एमाओवादी अध्यक्ष प्रचण्डज्यू लाई खुला पत्र

मान्यवर नेता,
पुष्पकमल दाहाल ' प्रचण्ड' ज्यु,
नमस्कार ।
 हिजो गर्व गर्ने तपाईंहरु प्रतिको विचार ,आज मातृभूमि प्रतिको तपाईहरुको दृष्टिबाट ,राष्ट्रको पहिचान ,आदर्श ,स्वाभिमान प्रति नै आच आउने क्रियाकलाप ,भाषणहरु देखेर अन्तर मन देखि नै घृणा पलाउन थालेको छ । हिजोको दिन तपाईहरुले जनता र राष्ट्रको हितको कुरा गरेर माउरी मिठासमा अलमलिए झै अलमलिए अनि तपाईहरुलाइ राज्य सुम्पियए तर यसो गरेर जनताले के पाए ? आज देशलाई खण्डित गर्न तपाईहरु लागि पर्नु भए को किन त ?म यहाँ केही सन्दर्भिक कुरा राख्न चाहन्छु ।
शक्तिखोरमा सेना समायोजनको प्रसंगमा तपाईंका कुरा भिडीयो मार्फत सुन्दा सान्दर्भिक लागेकाले यहाँ प्रस्तुत गर्न उपयुक्त लाग्यो ।
 तपाईंले प्रधानसेनापति कटुवालको हवाला दिदै भन्नु भएको थियो , हाम्रा ३ हजार सेना राष्ट्रीय सेनाको १ लाख सेनामा हावी हुने छन । तर हुन सकेनन । तपाईंले नै भन्नु भएको थियो " मार्क्सवाद भनेको हो पनि, होईन पनि " यस्तै अस्पष्टताले गर्दा मुलुक अन्योलमा पर्यो । अनी त हाम्रो यो हविगत भएको रैछ । हो कि होईन नेताज्यू ?

