणहरुले भविष्यमा पनि हाम्रा सन्ततिलाई गुलाम एवं दास बनाएर मात्र राख्ने भएकोले जारी आन्दोलनलाई अझ सशक्त बनाउनुपर्ने जिकिर नेताहरुको जिकिर छ ।
जनजागरण सभामा मोर्चाका नेताहरु शशि कपुर मिया, राजकुमार यादव, कृपा सिन्धु चौधरी, राजेशमान सिंह, अनिरुद्ध सिंह, छोटेलाल यादव, महम्मद कदम रसुल, महराज यादव, नन्दन यादव, सिपु तिवारी, किशोरी यादव, सुजित त्रिपाठी, मुस्तकिम अंसारी लगायतले सम्बोधन गरेका थिए ।
जनसभामा मोर्चामा आबद्ध दलहरुका नेताहरु  मनोज कर्ण, केदार साह, सुधिरनाथ पाण्डे, अजय मिश्रा लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम संचालन उमेशलाल सहनीले गरेका थिए । 

SHARE THIS

Author:

Facebook Comment