ऐसे उजले लोग मिलेंगे ,
जो भितर से काले
ऐसे चतुर लोग मिलेंगे
जो बाहर से भोले भाले हो ।"
डा०बाबुराम भट्टराई ज्यु,
नमस्कार ।
एक महिना नाध्यो प्रदेश विभाजनको विषयलाई लिएर मुलुक हिंसा , हत्या र विद्रोह र अनिश्चयको बाटोमा छ । बाह्य हस्तक्षेप पनि संघारमा देखिदो छ । डलरको चलखेल छ । धर्म निरपेक्ष राख्नका लागि । गएको महिना धेरै रगत बन्यो ।रगत मिसिएको आक्रोश पहिला शान्त गर्ने वातावरण बनाउन आवश्यक हुन्छ । तर त्यस्तो भएन ।धर्म निरपेक्षता क़ायम नै राखियों । जनता ब्यक्ति समष्टि दुबै अर्थमा संविधानका अंग हुन । उनलाई विश्वासमा लिन न सके संविधानको कुनै अर्थ रहन्न । प्रक्रिया र बहूमतको प्राविधिकता प्रदर्शन कुनै बहादुरी होइन । मदेशलाई हामी आफै सम्हाल्ने कि भारतीय हस्तक्षेप निम्त्याउने त ?
भूकम्पका कारण २०७२ सालमा धेरै नेपालीको रगत बगेको छ , त्यसकै सिंचनको फलस्वरूप नेपाली राजनीतिक भूमिमा ' संविधान ' फल्दै छ । यस बर्ष पहाडका जनताका आँसु धेरै बर्षिएको छ त्ससकै परिणामस्वरूप संविधानको मूल पनि फुटेको छ । भूकम्पले आहत जनताको ' राहतमा लागि राष्ट्रिय सरकार र राष्ट्रीय सरकारमार्फत राष्ट्र पुनर्निर्माण वा नवनिर्माणको नारासहित फास्ट ट्रयाक जारी राखिएको संविघान निर्माण अन्तिम चरणमा पुगेको छ । अन्ततः भूकम्प पीड़ित जनताले राहत र देश पुर्निमाण पाउने कुरा अनिश्चित भइसके पनि असोजको पहिलो हप्ताह एकथान संविधान उनीहरूले कोसेलीको रूपमा पाउनेचाहिं निश्चित भएको छ । राष्ट्रिय सरकारको नारा लगाउने सत्तारूढ़ दल र सत्ताकाँक्षी दलसंगै तिनीहरूसंगै सम्बन्धित अभिजात वर्ग र समुदायले जनतालाई त्यस्तो संविधान दिएझै गरी अधिकार जमै आफैसंग राख्नेछन । बरू पीड़ित जनतालाई संविधानरूपी ललिपप दिदै एक थान प्रधानमन्त्री टक्राउन लाग्नु भएको छ नि शासन गर्नका लागि ?
नयाँ परिस्थिति , नया विचार , नया कार्य दिशा , नया शक्ति शीर्षकमा तपाईंले बहसको लागि सार्वजनिक गरेका बुँदाहरू अध्ययन गर्ने अवसर पाएकी हूँ ।
तपाईंले नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक , सांगठनिक एवम् कार्यक्रमिक नव निर्माणका लागि हल गरिनु पर्ने सबै जस्तो प्रश्नको उठान गर्नु भएको रहेछ ।
तर, के तपाईंलाई थाहा छ ? जनयुद्धमा लडेका मानिसहरू समाजमा सबैभन्दा धेरै अपमानित छन । हिजो उनीहरू समाजका लागि उदाहरणीय थिए । तर आज समाजमा सबैले पत्याउदैनन । उसको बोली बिक्दैन । माओवादीले विगतमा सामाजिक विकृति माथि प्रहार गरेको थियो ।