पहिलो संविधान सभाको निर्वाचनमा प्रत्यक्षतर्फ २४० सिटमा नेपाली काँग्रेसले ३७ , एमालेले ३३ र माओवादीले १२१ स्पष्ट बहुमत ल्याएको थियो । समानुपातिकका हकमा त बलात्कार - नौकर - चाकरसमेत पुर्याइएबाट पुष्टि र प्रमाणित नै हुन्छ । तपाईंको ' प्रचण्ड पथ ' चण्डी पाठ प्रशस्ति चलेको हो ।
लोभ - लालच - घृणा - अहंकार , प्रतिशोध र अस्वस्थ्य आन्तरिक प्रतिस्पर्द्धाका कारणले नै सम्पूर्ण सम्मान गुमाउनु भयो र जुन बेला दन्त्य कथाको पात्र जस्तो देखिनु हुन्थ्यो । आज ती सम्पूर्ण कुराहरू एका देशमा भने झै लोप भएर जादैछन । तपाईंले देशका लागि जे जस्ता काम गर्नु भयो त्यसका लागि प्रशंसा लायक ठाउँ कतै राख्नु भएन । २४० बर्ष देखि अवछिन्न चली रहेको राजतन्त्रलाई समाप्त गरिदिनु भयो । यस्ले गर्दा राष्ट्रीयता कमजोर भयो । क्षेत्रीयता ,जातीयता ,भाषाई समस्या उत्कर्षमा पुगेको छ । त्यस्मा झन धर्म निरपेक्षताका कुरा गरेर ९५ प्रतिशत हिन्दु धर्मालम्बीहरूलाई रूष्ट पार्नु भएको छ,।
यसबाट कलहले उग्ररूप लिने लक्षण देखा पर्न लागेका छन ।
एउटा जिज्ञासु एवं जागरूक मतदाताको नाताबाट मेरो दिमागलाई एउटा - भरमा तपाईंको नेतृत्व क्षमतालाई लिएर प्रश्न भौतारी रहेको छ ।
 एउटा टू इनफोरमेशनको मातहतमा त्यसको उत्तर तपपाईंबाट जान्न चाहन्छु । आशा छ तपाईंले निराश पार्नु हुने छैन । तपाईंका उपाध्यक्ष डा० बाबुराम प्रधान मन्त्री हुदा वहाँले हाम्रा कच्ची गल्लीहरूलांई कंक्रीटको बनाइ दिनु भयो , हामीलाई हीलोको माहौलबाट मुक्ति दिलाउनु भयो । यस्का लागि हामी तपाईं र तपाईंको पार्टी प्रति धेरै धेरै आभारी छौं । तर यी कच्ची गल्ली पक्की बन्ने पूरा प्रकरणमा तपाईंका कति कच्ची घरहरू पक्की बने त ? के भन्ने कृपा गर्न सक्नु होला ?
तपाईंको पार्टीको छत्र छायामा - काठमाण्डू इलाकाका सड़क , फुटपाथ एवं फोहोरको नवीकरणको माध्यमबाट शौन्दर्यकरण भई रहेको छ। यो हाम्रा लागि गर्वको कुरा हो । तर यस प्रकरणमा - कति नोट आलमारीमा भर्नु भयो यस्को जानकारी दिन सक्नु हुन्छ कि ?
तपाई मतदाताहरूको बेरोजगारी हटाउन तपाईंको पालामा नौकरीहरू सृजना गरिए र दिइए पनि । यी भर्तीहरूको एवजमा तपाईंले कति ( कैश - चेक - मनीअर्डर या बैंक ड्राफ्ट / क्रेडिट कार्ड ) कतिको जेबी खाली गर्नु भयो ? के यो भन्ने कृपा गर्नु हुन्छ ?
तपाईं र डा० बाबुराम भट्टराईको सतत प्रयासहरूले गर्दा हाम्रो इलाका साफ़ सुथरा - एवं सुन्दर वने । यस्मा तपाईहरू पर्शंसाका पात्र हुनु हुन्छ । यसै कुरालाई लिएर सफ़ाई कर्मचारीहरूले हाज़िरी लगाउन तपाईंहरूको दराजमा कति रक़मले हाज़िरी गर्छन ? यसको बारेमा भन्ने कृपा गर्नु हुन्छ ?
तपाईंको ईलाकामा खाली पर्ति ऐलानी सार्वजनिक र निजी जमीनहरूमा क़ब्ज़ा गरेर ज़मीन माफ़िया ( ग़रीब , गुरूवा वेघर मानिसलाई छत प्रदान गरेर पुण्य कमाउनु भयो । सरकारको मुखिया भएको नातोबाट यस्मा तपाईंको कति हिस्सा हुनथ्यो ? के भन्ने कृपा गर्नु हुन्छ तपाईं ?
संविधानसभाको डोजर फास्ट ट्रयाकमा दृढ़ निश्चय र राष्ट्रिय  संकल्पका साथ कुदिरहेको छ एकथान संविधान सुनिश्चित गर्न । सायद संविधान निर्माता दलका शीर्ष तपाईंहरूको बुझाइ यस्तै छ । दर्जनो मान्छेको ' बलि' ैदिएर भए पनि संविधान सुनिश्चित गर्नु , उनीहरूको ज्यान लिनुलाई भौगोलिक अखण्डता वा सामाजिक सद्भाव क़ायम गर्ने नाममा जायज़ ठान्नु , अन्य सबैजसो समुदायका आवाज , असंतुष्टि , आक्रोश र आन्दोलनलाई वेवास्ता गर्नु वा कर्फ़्यू  निषेधाज्ञा , प्रहरीदेखि सेनासम्मको बल प्रयोगद्वारा मौन पार्न खोज्नु कुनै लोकतान्त्रिक व्यवस्था , सरकार , शासन र संस्कृतिका होइनन ।ती आचरण कुनै तानाशाही शासकको व्यवहार जस्तो हो कि होईन ? छातीमा हात राखेर भन्नुहोस ।
त्यस्तै आचरण गरिरहेका तपाईं शीर्ष नेताहरूले आन्दोलनकारी जनता र तिनका  अगुवीहरूसंग वार्ताको यथेष्ट वातावरणसमेत बनाउनु भएन । तपाईहरूले आन्दोलन स्थलमा गएर आफु निर्वाचित भएका क्षेत्र र तपाईंहरूले प्रतिनिधित्व गरेका जनतासंग संवाद गर्नु भएन भन्ने कुरा त सोच्नै नसकिने कुरा भयो । पाउलो फ्ररेले भनेझैं तपाईंहरूले त्यसरी संवाद नगर्नुको कारण हो , तपाईंहरूमा जनतासंग एकजुटता नहुनु , विनम्रता , प्रेम र साहस नहुनु ।बरू तपाईंहरूमा कठोरता हुनु र अन्यलाई वस्तु मान्नु प्रवृति हो । यी सबै कुनै मानवीय नेताको होईन, उत्पिडकका विशेषता हुन । होकि होईन ? भन्नुहोस नेता ज्यु ?
प्रश्न मनमा कति छन कति । तर , एकै पटक तपाईंलाई उत्तर दिन दुविधा हुन्छ कि जस्तो लागेर यस पत्रलाई यहीं विराम दिन्छु ।
 मातृभूमि प्रतीको स्रद्धा,माया र आफ्नो अधिकार एवं कर्तव्यहरू प्रति सचेत एवं राष्ट्रको ज़िम्मेवार नागरिकको हैसियतले,


निशा अर्याल
 हाल इज़रायल


यो पनि पढ्नुस्....

डा. बाबुराम भट्टराईलाई खुल्ला पत्र

SHARE THIS

Author:

Facebook Comment