–सन्तोष भुसाल
राजसंस्था, हिन्दुराष्ट्र र स्थानीय स्वायत्त साशनको एजेण्डा बोकेर संबिधान सभाको निर्वाचनबाट चौंथो शक्ति बनेको दल राप्रपा नेपालले पछिल्लो समय खेलेको भूमिका प्रति उसका शुभेक्षुकहरु असन्तुष्ट छन् । उनीहरुको यो असन्तुष्टि आवेग र उत्तेजनाको अभिव्यक्ति पटक्कै होइन । पछिल्लो समय आफ्ना कुनैपनि एजेण्डाप्रति सम्मानजनक ब्यवहार नभइरहेको अवस्थामा समेत संबिधान सभाको प्रक्रियामा सामेल हुनु राप्रपा नेपालको ठुलो कमजोरी हो ।
राप्रपा नेपाल नेताले जे निर्णय लिन्छ त्यहि ठिक देख्नेहरुको झुण्डले तयार भएको दल पटक्कै होइन । पछिल्लो संबिधान सभा निर्वाचनमा उसले पाएको ६ लाख भोट उसको एजेण्डालाई देखेर खसेको भोट थियो । अझै शुक्ष्म रुपमा हेर्दा उसले पाएको ६ लाख भोट राजसंस्थाको एजेण्डाको कारण खसेको थियो । हिन्दु गणतन्त्रको एजेण्डा बोकेर चुनाबमा होमिने अन्य थुप्रै दलहरु थिए तर ति दलले पाएको मत राप्रपा नेपालको तुलानामा नगन्य छ ।
जसको एउटा उदाहरण "राप्रपा नेपाल" अलग्गिएको पुरानो दल "राप्रपा" हो । राप्रपाले हिन्दु गणतन्त्रको एजेण्डा बोकेर निर्वाचनमा गएको भएतापनि जनताको आकर्षण भने त्यहि दलबाट अलग्गिएर गठन भएको राजा सहितको हिन्दुराष्ट्रको एजेण्डा बोकेको दल "राप्रपा नेपाल" प्रति देखियो । कांग्रेस, एमाले र एमाओवादी लगायतका अन्य दलहरु भित्र रहेका राष्ट्रियताको निम्ति राजसंस्थाको भूमिका आवस्यक हुन्छ भन्नेहरुको प्रतिनिधित्व राप्रपा नेपालले गरेको छैन ।
छुट्टाछुट्टै लोकप्रियताको मापन गर्ने हो भने नेपालका कुनैपनि दलको भन्दा राजसंस्थाको लोकप्रियता बढी रहेको स्पष्ट देखिन्छ । पछिल्लो निर्वाचनबाट पहिलो दल बनेको कांग्रेसले पाएको कुल मत ३३ % हो । पहिलो दलको लोकप्रियताको अवस्था नै यस्तो छ भने अन्य दलको कुरा गरिरहन आवस्यक भएन । जनमत संग्रह गर्ने हो भने राजसंस्थाले ३३ % पनि मत प्राप्त नगर्ला त ?
२०६२/६३ को आन्दोलन लगत्तै गरिएको एक मत सर्वेक्षणले ४१ % जनता नेपाल राजतन्त्रात्मक नै रहनुपर्ने पक्षमा देखाएको थियो भनेर बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले आफ्नो पुस्तक "भूमध्यरेखामा " उल्लेख गरेका छन् । नेपालको इतिहासमा राजसंस्था सबैभन्दा अलोकप्रिय भएको भनिएको त्यो समयमा समेत ४१ % जनताले रहनुपर्छ भनेको राजसंस्थाको लोकप्रियता पछिल्ला बर्षहरुमा धेरै गुणा बढेको छ भनेर जो कसैले पनि बुझ्न सक्ने कुरा हो ।
राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डाले आजको उचाई निर्माण गर्न सकेको राप्रपा नेपालको नेतृत्वले आफ्ना मतदाता र शुभेक्षुकहरुको चाहनालाई बुझ्न सकेन भने आगामी दिन उसका निम्ति कठिन हुने निश्चित छ । राप्रपा नेपालले पाएको मत भन्दा धेरै गुणा ठुलो जनमत राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा छ भन्ने कुरालाई राप्रपा नेपालको नेतृत्वले बुझ्न सकेन । संबिधान सभामा भएको पराजय एजेण्डाको नभएर राप्रपा नेपालको नेतृत्वको मात्र हो ।
भुसालको फेसबुक पेजबाट साभार