त्यसले मानिसको मन जितेको थियो । जुवातास खेल्नेहरू माओवादीसंग थर्थरी काम्थे । जाँड रक्सी खाएर श्रीमतीलाई कुट्नेहरूको माओवादीका नाम सुन्ने बित्तिकै सातो जानथ्यो । चर्को ब्याज असुल्नेहरूको गाउँघरबाट भागमभाग मच्चिएको थियो । समग्रमा समाजमा शान्ति थियो , न्याय स्थापित भएको थियो , तर दुखका साथ भन्नु पर्छ जनयुद्धका बेला जुबाडेको मुखमा तास कोच्याउनेहरू आज उनीहरूको खालमा भेटिन थालेका छन । रक्सीको घ्याम्पो फोड्नेहरू अहिले आफै घ्याम्पोमा मुख डुबाएर घरमा श्रीमतीलाई कुटि रहेका छन । जनयुद्धका बेला बाजा बजाएर बिवाह गर्न बर्जित थियो । जनतालाई कम खर्चमा बिबाह गर्न दवाव दिने नीति पार्टीको थियो । तर ,आज तपाईंकै पार्टीका शिर्षस्थ नेताका छोरा छोराछोरीको करोड़ ख़र्च लगाएर बिबाह हुन थालेका छ ।
राष्ट्रीयताका लागि भारतसंग सुरंग युद्ध गर्ने तपाईंकै पार्टीका शिर्षस्थ नेताका छोराछोरी भारतीय रूपैयाँको माला लगाएको कुरा शहरमा अझै चर्चाछ । हेलिकॉप्टरमा जन्ती ओसार्ने देखि एकै दिनमा तीन ओटा सम्म बिबाह गर्ने कीर्तिमानी काम तँपाईंकै पार्टीका कार्यकर्ताबाट भएको छ ।
कुन आतंकवाद कुन राजनीति छुट्याउन गाह्रो भयो डाक्टर साहब ! उदेक लाग्दो के छ भने यस्तो विभ्रममा बरू आन्दोलनकारी स्वयं नहोलान जति उनिहरूको पक्षमा तपाईंहरू जस्ता बोल्ने र क़लम चलाउने छन ।
बिडम्वना ! अधिकारका लागि भनिएका हाम्रा आन्दोलनहरूले अरूको बाच्न पाउने अधिकारकै हनन गरेका छन । मानिसको सबै भन्दा ठूलो हक़ नै बाच्न पाउने अधिकार हो ।
हालैको टीकापुर काण्डले मानिसको बाच्न पाउने अधिकारको हनन गरेको छ यस्को निन्दाका लागि सायद शब्दहरू पर्याप्त छैनन ।तर के घाउभन्दा पनि बढी मन दुखेको छ यहाँ तपाईं र कतिपय विद्वानहरू अधिकारको आवरण बढाएर त्यस बर्बर हत्याकाण्डको औचित्य सिद्ध गर्न यत्नरत छन । यस्तो लाग्छ तपाईंहरू काललाई पल्कन निम्तो दिइरहनु भएको छ । तपाईंहरू हजार तर्क गर्नुहोस , लाख उद्धरण लेख्नुहोस, करोड सन्दर्भ सामग्री प्रस्तुत गर्नुहोस र बर्बरता विभेदका सूचि बनाउनुहोस तर एउटा चेतना अभावमा ती स्वीकार्य छैनन । मानिसको ज्यान लिने अधिकार उस्को आमालाई पनि हुदैन । यो उ वा त्यो कुनै पनि कारण दिएर आततायी क़दमको पुष्टी गर्न पाइदैन डाक्टर साहब !
आज पुरा नभएको राजनीतिक , सामाजिक , सांस्कृतिक वा आर्थिक जुनसुकै माग भोली पुरा हुन सक्छ तर आज हत्या गरिएको मान्छे फेरि फर्केर आउदैन । त्यही आमाको कोखबाट उही बच्चा फेरि जन्मदैन । मानिसको जीवन किस्ताबन्दीमा पाइदैन ।
हिंसात्मक आन्दोलन हाँक्ने नेतृत्वसंग ठूलो नैतिक शक्ति चाहिन्छ ।त्यस्तो नैतिक बलको बुँताले मात्र डर धम्की बिना मानिसलाई आफ्नो आन्दोलनमा आवद्ध गर्न सकिन्छ । हरेक घरबाट एक जना आउनैपर्ने जस्ता उर्दी लगांइरहनु पर्दैन ,स्वस्फुर्त आन्दोलन भरिन्छ । भाटा र भाला बोकिरहनु पर्दैन , ज़िन्दाबाद भनेर उठाउने हात नै काफ़ी हुन्छ । तोडफोड र आगजनी गरेर ज़बर्दस्ती बन्द गराऊनु पर्दैन ,जनताले नै समर्थन गरिदिन्छन ।
