गिरिजा प्रवृत्तिको अन्त्येष्टीमा रामचन्द्रको वनवास

–मिनबहादुर थापा
शेर बहादुर देउबा कांग्रेस को सभापति मा जित्नु नै छोटो अर्थ मा गिरिजा प्र्बिदी को हार हो | शेर बहादुर ले आफु मात्रै जितेनन बहुमत केद्रीय सदस्य पनि उनि कै पक्ष का जिते  | अझ डाक्टर शशांक ले त उनको पिता को आदर्श  र सिद्दान्त लाइ खुलेरै नै नेपाली बि बि सी मा अन्तेर्वार्ता दिए  पार्टी ले गल्ति गरेको छ सच्याउनु पर्छ| यति भन्दा भन्दै उनी ले माहामन्त्री मा जिते यो अर्को ठुलो धक्का हो गिरिजा प्रवृत्तिलाई |खुम बहादुर खड्का ले त दोस्रो मत लिएर केन्द्रिय सदस्य मा आफु लगाएत केहि समर्थक लाइ जिताए यो त् झन् धर्म निरेपेक्षबादी  का लागि झन् भबिस्य मा फलाम कै चिउरा साबित हुने छ |कृष्ण प्रसाद सिटौला र गगन थापा बिचरा असली गिरिजा पथ को प्रतिनिधित्वो गर्दै थिए सिमल को भुवा उडे जस्तो गरि हराए |

पहिले नै मैले आफ्नो लेख मा गगन र सिटौला को बिषय मा लेखेको थिए बिद्यार्थी नेता र कुनै जिल्ला कांग्रेस को जिल्ला सभापति भन्दा माथि हुने लाएक का होइनन तर गिरिजा को मुर्खता ले यस्ता धेरै भुइँ फुट्टा नेता जन्मिए जसले सन्त नेता किसुनजी र सर्ब मान्य नेता गणेश मान जी सम्म लाइ हान्न पछि परेनन् | आज तियो प्रबिदी ले शेर बहादुर खुम बहादुर लाइ त हाने कै थिए विचार रामचन्द्र पौडेल लाइ पनि धसिने गरि हाने |

पहिले नै एउटा मेरो लेख मा लेखे को थिए अब कांग्रेस मा कुनै भबितब्य भएन भने शेर बहादुर देउबा लाइ सभापति हुन बाट कसै ले रोक्न र क्षेक्न सक्दैन भनेर लेखेको थिए तेही लेख मा रामचन्द्र पौडेल संसदीय दल को नेता मा जानु पर्छ सर्ब सम्मत शेर बहादुर  देउबा लाइ पार्टी को सभापति बनाउनु पर्छ भनेर लेखेको थिए |यदि यो काम रामचन्द्र पौडेल बाट भएको भए आज उनको कद पार्टी सभापति को भन्दा माथि हुने थियो | रामचन्द्र को ढुल मुले नीति ले गिरिजा पथ को आश मा बनिबास भएको छ अब उनको आउने दिन मा नेपाली  कांग्रेस भित्र को राजनीति मा कुनै तेत्रो ठुलो भुमिका र महत्वो रहने छैन| तियो खेमा को नेत्रित्वो डाक्टर सशांक ले लिने छन्  चाडै नै पिता जी को विचार मा समाबेस गराउने छन् |

 अब आउने दिन मा शेर बहादुर खुम बहादुर नै नेपाल को राष्ट्रिय राजनीति मा सुर्य झैँ उदाउने छन्  खुम बहादुर जी को विचार को राजनीति ले कांग्रेस मा जित्ने निश्चित छ | वास्तब मा शेर बहादुर खुम बहदुर र शशांक को विचार लगभग मिलि सकेको छ यो नै वास्तब मा राष्ट्र का लागो सहि निकाश हो |

SHARE THIS

Author:

Facebook Comment