तिम्रा दिपवालीका
हरेक दियोहरु
तिमीले खम्बा भनेका
हरेक मियोहरु
कुनैमा तेल कम छन्
कुनै भित्र भित्र
मक्किएका छन
पुराना घरका धुरी जस्तै
भित्र भित्रै धमिरा लागेका
एउटा आंधी
एउटा कम्पनले
लड्नेछन
गर्ल्यांग गुर्लुंग
मरु गणेशको
काष्टमण्डप मन्दिर जस्तै
अनि त्यहि भग्नावेसमा
तिमि अनि तिम्रा अनुवाईहरु
त्यहि शहिद हुनेछौ
मात्र तिम्रा अनि तिम्रा
पुच्छरहरुको लागि !!
कोहि धारे हात लाउनेछन
तिम्रो उछितो काड्नेछन्
तिम्रो अवसान पछि
जो कमजोर र मजबुर थिए
तिम्रो क्रुर पन्जा को अगाडी
अब लामो सास फेर्नेछन्
दिर्घायुको कामना गर्नेछन
आफ्नो अनि आफ्नो सन्तान
दरसन्तानको
मुक्तिपाएकोमा
नेपाली बोकोहरम देखि !

Nepalese Rupee Exchange Rate