टीकापुर घटनाले आन्दोलनकारीलाई ' डिफेन्सिभ ' बनाएको थियो , तर उल्टो उनीहरू झन - झन आक्रामक बक्तव्य दिइरहेका छन । त्यसमाथि डा० साहब जस्ता बिद्वानहरूले अझ उक्साइ रहेका छन । आन्दोलनकारीका तरफ़बाट भएका घटनाको जिम्मेवारी स्वत: आन्दोलनकारीकै हुन्छ , नैतिकताको कसीमा उभिने हो भने । उदाहरण खोज्न टाढा जानै पर्दैन , न्यायाधीश जनकको इजलासमा बीपी कोइरालाले आफ्नो नेतृत्वमा भएका सबै घटनाको नैतिक जिम्मेवारी आफूले लिने बताएका थिए , पन्चायतकालीन त्यो कालरात्रिमा समेत । तर अहिलेका आन्दोलनकारी नेतृत्वले भन्छ - ज़िम्मेवारी सरकारको हो ।बिचरा सरकार ! जसले आफ्नै एसएसपीसहित ७ सुरक्षा कर्मी र एक नाबालिग़ गुमाएको छ ।
हाम्रा कलमजीबी यो हिंसालाई एक वाक्यमा पनि पुरा निन्दा गर्न लायक सम्झदैनन । बीचमै ' तर ' ल्याएर आन्दोलनकारी समुदायले अधिकार नपाएको र उनीहरूमाथि बिभेद भएको फेहरिस्त प्रस्तुत गर्छन
डाक्टर साहब अमेरिकाका फ़्रेंकलिन र भारतका अम्डकरलाई थाहा थियो । चाहे जस्तो संविधान लेख्न नसकिरहेका उनीहरूलाई ज्ञान थियो - संविधान बन्यो भने , देश रह्यो भने , संस्थाहरू बन्ने छन र तिनले हामीले चाहेका अधिकारहरू सुनिश्चित गर्नेछन ।
हाम्रा आन्दोलनकारी नेताहरूले पनि फ़्रेंकलिन र अम्बेडकरबाट सिकुन । संविघान कागजका खोस्टो मात्र होइन भन्ने उनीहरूले गएको संविधानसंभा निर्वाचनमा जनताले आफ्नो अभिमतको स्वस्तिक छाप पनि कागजको खोस्टोमा लगाएको थिएनन भन्ने मनन गरून । मतपत्रको मूल्य हुन्छ ,त्यो मूल्यको सम्मान गरून । प्रतिफल लोकतन्त्रले उनीहरूको सम्मान गर्ने छ ।
बिडम्बना ! पहिलो संविधानसभाको निर्वाचनमा तपाईंलाई नेपालीहरूले सरकार बनाउन महत्वपूर्ण योगदान गरेका थिए । यो तेही मुलुक हो जहाँ मानव सभ्यता फल्यो - फुल्यो । यस धरतीले इतिहासको महान बिभूतिहरूलाई जन्म दिएको छ , मेरो बुझाई छ उक्साहटपूर्ण बक्तव्यहरूले जनतामा मनमा तपाईंकै नेतृत्व प्रति विश्वासमा कमी आएको छ ।
म नेपालकी छोरी हुँ । यस साइनोले मेरो र सबै नेपालीका भावना एक जस्तै छ । डा०साहब तपाईंलाई थाहा हुनु पर्छ नेपाली वीर गोर्खाली हुन । हामी सबै नेपालका ग्रामीण परिवेशमा जन्म्यौं हुर्क्यौं । धेरै बर्ष देखि धार्मिक संस्कार र आदर्शमा हिड्ने प्रयास गरेकी छु । र ,आफ्नो क्षमता अनुसार जनताको हितमा काम गरेको छु । मेरो बुझाई छ , तपाईं र तपाईंको पार्टी हामी नेपाली प्रति पुर्वाग्रह बाट ग्रसित छ । मलाई आश्चर्य लाग्छ तपाईंको सचेत विवेकले यी वक्तव्यहरुको गम्भीरतालाई कसरी बुझेन ?
अत:यस पत्रको माध्यमबाट तपाईं संग मेरो अनुरोध छ कि तपाई आफ्ना शब्दहरुलाइ फिर्ता लिने विचार गर्नुहोस् । मलाई पुरा विश्वास छ यसो गर्नाले मानिसका आहत भवनहरुले राहत पाउने छन । यसले तपाईं प्रति उनीहरुको नजरमा सम्मान बढने छ साथै उनीहरुको नजरमा तपाईंको उचाई अझै अल्गिने छ ।
– निशा अर्याल
इजरायल